
काठेखोला गाउँपालिकाको यस गरिमामय प्रथम गाउँसभाका प्रमुख अतिथि ज्यु, सभाको बिशिष्ट अतिथिज्युहरु, जिल्ला स्थित सम्पुर्ण राजनैतिक पार्टीका प्रमुख एवम प्रतिनिधि ज्युहरु, काठेखोला गाउँपालिका स्तरिय क्रियाशिल राजनैतिक पार्टीका प्रमुख एवम प्रतिनिधि ज्युहरु, जिल्ला स्थित बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवम प्रतिनिधि ज्युहरु, पत्रकार, सुरक्षाकर्मी, मित्रहरु, काठेखोला गाउँपालिकाका सम्पुर्ण सदस्य ज्युहरु, बिभिन्न वडाका अध्यक्ष एवम सदस्य ज्युहरु, कर्मचारी मित्रहरु एवम सम्पुर्ण उपस्थित काठेखोलाबासी आमा–बुवा दाजुभाई तथा दिदीबहिनीहरु यहाँहरु सबैमा काठेखोला गाउँपालिकाको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन ब्यक्त गर्दछु ।
नीति ः
क) नेपाल सरकार, प्रदेश र जिल्ला समन्वय समिति लगायतका निकायहरुवाट प्राप्त निर्देशन र सल्लाहवाट प्राप्त मार्ग निर्देशनका साथै सर्वसाधारण जनतालाई तत्काल प्रत्यक्ष फाइदा पुग्ने तथा रोजगार प्रवद्र्धन हुने र आयमुलक कार्यक्रमहरु ।
ख) कृषि उत्पादन वृद्धि गर्न सघाउ पुग्ने कार्यक्रमहरु
ग) स्थानिय सीप साधन र क्षमताको परिचालनवाट संचालन हुन सक्ने कार्यक्रमहरु
घ)वातावरण मैत्री कार्यक्रमहरु
ङ) पिछडिएका तथा उत्पिडित जाती वर्ग र क्षेत्रका कार्यक्रमहरु
च) चालु आ.व.का क्रमागत कार्यक्रमहरु
छ) न्यूनतम लागतवाट अधिकतम लाभ दिने कार्यक्रमहरु
ज) संयुक्त राष्ट्रंघको दिगो विकास लक्ष्यले निर्धारण गरेका कार्यक्रमहरु
झ) गाउँपालीकाको सम्रग शैक्षिक तथा आर्थिक समृद्धिका लागि स्थानीय समुदायमा आधारीत सामाजिक संघ संस्थाहरु, गैर सरकारी संस्था, नीजि तथा वित्तिय संस्थाहरुका लागि लगानी मैत्री वातावरण सृजना गर्ने कार्यक्रम
ञ) विपत, प्रकोप नियन्त्रणका लागि पूर्व तयारी कार्यक्रम तथा विपत व्यवस्थापन कोषको स्थापना र व्यवस्थापन
ट) प्राकृतिक श्रोत तथा सम्पदाहरुको खोज एवं अनुसन्धनात्मक कार्यक्रम
ठ) जलवायु परिवर्तन न्यूनिकरण तथा अनुकुलन कार्यक्रम
प्रमुख नीतिहरु ः
पूर्वाधार विकास नीति ः
मुलुकको आर्थिक, सामाजिक लगायत हरेक क्षेत्रको समग्र विकासलाई गतिशिल बनाउन, आम सर्वसाधारण जनतालाई पु¥याउने सेवालाई सहज तथा सरल पार्न र आर्थिक, सामाजिक एकिकरण एवम भौगोलिक सन्तुलन कायम गरि मुलुकको सर्वाङ्गिण विकासमा टेवा पु¥याउन सडक यातायातको निकै महत्वपुर्ण भुमिका रहन्छ । बिगतका थुप्रै आवधिक योजनाहरुले पनि सडक यातायातलाई उच्च प्राथमिकतामा राख्दै आएका छन । आर्थिक तथा सामाजिक विकासमा महत्वपुर्ण योगदान र भुमिका खेल्ने रणनीतिक महत्वका सडकहरुलाई बिशेष प्राथमिकताको रुपमा लिईनेछ । काठेखोला गाउँपालिकाको सबै वार्डहरुमा सडक पुगिसकेको र ती सबै सडकहरुलाई स्तरोन्नतिमा उच्च प्रँथमिकता दिदै “हरेक वार्ड, स्तरीय सडक”को नीती लिई कार्यान्वयनमा जोड दिईने छ । हरेक वार्डहरुबाट माग भई आएका प्राथमिकता प्राप्त मोटरेवल पुल निर्माण प्रक्रियालाई उच्च प्राथमिकता दिईने छ । भने हरेक वार्डको आवस्यक ठाउँहरुमा आवस्यकताको आधारमा नयाँ ट्रयाक सञ्चालनमा पनि उत्तिकै ध्यान पु¥याईने छ । प्राविधिक सल्लाह बिना डोजरको माध्यमबाट बाटो खन्दा पर्यावरणिय वातावरण बिरुप हुने भएकोले त्यस्तो कार्यलाई सकेसम्म निरुत्साहित गरिने छ । यस क्षेत्रको कृषि आम्दानीलाई बृद्धि गर्न सिचाई योजनाहरु सञ्चालन र कार्यन्वन गर्ने नीती लिईने छ । सफा, स्वच्छ र शुद्ध पानी पिउन पाउने जनताको अधिकारलाई बिशेष प्राथमिकता दिदै “एक घर, एक धारा”को नीती अवलम्वन गरि कार्यान्वयनमा जोड दिईनेछ । यस गाउँपालिका भित्रका सम्पुर्ण पानीका मुल एवम श्रोतहरुलाई पहिचान गरि आवश्यकताको आधारमा मुल दर्ताको प्रक्रियालाई अगाडि बढाइने छ । यस क्षेत्रको भौतिक पुर्वाधारहरुको निर्माण, गुणस्तर र संरक्षण गर्न जोड दिईने छ । साथै झोलुङे पुलको निर्माण प्रक्रियालाई पनि उत्तिकै प्राथमिकता दिईने छ । पुर्वाधारका योजना तथा कार्यक्रमहरु पुर्वाधारसंग सम्बन्धित निकायहरुसंग आवश्यक सल्लाह, सुझाव लिदै समन्वय र सहकार्य गरि अगाडि बढाईने छ ।
