गलकोट प्रबेश द्धारको लागत निकाल्ने कार्य सुरु

बागलुङ, ११ असार
गलकोट नगरपालिका र काठेखोला गाउपालिकाको सिमानामा गलकोट गेट’ अर्थात गलकोट प्रबेशद्वार निर्माण गरिने भएको छ । गलकोट समाज जापानको आर्थिक सहयोग र गलकोट समाज गलकोटको सहकार्यमा उक्त गेट निर्माण गरिने भएको हो । गलकोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डेले काठेखोला गाउपालिका सँग गेट निर्माणका लागी जग्गाको बारेमा सहमती भएको जानकारी दिनुभयो ।
एक हप्तामा गेटको लागत खर्च निकाल्ने गरि गंगा भुजेलको संयोजकत्वमा ५ सदस्यीय प्राबिधिक ब्यवस्थापन समिति गठन भएको छ । समितीले जग्गाको छनोट, गेटको लागत निकाल्ने बताईएको छ । गेटमा गलकोटको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालका कलाकृतिको निर्माण गरिने गलकोट समाज जापानका अध्यक्ष नर बहादुर थापाले बताउनुभयो । ‘आफ्नो ठाउँ आँफै बनाउ’ भन्ने नारालाई आत्मसाथ गर्दै उक्त गेट निर्माण प्रकृया अगाडि बढाइएको थापाले बताउनुभयो ।
गेट निर्माणको लागि आबश्यक पर्ने रकम गलकोट समाज जापानले सामाजिक सञ्जाल तथा अन्य बिभिन्न किसीमका अभियान चलाएर संकलन गरिने गलकोट समाज जापानले जनाएको छ । तर, कहिले देखि र कुन ठाँउमा गेट निर्माण गर्ने हो सो वारेमा भने एकीन जानकारी दिइएको छैन ।
गलकोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटीको जनएकता सामुदायीक बन र काठेखोला गाउपालिका वाड नम्बर ५ को जौ छर्ने सामुदायीक बनको सिमानामा त्यस्तो गेट निर्माण गरिने सहमति भएको हो ।