बागलुङमा ८ हजार बढि सवारीसाधन कारवाही, ५१ लाख बढि राजश्व संकलन

खवर वे सम्वाददाता
बागलुङ, ०६ साउन ।
जिल्ला ट्राफिक कार्यालय बागलुङमा आर्थिक वर्ष ०७३÷०७४ मा ८ हजार बढि कारवाहीबाट ५१ लाख भन्दा माथि राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष ०७३÷०७४ मा ७ सय ७ ट्रक कारवाही बाट ३ लाख ८७ हजार ५ सय, ७ सय ५ बसबाट ३ लाख ९२ हजार ५ सय त्यस्तै ३ हजार ३ सय ३ कार–जीपबाट १९ लाख २१ हजार, २ हजार १ सय ९८ मोटर साइकलबाट १४ लाख ६७ हजार ५ सय, १ हजार ५ सय ९६ ट्याक्टरबाट ९ लाख २४ हजार र १२ वटा अन्य कारवाहीबाट ८ हजार गरि जम्मा ८ हजार ४ सय २१ सवारी साधन कारवाहीमा ५१ लाख १० हजार ५ सय राजश्व संकलन गरेको हो ।
कारवाही हुनेमा निजी सवारी साधान बढिभएको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ ।
ट्राफिक कार्यालयले गत वर्ष जम्मा ५ हजार ४ सय ९४ कारवाही गरेको र २० लाख ६२ हजार ५ सय राजश्व संकलन गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष धेरै कारवाही गरेको जिल्ला ट्राफिक कार्यालय बागलुङ प्रहरी नायव निरिक्षक तथा ट्राफिक प्रमुख छव बहादुर घर्तिले बताउनुभयो ।
साथै बागलुङका विभिन्न स्थानहरुमा विद्यालय स्तरीय, चालक, सह–चालक, ट्याक्सी समितिहरु विचमा सचेतना कार्यक्रम पनि गर्दै आएको घर्तिले बताउनुभयो ।
ट्राफिक नियम उल्लनघन गरि पार्किङ निषेधित क्षेत्रमा सवारी साधन राख्ने, चालकले माधक पदार्थ सेवन तथा अनुमति पत्र नलिई सवारी साधन चलाउनेलाई कारबाही गरि राजश्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङले जानकारी दिएको छ ।