शिक्षा, खेलकूद तथा संचार नीति ः
मानव जातिको पहिलो आवश्यकता गाँस, बास र कपास जस्तै शिक्षा पनि पहिलो आवस्यकताको बिषय बनिरहेको छ । अन्धाकार चिर्ने चाँदनीको रुपमा लिईएको शिक्षाको ज्योतिबाट कुनै पनि नागरिकहरु बन्चित हुनुहुँदैन । त्यसो त नेपालको संविधानले पनि शिक्षा सम्बन्धिको हकलाई मौलिक हकको रुपमा प्रत्याभुत गरिसकेको छ । नेपालको शिक्षा नीतीलाई पुर्णरुपमा अवलम्वन गर्दै गुणस्तरिय शिक्षालाई जोड दिईने छ । शिक्षा लिनबाट कुनै पनि नागरिक बन्चित हुन नपरोस भन्नका खाँतिर वाल मैत्रि , अपाँङग मैत्रि भौतिक संरचाना निर्माण गरि शैक्षिक जागरणका नविनतम कार्यक्रमहरु सबैको लागि शिक्षा (भ्मगअबतष्यल ँयच ब्िि) सञ्चालनमा जोड दिइने छ । शिक्षामा सूचना तथा संचार प्रणाली (क्ष्ऋत्) को प्रयोग विकास गरि क्ःब्च्त् क्अजयय िमा रुपान्तरण गरि व्यवसायिक तथा प्राविधिक शिक्षा सञ्चालनलाई पहिलो प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तय गरिनेछ । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिमलाई आम नागरिकको पहुँच सम्म पु¥याउन प्रभावकारी कदम चालिने छ । शिक्षा क्षेत्रलाई आर्थिक तथा सामाजिक रुपान्तरणको सम्वाहकको रुपमा विकास गर्न विशेष ध्यान दिईने छ । शिक्षामा समतामुलक अवसरहरु सुनिश्चित गर्दै शिक्षालाई सीपयुक्त, समय सान्दर्भिक र गुणस्तरयुक्त बनाउन प्रभावकारी कदम चालिने छ । यस क्षेत्रका बिद्यार्थीहरुका सहजताको लागि बिभिन्न संकायका पठन पाठन हुने क्याम्पस सञ्चालन र ब्यवस्थापनमा बिशेष जोड दिईने छ ।
खेलकुद
स्वस्थ, सभ्य र अनुशासित नागरिक र समाजको निर्माण गर्न खेलकुद क्षेत्रलाई पहिलो आधारको रुपमा लिईन्छ । राष्ट्रको प्रतिष्ठा र पहिचान झल्काउन खेलकुद क्षेत्रको निकै नै महत्वपुर्ण भुमिका हुन्छ । साहश र सिर्जनशिलताले भरिपुर्ण युवाहरुलाई खेलकुद क्षेत्रबाट स्वस्थ, सभ्य र अनुशासित नागारिक बनाउदै उनिहरुलाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा समावेश गर्नु हामी सबैको कर्तब्य हुन आउछ । खेलकुदको माध्यमबाट शारिरिक, मानसिक, बौद्धिक, संवेगात्मक र नैतिकवान मानव संसाधनको विकास गरि अनुशासित र मर्यादित समाजको निर्माण गर्दै “हामी सबैको लागि खेलकुद” अभियान सञ्चालन गरि कार्यान्वयन गरिने छ । यस अभियानलाई साकार पार्न आवस्यक ठाउूहरुमा पूर्वाधार तयार (खेल मैदान, प्रशिक्षण, तालिम, प्रतियोगिता, खेलकुद सामग्री बितरण) गरि प्रोत्साहनका कार्यक्रमहरु सञ्चालनमा बिशेष जोड दिई काठेखोला गाउपालीकालाई खेलकुदको विशेष क्षेत्रको रुपमा विकास गरिने छ ।
सञ्चार
सुचनाको अधिकार हरेक ब्यक्तिको आधारभुत अधिकार हो भन्ने भनाईलाई आत्मसाथ गर्दै सबै वार्डहरुमा सञ्चार सेवाका सबै सेवाहरुको पहुँच पु¥याउने नीतिलाई अवलम्वन गरिने छ । बिभिन्न सञ्चारको टावरहरु विस्तारमा बिशेष ध्यान पु¥याइने छ । यस गाउँपालिकामा एफ.एम. रेडियो, पत्रपत्रिका एवम अन्य छापा एवम बिद्युतिय सञ्चार माध्यमका प्रशारण तथा प्रकाशनलाई प्राथमिकता दिदै नीजी तथा वित्तिय संघ संस्थाहरुलाई लगानी मैत्री वातावरणको सृजना गरि सहयोग पु¥याउने नीति लिईने छ । ीबलम ीष्लभ सेवा विस्तार र ईन्टरनेटको सहज पहुँच निर्माण गरिने छ ।
अर्थ उद्योग र व्यापार नीतिः
