
बिक्रम सुनार
बागलुङ, १६ साउन ।
साल्ट टे«डिङ कर्पोरेशन बागलुङमा आर्थिक वर्ष २०७३/७४ मा नुन, चिनी र रासायनिक मल बिक्री १६ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०७२/७३ मा ढिके नुन १७ हजार ४ सय २४ बोरा, आयो नुन ३५ हजार ६ सय ८५ बोरा, चिनी ९ सय २० बोरा, युरिया मल ७ हजार १ सय ७, डिएपीमल ३ हजार १, पोटास १ सय ८२, सिमेन्ट ७ सय ५० बोरा बिक्री बाट जम्मा ५ करोड ७० लाख ७१ हजार ६ सय ३ रुपैयाको कारोवार गरेको थियो ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ढिके नुन १६ हजार ३ सय ६५ बोरा, आयो नुन ३८ हजार ९ सय ८३, युरिया मल ७ हजार ८ सय १४,डिएपीमल ४ हजार ३ सय ६२ बोरा, पोटास २ सय २१ , चिनी २ हजार ९ सय २५ र सिमेन्ट १ हजार २ सय ५० बोरा बिक्रीबाट कुल ६ करोड ८४ लाख ४९ हजार १ सय ४३ रुपैयाको कारोवार गर्न सफल भएको जनाएको छ ।
धौलागिरीका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा कारोवार गर्दै आएको कार्यालयले विभिन्न समयमा सुपथ मुल्य पसल र आयोनुन प्रयोग सम्वन्धी सचेतना कार्यक्रम लगायतको अभियानले पनि गत वर्षको तुलनामा नुनमा ५ प्रतिशतले वृद्धि भएको साल्ट टे«डिङ कर्पोरेशन कार्यालय बागलुङ प्रमुख मनोज कुमार श्रेष्ठले बताउनुभयो ।
विशेष नुन र चिनीको कारोवार गर्दै आएको कार्यालयले पछिल्लो समयमा जनताको आवश्यकता र नेपाल सरकारको निति अनुसार रासायनिक मल र सिमेन्टको पनि बिक्री वितरण गर्दै आएका कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।
गत वर्षको तुलनामा यस वर्ष ढिके नुनको प्रयोगमा ६ प्रशितले कमि आएको छ भने अन्य सामान उपभोगमा वृद्धि भएको छ । जस अनुसार आयोनुनमा ५ प्रतिशत,युरिया ९ प्रतिशत, डिएपी मल १७, पोटास १७, चिनी ६८ र सिमेन्ट ४० प्रतिशतले वृद्धिभएको कार्यालयले जनाएको छ ।
यो समय किसानहरुलाई आफ्नो खेतवारीमा रासायनिक मलको आवश्यक हुने भएकाले साल्ट टे«डिङ कर्पोरेशन बागलुङले सहज र आवश्यक मात्रामा विक्री वितरण गरेको जनाएको छ ।
