नर्सरीबाट कमाउछन थापा दम्पत्तिले  वार्षिक ४ लाख

बिक्रम सुनार
बागलुङ, ०२ साउन ।
बागलुङका एक परिवार नै नर्सरी व्यवासयमा लागेका छन भने वार्षिक ४ लाख आम्दानी गर्न सफल भएका छन । बानपा १० का ४५ वर्षिय रनबहादुर थापाको दम्पत्तिहरु २०५७ सालमा ६ सय लगानी बाट सुरु गरेको नर्सरी व्यवसायबाट अहिले वार्षिक ४ लाख आम्दनी गर्दछ ।
बागलुङ नगरपालिका १० भकुण्डेका ४५ वर्षिय रनबहादुर थापाको परिवार नर्सरी खेतीमा लागेका हुन । विस २०५७ सालदेखि व्यवासय सुरु गर्नुभएका थापा आफ्नै जग्गामा विरुवा उत्पादन गरि मनग्य आम्दानी गर्नुभएको हो ।
आफनो बावुले २०१८ सालमा गरेको सुन्तला खेतीबाट नै प्रभावित भई त्यसलाई ६ सय रुपैयाबाट विरुवा थप गरि व्यवासयलाई आधुनिकरण गरेको थापाले बताउनुभयो । तरकारी संगै किवी खेती समेत गर्नुभएका थापाको नर्सरीमा सुन्तला, लिचि, कागती,मेवा, अनार, टिमुर, अंगुर लगायतका विरुवाहरु रहेका छन ।
प्राय विरुवा तयार हुन करिव १८ महिना लाग्ने र प्रतिबोट ३० रुपैया पर्ने थापाले बताउनुभयो । पछिल्लो समयमा देशका विभिन्न जिल्लाबाट विरुवा लिनको लागि आउने गरेका छन । धौलागिरीका बागलुङ, मुस्ताङ, म्याग्दी, पर्वत र अन्य कास्की, रुकुम, रोल्पा र काठमाण्डौँबाट सम्म आउने गरेको थापाको भनाई छ ।
व्यवसायमा थापाकी श्रीमती र एक छोरा र बुहारीले पनि साथ दिएका छन । लामो समय सम्म तरकारी खेतीे पनि गर्नु भएका थापाले २०७१ सालमा धौलागिरी थापा नर्सरी नाम बाट जिल्ला कृषि विकास कार्यालय दर्ता भएको थियो । नर्सरी व्यवसाय पछिल्लो समयमा फष्टाउदैँ गएको र यो व्यवसाय सन्तुष्ट भएको थापाकी श्रीमती ४५ वर्षिय सुकुमारी थापाले बताउनुभयो ।
करिव आधा सेन्चुरी कृषि व्यवसायमा नै आफ्नो जीवन व्यतित गरेका थापा दम्पत्तिले अवको बाँकी जीवन पनि यहि व्यवासयमै विताउने बताउनुभएको छ । वैदेशिक रोजगारीमा जान लागेका उनका छोरा पनि आफनो बावुआमाको मिहेनत र परिश्रमबाट प्रभावित भई अव आफ्नै देशमा परिवार संगै नर्सरी व्यवासयलाई अंगाल्ने योजना बनाएको
२४ वर्षिय विष्णु थापाले बताउनुभयो ।
बागलुङमा पछिल्लो समयमा कृषिमा धेरै व्यक्तिहरु आवद्ध छन । यसरी नै नेपालमा दैनिक हजारौँको संख्यामा वैदेशिक रोगारीमा जाने युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्न सकियो भने देशलाई आर्थिक समृद्धिका बाटो लैजान सहज हुने देखिन्छ ।