उद्योग क्षेत्र आर्थिक विकासको इन्जिन हो । उद्योग बिना रोजगारी असम्भव छ । उद्योग क्षेत्रको विकास र विस्तारले मात्र रोजगारीको सिर्जना गर्दछ । औद्योगिक विकासले बस्तु र सेवाको मुल्य अभिबृद्धि, आवश्यक बस्तु तथा सेवाको उपलब्धता गर्न सहयोग पुराउदछ । औद्योगिक विकास मार्फत रोजगारीको सिर्जना गरि गरिवी न्युनिकरण गर्नमा उद्योग क्षेत्रको निकै नै महत्वपुर्ण भुमिका रहन्छ । हाम्रो जस्तो ग्रामिण परिवेशमा ठुला उद्योगहरु सञ्चालन र ब्यवस्थापनमा सम्भव नदेखिएता पनि त्यस तर्फ उन्मुख हुदै ग्रामिण परिवेश सुहाउदो साना तथा घरेलु उद्योगहरु सञ्चालनमा बढि भन्दा बढि ध्यान दिईने छ । घरेलु तथा साना उद्योगहरुलाई प्रर्वद्धन गरि स्थानिय उत्पादनलाई बिशेष जोड दिईने छ । हरेक ब्यक्तिलाई उद्यमशिलतासंग जोड्दै “हरेक चोक, एक घरेलु उद्योग”को नीति लिई कार्यान्वयनमा जोड दिईने छ । गाउँपालिकाको आन्तरिक राजस्व संकलन र बृद्धि गर्न आवस्यक पहल गरिने छ । यस गाउँपालिका क्षेत्र भित्रका पानीका श्रोतहरुलाई पहिचान गरि जलाधार क्षेत्रको रुपमा विकास गरिने छ । प्रर्यटन, जलबिद्युत, खानी, वनपैदावार र कृषिलाई यस गाउँपालिकाको प्रमुख आर्थिक आधारको नीतिको रुपमा लिई आवश्यक प्रक्रिया अगाडि बढाईने छ । स्थानिय कच्चा पदार्थमा आधारित उद्योगहरु सञ्चालन गरिने छ ।
स्वास्थ्य र सरसफाई नीतिः
संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने एवम स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने बिषयलाई मौलिक हकको रुपमा प्रत्याभुत गरेको छ । सबै वर्ग, क्षेत्र र समुदायका नागरिकहरुको आधारभुत तथा गुणस्तरिय स्वास्थ्य सेवामा समानतामुलक पहुँच अभिबृद्धि गराउनु हाम्रो पहिलो कर्तब्य हुने छ । गुणस्तरिय औषधि, स्वास्थ्य सामग्री तथा आन्तरिक जडिबुटि जन्य उत्पादनलाई बिशेष जोड दिईने छ । भएका स्वास्थ्य संस्थाहरुलाई अरु ब्यवस्थित गरि सबै वार्डहरुमा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माणमा बिशेष जोड दिईने छ भने सुरक्षित सुत्केरी गृहलाई अझ सुबिधा सम्पन्न बनाउन पहल गरिने छ । गुणस्तरिय स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमलाई अवलम्वन गर्दै प्रभावकारी ढंगले कार्यान्वयन गर्न जोड दिईने छ । नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खाद्य पदार्थको पहिचान गरि बजार प्रवद्र्धनमा बन्देज लगाईने छ । प्रज्वनन स्वास्थ्य, सुरक्षित मातृत्व, एबम बाल तथा शिशु स्वास्थ्य लगायत सेवाको बारेमा जनचेतना अभिबृद्धि गर्ने खालका रचनात्मक कार्यक्रम सञ्चालन गरिने छ । मानव जीवनमा प्रत्यक्ष प्रभाव र अनुभुत हुने स्वास्थ्य तथा सरसफाईका कार्यक्रमहरु सञ्चालनमा बिशेष जोड दिईने छ । गाउँपालिका स्तरमा कम्तिमा १५ सैया सहितको अस्पताल निर्माण गरि अन्तरंग सेवा सञ्चालन गर्ने र इमर्जेन्सी सेवालाई चौविसै घण्टा उपलब्ध गराईने छ ।
सामाजिक समावेशीकरणको नीति ः
नेपाल सरकारले लागू गरेको लैंगिक समानता र सामाजिक समावेशीकरणको नीतिलाई यस काठेखोला गाउँपालिकाले पुर्ण रुपमा पालना गर्ने नीति लिएको छ । बिभिन्न क्षेत्रबाट पछाडि पारिएका महिला, दलित, आदिबासी, जनजाति, अल्पसंख्यक, बालबालिका र फरक क्षमता भएका ब्यक्ति तथा बर्गलाई विकासको मुल प्रवाहमा ल्याउन आवस्यक कदम चालिने छ । सामाजिक र आर्थिक अवसरहरुमा समान सहभागिता सुनिश्चित गरि लैंङ्गीक मुल प्रवाहिकरण र शसक्तिकरण गर्ने अभिप्रायले “शसक्तिकरण अभियान” सञ्चालन गरिने छ । उक्त अभियानले लैङ्गिक र जातिय समानता मार्फत मर्यादित, न्यायपुर्ण सुरक्षित र सभ्य समाजको विकास हुने लक्ष लिईएको छ । शसक्तिकरण कार्यक्रम संगै उनिहरुको आर्थिक विकासमा टेवा पुग्ने खालका क्षमता विकास संगै सिपमुलक र आय आर्जनका कार्यक्रममा पनि उत्तिकै जोड दिईने छ । बृद्ध–बृद्धा, एकल महिला, फरक क्षमता भएका ब्यक्ति तथा दलित बाल–बालिकाहरुले पाउने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत बितरण गरिने नेपाल सरकारको कार्यक्रमलाई स्वागत गर्दै बैंकहरु सम्बन्धित वार्ड मै पुगि बितरण गर्ने ब्यवस्था मिलाउन बिशेष जोड दिईने छ ।
