
हरि रिजाल
बागलुङ, असार–१२
बागलुङ नगरपालिका वडा नं. १३ काभ्रेडाँडाका स्थानियले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सामाजिक परोपकारी कार्यको लाई आर्थिक रकम संकलन अभियान सुरु गरेका छन् ।
स्वदेश तथा बिदेशमा रहेका स्थानियले काभ्रेडाँडामा अवस्थित श्री सिद्धि बिनायक गणेश मन्दिर पुनःर्निमाणका लागि अभियान सुरु गरेका हुन् । जन्म भुमि छोडी स्वदेश तथा बिदेशमा रहेका स्थानियको चेतना जगाउने र सामाजिक बिकाश निर्माणमा टेवा पुर्याउने उद्देश्यले सामाजिक सञ्जाल फेसबुक मार्फत समिति गठन गरी आर्थिक रकम संकलन अभियान सुरु गरेको अभियन्ता दिनेश रिजालले जानकारी दिनुभयो ।
हाल सम्म ८८ जना बाट बोल रकम संकलन हँुदा मन्दिर पुनःनिर्माणको लागि २ लाख ८३ हजार २ सय ५१ रुपैँया, ६२ हजार ७ सय १२ जापानी येन, १ सय ३१ साउदी रियल र २१ अमेरीकी डलर संकलन भएको र अभियान अझै जारी रहेको समेत अभियान्ता रिजालले जानकारी दिनुभयो ।
जीर्ण अवस्थामा रहेको मन्दिर तथा सत्तल पुुनःनिर्माण, रङरोगन र तारबार गर्दा करिब छ लाख रुपैँया सम्म खर्च हुने जापानमा रहेका अर्का अभियन्ता टिकाराम रिजाल (बिमल)ले जानकारी दिनुभयो ।
अभियानले नरप्रसाद रिजालको अध्यक्षतामा ११ सदस्यीय मन्दिर ब्यबस्थापन कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भोलानाथ रिजाल, कोषाध्यक्षमा लिलाधर रिजाल, सचिवमा सागर रिजाल, र सह–सचिवमा सुरज रिजाल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा इन्द्रराज रिजाल (राजेश), मनिरत्न रिजाल, डिलकुमारी रिजाल, रिता रिजाल, सिता लामिछाने र कुन्ति रिजाल रहनुभएको बताइएको छ ।