धार्मिक संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धन नीति ः
संस्कृति मानव निर्मित अर्को प्रकृति हो । यसको संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको कर्तब्य हो । संस्कृतिले नै हाम्रो पहिचान र परिचय बोकेको हुन्छ । संस्कृति संरक्षणलाई बिशेष महत्व दिई बिभिन्न धर्म, क्षेत्र र जातिहरुको धार्मीक सांस्कृतिक धरोहरहरुको संरक्षण गरि त्यस्ता धार्मिक एवम सांस्कृतिक धरोहरहरुलाई सुन्दर र रमणिय स्थल बनाई प्रर्यटन प्रवद्र्धन गर्न जोड दिईने छ । बिस्तारै लोप हँुदै गहिरहेको यानीमाया, सालैजो, सोरठीे लगायतका पुराना मौलिक भाकाहरु, लोक नृत्य र लोक बाजाहरुको संरक्षण र उजागर गर्ने कार्यमा बिशेष जोड दिईने छ ।
सुशासन तथा क्षमता अभिवृद्धि गर्ने नीति ः
सुशासन तिब्र विकासको एउटा अदृष्य पात्र हो । सुशासन बिना विकासको गति असम्भव छ । जनताको काम र विकासलाई एक साथ अगाडि बढाउन सुशासनको निकै महत्वपुर्ण भुमिका हुन्छ । यस गाउँपालिकाको हरेक क्षेत्रमा सुशासन कायम राख्न प्रभावकारी कदम चालिने छ । सार्वजनिक सुनुवाई कार्यक्रम, आन्तरिक तथा सार्वजनिक लेखा परिक्षण जस्ता कार्यक्रमहरु सञ्चालन गरि जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीहरुको बिचमा समन्वय र सौहाद्र्धता कायम गर्ने नीति लिईने छ । जनताको काम र विकासको सहजताको लागि जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकासलाई बृद्धि गर्न बिभिन्न तालिम, प्रशिक्षण, अध्ययन अवलोका भ्रमण र गोष्ठीहरु सञ्चालन गरिने छ । गैर सरकारी संघ संस्थाहरुलाई यस गाउँपालिकाको समन्वयमा अझ पारदर्शी भई काम गर्न अभिप्रेरित गरिने छ । अनुगमन कार्यलाई प्रभावकारी बनाईने छ । जनहीत र जनमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउन बिशेष जोड दिईने छ । हरेक कार्यालयमा नागरिक बडापत्र राखिने छ । नीति निर्माण र योजना सञ्चालनमा जनसहभागितालाई बिशेष ध्यान दिईने छ ।
कृषि, वन तथा वातावरण सम्वन्धि नीति ः
हाम्रो देश कृषि प्रधान देश हो । यहाूका अधिकांश जनताहरु कृषि पेशामै निर्भर छन । कृषि क्षेत्रलाई अझै थप ब्यवस्थित र बढि भन्दा बढि उत्पादनमुखी बनाउनु हामी सबैको चाहानाको बिषय हो । कृषि प्रणाली निर्वाहमुखी मात्र हुनु र यसमा संग्लग्न कृषकहरुको उत्पादकत्व निकै कम रहदा यस क्षेत्रबाट श्रम शक्तिको पलायन बढ्दो छ । यसलाई रोक्न सक्नु हामी सबैको निकै चुनौतिको बिषय हो । स्थानिय बाली नालीमा कमी र स्थानिय दैनिक उपयोगमा सोचे अनुसार प्रगति हुन नसक्नु अर्को चुनौतिको बिषय हो । यी चुनौतिहरुलाई सामना गर्न कृषिमा आधुनिकता र लोकप्रियता बनाउने नीति लिई कार्यन्वयनमा जोड दिईने छ । दिगो र ब्यवसायिक विकासद्धारा कृषि क्षेत्रलाई प्रतिस्पर्धी र आत्मनिर्भर उन्मुख बनाउने नीति लिईने छ । ग्रामिण क्षेत्रमा कृषि वस्तु उत्पादन अभिवृद्धि गर्न कृषिजन्य वस्तुहरुको ब्यवसायिक उत्पादन क्षेत्रमा उपयुक्त र दिगो सिचाई सुविधा लगायतका आवश्यक पुर्वाधारहरुको पहुँच बढाईने छ । गुणस्तरिय उत्पादन सामग्रीहरु र कृषकमैत्री औजार र उन्नत प्रविधिको ब्यवस्थापनमा बिशेष जोड दिईने छ । कृषि क्षेत्रमा कार्यरत सम्पुर्ण सरकारी तथा गैर–सरकारी संघ संस्थाहरु बिच सहकार्य गर्दै कार्यन्वयन पक्षलाई नतिजा उन्मुख बनाउन पहल गरिने छ । खेतीयोग्य जमिनलाई बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै बाूझो रहेको जमिन उपयोगको लागि उपयुक्त योजना तयार गरि कार्यन्वयनमा जोड दिईने छ । वन पैदावारलाई उद्यमशिलता संग आवद्ध गरी आर्थिक उत्पादन उन्मुख बनाउने नीति अवलम्वन गरि कार्यन्वयनमा जोड दिईने छ । वन अतिक्रमणलाई निरुत्साहित गरि संरक्षण र सम्वद्र्धनमा जोड दिईने छ । यस गाउूपालिका क्षेत्र भित्र रहेका वन जंगलहरुमा पाईने जडिबुटीहरुको संरक्षण र सम्बद्र्धन गरि आय आर्जन तर्फ आवद्ध गर्न पहल गरिने छ । जलवायु परिवर्तनको प्रतिकुल असरलाई न्यूनिकरण गर्न आवश्यक कार्यक्रम तय गरि कार्यान्वयनमा जोड दिईने छ । बेमौशमी तरकारी उत्पादन र कृषिजन्य उत्पादनमा बिशिष्टीकरणलाई ध्यानमा राखिने छ । एक क्षेत्र एक बिशेष खेतिको नीति लिई कार्यान्वयन गरिने छ ।
निजी क्षेत्रसंग सहकार्य गर्ने नीति ः
निजी क्षेत्रमा व्यवसायिकता, नविनतम सोच र उद्यमशिलताको विकासबाट यस गाउँपालिकालाई आर्थिक बृद्धिको प्रमुख सम्वाहकको रुपमा अगाडि बढाउनु पर्ने आवश्यकता देखिन्छ । लगानी मैत्री वातावरणको अभाव, पुर्वाधारको कमी र असुरक्षा आदीको कारणले निजी क्षेत्र निकै पछाडि परेको छ । यस क्षेत्र भित्रको श्रोत र साधनहरुको भरपुर उपयोग गर्दै गाउँपालिकाको विकासमा सहयोग पुराउन चाहने निजी क्षेत्र संग आवश्यक समन्वय गरी कार्य गर्ने नीति लिई कार्यन्वयनमा जोड दिईने छ । आर्थिक सम्बृद्धिको शसक्त साझेदारको रुपमा निजी क्षेत्रलाई विकास गर्न आवश्यक कदम चालिने छ । यस गाउँपालिका क्षेत्रभित्र परम्परागत बिभिन्न खानीहरु संरक्षण र ब्यवस्थापन गर्न उचित कदम चालिने छ । निजी, सहकारी र सरकारी गरि तिन खम्बे अर्थ नीतिलाई ध्यानमा राखि कार्यक्रमहरु तय गरिने छ ।
अन्य नीतिहरु ः
यस गाउँपालिकाको योजना, श्रोत, सम्भावना, अवसर, चुनौति र सम्पुर्ण तथ्यहरु संकलित वस्तुगत विवरण तयार गरिने छ । गाउँपालिकाको सम्पुर्ण जानकारी दिने वेभसाईट निर्माण गरिने छ । प्राकृतिक प्रकोप बिपत्तिमा क्षति भएका र हुने परिवारहरुलाई तत्काल राहत हुने खालका कार्यक्रमहरु लागु गरिने छ ।
टेन्डर र ठेकेदार मार्फत काम गराउने प्रवृत्तिमा सुधार गरि स्थानिय जनताहरु मार्फत काम गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने नीति लागु गरिने छ ।
विकासको प्रतिफल साविकको गा.वि.स.सिमारेखालाई हेरेर भन्दा प्रत्येक घरधुरी र जनसंख्याले पाउने गरि योजना तर्जुमा गरिने छ । योजना तर्जुमा गर्दा जनसंख्या, भौगोलिक बिकतता, पुर्वाधार विकास , लागत मुल्य दुर्गमता, सुगमता जस्ता कुराहरुलाई आधार मानिने छ ।
समग्र काठेखोला विकासका लागि पांच बर्षे रणनैतिक योजना तयार गरि कार्यान्वयन गरिने छ । के गरेमा प्रतिव्यत्ति आय ९एभचअबउष्तब क्ष्लअयmभ० बढ्न सक्छ बिशेष ध्यान दिईने छ ।
ठुला–ठुला योजना, आयोजना तथा उद्योग धन्दा सञ्चालन गर्न इच्छुक लगानीकर्ताहरुलाई आवधिक रुपमा कर छुटको ब्यवस्था मिलाई काठेखोला गाउँपालीकामा आकर्षण गर्ने नीति लिईने छ ।
समय सिमा भित्र उत्कृष्ट काम गर्ने उपभोक्ता समुहलाई रकम थप गरि पुरस्कृत गर्ने र समय सिमा भित्र काम सम्पन्न नगर्ने उपभोक्ता समुहको रकम कटौटी गर्ने नीति लिईने छ ।
प्रमुख अतिथीज्यू तथा उपस्थित महानुभावहरु अव म यस गाउँपालीकाको समस्या तथा चुनौती र अवसर तथा सम्भावनाहरु बुंदागतरुपमा प्रस्तुत गर्दछु ।
गाउँपालिका विकासका समस्या तथा चुनौतिहरु ः
क) गाउँपालिका भित्रका सम्पुर्ण वार्डहरुमा कच्ची सडक पुगेपनि मोटेरेवल पुल र सडकको स्तरोन्नतीको अभावमा बाह्रै महिना प्रत्येक वार्डमा पुग्न भरपर्दो यातायातको पहुँच नहुनु ।
ख) घरेलु उद्योग तथा लघु उद्यम संचालन र दिगोपनाको विकास नहुनु
ग) अव्यवस्थित र अनियन्त्रित सडक निर्माण कार्यले भूक्षय तथा वोट विरुवाको विनास वढदै जानु ।
घ) रासायनिक मल तथा किटनासक औषधिको प्रयोग रल्पाष्टिक जन्य फोहोर मैलाले ग्रामिण वातावरणको साथै खेतीयोग्य जमिनको प्रदुषणमा वृद्धि हुनु ।
ङ) श्रमदान गर्ने प्रवृद्धिमा ह्रास हुदै जानु ।
च) उपभोक्ता समिति आयोजना संझौता गर्ने र निर्माणमा मात्र सीमित रहने, मर्मत संभार तथा अन्य व्यवस्थापनमा उचित ध्यान नदिने प्रवृद्धिले गर्दा योजना दिगोपनमा असर परेको, जनताका धेरै मागहरु, सिमित श्रोत र कर योग्य क्षेत्रको अभाव ।
छ) सरकारी तथा सामुदायिक जमिनमा भएको अतिक्रमण हुदै जानु ।
गाउँपालिकाका अवसर र संभावनाहरु ः
क) प्रचुर मात्रामा रहेको जलश्रोतको प्रयोग गरि आयमुलक कार्यक्रम संचालन हुन सक्ने ।
ख) घोडावाधेको धुरी , गाजाको धुरी , शिवालय मन्दिर, महारानी थान, थाप्लेको धुरी, कान्छो धौलागिरी , तंग्रमको नमुना घासिकुवा, झुलेनी, वसन्ताप, खोरको ताल ,धम्जा देउराली, मोथेको धुरी , तीनचुलेको धुरी ,रेशको शत्यवति, लेखानीको शिवालय मन्दिर लगायत मनमोहक र पर्यटकीय क्षेत्रहरुको विकासमा प्रवल संभावना भएको ।
ग) कृषि योग्य भूमि उल्लेख भएकोले कृषिमा आधुनिकीकरण र व्यवसायिकरण गरेमा आर्थिक विकासको समेत संभावना रहेको ।
घ) सतुवा, शिकारी लरा, पहेले, पाचऔले, चीराइतो जस्ता दुर्लभ जडीवुटीहरु समेत पाइने संभावना रहेकोले सोको पहिचान र विकास उपयोग रणनीति निर्माण गर्नु पर्ने ।
ङ) वैदेशिक रोजगारिवाट प्राप्त रेमिटेन्सलाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्न सकिने ।
च) पर्यटन क्षेत्रको गुरुयोजना र विभीन्न सडकहरुको प्रभावकारी कार्यन्वयन गर्न सकेमा आर्थिक विकासका साथै सवै वार्डसम्म सडकको स्तर उन्नतीमाटेवा पुरयाउन सकिने ।
छ) विविध किसिमको हावापानी पाइने हुंदा वेमोसौमी तरकारी, विउ, सुन्तला, अदुवा, आलु जस्ता वस्तुहरुको व्यावसायिक उत्पादनको श्रोत केन्द्र विकास गर्न सकिने ।
ज) अर्गानिक कृषि खेती प्रणाली तथा माछा,मासु र दुग्धजन्य पेशालाई श्रोेत केन्द्रको रुपमा विकास गरी वजारीकरण गर्न सकिने ।
झ) पर्यटन प्रर्वद्धनका लागि संभावनाका क्षेत्र पहिचान गरि आन्तरीक र वाह्र पर्यटकहरुको आर्कष्णका लागि होमस्टे, अतिथी गृहको विकास साथै राष्ट्रिय फुल लालिगुरासको क्षेत्र पहिचान गरि प्रचार प्रसार गर्न सकिने ।
आदर्णिय महानुभावहरु अव म काठेखोला गाउंपालिकाले आ.व.२०७४÷०७५ को लागि तय गरेका प्रमुख कार्यक्रमहरुको बारेमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१) सडक तथा सिंचाई
यस काठेखोला गाउंपालिकाका प्रत्येक वार्डहरुलाई कच्ची सडक सञ्जालले जोड्न, सडक पुग्न नसकेका बस्तीहरुमा ट्रयाक खोली सडकले जोड्न, बनिसकेका सडकहरुको स्तरोन्नति गर्न, आवस्यकता अनुसार नाली निर्माण गर्न, ग्राभेलिङ गर्न, ग्याविन प्रोटेक्सन गर्न, वायो ईन्जिनिङ गर्न र सडकहरु बाह्रै महिना सञ्चालनमा ल्याउन सबै वडाहरुले पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको छ । साथै गाउूपालिकाबाट वडालाई बिनियोजन गरिएको रकमबाट पुरा गर्न नसकिने सडकहरुको निर्माण कार्य, ढलान, कालोपत्रे जस्ता बढी लागत लाग्ने सडकहरुलाई केन्द्र तथा प्रदेशमा माग गरिने छ । यसरी नै किसानहरुको जिविकोपार्जनमा सहयोग पुराउने साना सिंचाई आयोजनाहरुलाई प्राथमिकताको क्रममा राखि रकम बिनियोजन गरिएको छ । यसबाट किसानहरुलाई तत्काल अन्न बाली उत्पादन, तरकारी खेती तथा नगदेबालीको उत्पादनमा सहयोग पुग्ने छ । काठेखोला गाउँपालिकाका सबै वडाहरुमा ठुलो सिंचाई आयोजनाहरु सञ्चालनमा ल्याउन डिभिजन सिंचाई कार्यालय, जिल्ला कृषि विकास कार्यालय संग आवश्यक समन्वय र सहकार्य गरिने छ ।
२) सामाजिक विकास
क) शिक्षा, स्वास्थ्य, खानेपानी
शिक्षा, स्वास्थ्य, खानेपानी मानिसको दैनिक जीवनका लागि अपरिहार्य अनिर्वायक्षेत्र भएका हुनाले प्रस्तुत शिर्षकहरुमा हामीले काठेखोलाको सबै वडाहरुमा यसका लागि केही रकम बिनियोजन गरेका छौ । काठेखोला गाउँपालिका बिभिन्न वडाहरुमा अवस्थित बिद्यालयहरुका ठुला–ठुला भौतिक संरचनाहरु (जस्तै ८ कोठा, ६ कोठा, ४ कोठा, २ कोठा पक्की भवन) निर्माणका लागि जिल्ला शिक्षा कार्यालय बागलुङबाट सहयोग भई आएको र आगमी आ.व.२०७४÷०७५ का लागि पनि टोल, समुदाय र वडा स्तरिय भेलाबाट माग भई आएकाले वडामा बिनियोजित रकमले ति कुराहरु पुरा गर्न नसकिने देखिएको हुदा जिल्ला शिक्षा कार्यालयलाई निरन्तरता दिनका लागि समन्वय र सहकार्य गरिने छ । वडा स्तरमा बिनियोजन गरिएको शिक्षा बजेटबाट ब्यवहारिक,सिर्जनशिल, बैज्ञानिक र युग सुहाउदो गुणस्तरिय शिक्ष्ाँ प्रदान गर्न सबैलाई उत्प्रेरित गरिने छ । स्वस्थ प्रतिस्पर्धाबाट उत्कृष्ट बिद्यालय र बिद्यार्थीलाई पुरस्कृत गरिने छ । स्वस्थ र निरोगी जीवन यापनका लागि स्वास्थ्य र सरसफाईको अवस्थामा सुधार ल्याउन भैरहेका स्वास्थ्य चौकीहरुलाई थप सुविधा सम्पन्न बनाउन ब्यक्तिगत घरायसी तथा वातावरणिय सरसफाईको अवस्थामा सुधार ल्याउन बाल मृत्यु दर कम गर्ने, पोषण खोप, गर्भवति, सुत्केरी महिलाहरुमा सहज अवस्था सिर्जना गर्न स्वास्थ्य तर्फ रकम बिनियोजित गरिएको छ । शौचालय निर्माण, जुठेल्नो निर्माण कार्यका लागि बिभिन्न एन.जि.ओ.÷ आइ.एन.जि.ओ. संग समन्वय र सहकार्य गरि कार्यक्रमलाई अगाडि बढार्ईएको छ ।
खानेपानीको समस्याग्रस्त टोल बस्तीहरुलाई तत्काल साना साना खानेपानी योजनाहरु सञ्चालन गर्न बिग्रेका खानेपानी संरचना मर्मत सम्भार गर्न र सुचारु गर्न आवश्यक रकम बिनियोजन गरिएको छ । ठुला–ठुला खानेपानी योजनाहरु सञ्चालन गर्नका लागि जिल्ला खानेपानी कार्यालय र अन्य दातृ संस्था निकायहरु संग समन्वय र सहकार्य गरिने छ, साथै काठेखोला गाउपालीकालाई पुर्ण सरसफाई युक्त गाउपालीका घोषणा गर्नका लागि जोड कोष व्यवस्था गरि सरकारी तथा गैरसरकारी संघ संस्थालाई आर्कशित गरिने छ ।
३) सामाजिक समावेशीकरण, सचेतना तथा तालिम कार्यक्रम ः
समाजमा बिद्यमान महिला, दलित, जनजाति, बालबालिका, अल्पसंख्यक र फरक क्षमता लगायतका बर्गलाई विकासको मुल प्रवाहमा ल्याई उनिहरुको अवस्थालाई उत्थान गर्ने र सुधार गर्ने नीति लागु गरिने छ । यसका लागि बजेट बिनियोजन गरि बिभिन्न चेतनामुलक, सिपमुलक तालिम गोष्ठी कार्यक्रमको माध्यमबाट क्षमता अभिबृद्धि गर्दै उनिहरुको जीविकोपार्जनको अवस्थामा सुधार ल्याईने छ ।
४) आर्थिक विकास
क) कृषि, पशु तथा पर्यटन विकास
काठेखोलाको समग्र भौगोलिक अवस्थालाई नियालेर हेर्दा कृषि, पशु तथा पर्यटन विकासलाई महत्वपुर्ण अंशको रुपमा लिन सकिन्छ । ठुला–ठुला राष्ट्रिय स्तरका गाई फर्महरु देखि साना–साना बाख्रा, कुखुरा फर्महरु सञ्चालन गरेर किसानहरु ब्यवसायिक हिसावले आत्मनिर्भर हुन प्रयत्नशिल रहेको अवस्था देखिन्छ भने अर्को तर्फ आन्तरिक तथा बाह्य पर्यटकहरु लोभ्याउने धार्मीक स्थल, प्राकृतिक स्थल, नमुना प्लटहरु पनि काठेखोला गाउँपालिकाको क्षेत्र भित्र रहेको हँुदा यिनिहरुको संरक्ष्ँण, सम्वद्र्धन र उपयोग गर्ने नीतिलाई अगाडि बढाउन केही रकम बिनियोजन गरिएको छ । अन्य थप कार्यक्रमहरु कृषि, पशु विकास कार्यालय र पर्यटन मन्त्रालय संग सम्पर्क, समन्वय र सहकार्य गरि गरिने छ ।
५) वातावरण तथा विपद ब्यवस्थापन
क) जलाधार संरक्षण तथा विपद ब्यवस्थापन
विश्वब्यापी रुपमा बढ्दै गैरहेको वातावरण बिनास र यसबाट उत्पन्न मानव भयभित कहाली लाग्दो अवस्थाले अहिले बिश्वका चर्चित वातावरणविद देखि सर्ब साधारण जनताहरु यसको उपयुक्त उपायको निम्ति निधार खुम्चाएर सोचिरहेको वेला यस काठेखोलाको समग्र जलाधार क्षेत्रलाई संरक्षण र सम्बद्र्धन गर्नका लागिस्थानिय जनताहरुमा प्राकृतिक प्रकोप र आईलाग्ने बिपत्तिमा सचेत, सजक र सोचनिय बनाउन, उद्धार र उपकारी भावनाको विकास गराई यस बिषय प्रति संवेदनशील बनाई जलवायु परिर्वतन, अनुकुलन र न्यूनिकरणका कार्यक्षेत्रमा लाग्न जलाधार संरक्षण तथा विपद ब्यवस्थापन कार्यक्रममा बजेट बिनियोजन गरिएको छ । यसबाट वातावरण संरक्षण, जैविक विविधता संरक्षण, नदी कटान, गल्छी नियन्त्रण, खेतबारी ,सडक डिल संरक्षण, पोखरी निर्माण, पानी मुल पहिचान संरक्षण जस्ता बिषयहरुमा महत्वपुर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
६) संस्थागत विकास तथा सेवा प्रवाह
क) सुचना प्रविधी, अनुसन्धान तथा विकास
आधुनिक सुचना प्रविधीको आविष्कारले संसारभरका मानिसका गतिविधी र क्रियाकलापहरुलाई सेकेन्ड–सेकेन्ड र मिनेट–मिनेटमा अध्यावधिक बनाईएको अवस्थामा हामीले पनि काठेखोला गाउँपालिका अन्तरगतका विकट ग्रामिण बस्तीहरुमा वडो कठिनाईका साथ परम्परागत रुपमा जिवनयापन गरिरहेका जनताहरुलाई स्थानिय बिद्यालय र संघ संस्थाहरुलाई यस तर्फ आर्कषित गराई पहिलो चरणमा गाउपालीकाका सबै वार्डहरुमा सुचना र सञ्चार प्रविधिका आधारभुत कुराहरुको सुरुवात गराउन यस तर्फ केही रकम बिनियोजित गरिएको छ । यसबाट सुचना प्रविधिको क्षेत्रमा केही रकम भएपनि सहयोग पुग्ने छ र भविश्यमा यसको दायरा अझै फराकिलो र बिस्तार गर्न सकिने अपेक्षा लिएको छ ।यसका साथै समग्र काठेखोला गाउूपालिकाको पाूच वर्षे रणनैतिक योजना निर्माण गरि तदनुरुपका क्रियाकलापहरु अगाडि बढाई समृृद्ध काठेखोला बनाउने सोंचलाई साकार बनाउन काठेखोला गाउूपालिका अन्तरगतका सबै वडाहरुलाई पनि गहिरो अनुसन्धान र खोज गरि आफ्ना कार्यक्रम र गतिबिधिहरुलाई अगाडि बढाउन उत्प्रेरित गरि यस तर्फ पनि रकम बिनियोजन गरिएको छ ।
अव म काठेखोला गाउँपालीका कार्यालय बागलुङ, विषयगत कार्यालय तथा गैरसरकारी संघ संस्थाहरुको आगामी आ.व.०७४।७५का लागि प्रस्तावित वजेट तथा चालु आ.व.को यर्थाथ खर्चको विवरण प्रस्तुत गर्दछु ।
चालु आ.व.को यर्थाथ ः चालु तर्फ ः ११,२२,३६३।–, पुजिगत तर्फ ः २२,३२,४२९।–
आगामी वर्ष २०७४।७५ को लागि गैरसरकारी संघसंस्थाको बजेट रु. १५,६३,५,६०००।–
यस गाउपालीका प्रस्तावित पँुजिगत र चालु खर्चको विवरण निम्नानुसार रहको अवगत गराउदछु ।
पुजीगत बजेट रु. ः ११,७८,८०००० ।–, चालु बजेट रु. ः ४,००,००,०००।–, ससर्त चालु खर्च ः १३,६४,३९,०००।–, आन्तरिक ः ५४,००,०००।–, कुल जम्मा ः २९,९७,१९,००० ।–
गैर सरकारी क्षेत्रको वजेट ः जम्मा रकमः १५,६३,५६,०००।– कुल बजेट ः ३१,५३,५४,६००।–
यसको पुर्ण विवरण अनुसुचिहरुमा उल्लेख गरिएको जानाकारी गराउदछु ।
आदरणीय उपस्थित महानुभावहरु अन्त्यमा हाम्रा निमन्त्रणालाई स्वीकार गर्दे आजको समारोहमा उपस्थित हुनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दै गाउँपालीकाको विकास योजना २०७४।०७५ को सफल कार्यान्वयनको लागि सवैको सक्रिय सहयोग एवं भूमिकाको काठेखोला गाउपालीका बागलुङले अपेक्षा गर्दै फेरि पनि यहाँहरु सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।
धन्यवाद ।
२८ आषाढ २०७४
अम्मर बहादुर थापा
अध्क्षय
काठेखोला गाउपालिका, बागलुङ
