उपभोक्ता समितिलाई लेखा व्यवस्थापन तालिम

बागलुङ, १० असार
बागलुङका विभिन्न गाविसमा संचालित खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीको लागि बागलुङमा संचालित दुई दिने लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना बागलुङ आयोजनामा संचालित तालिममा २३ उपभोक्ता समितिका पदाधिकारीको सहभागीता रहेको थियो ।
तालिमको सहजिकरण वास सल्लाहकार रितुप्रसाद चौलागाइर्, इन्जिनियर विवेक सापकोटा, लेखा अधिकृत महादेव सापकोटा, आन्तरिक लेखा परिक्षक प्रेमप्रसाद शर्मा पौडेल गर्नुभएको थियो । समापन समारोहमा वास सल्लाहकार चौलागाई, लेखा अधिकृत सापकोटा, सहभागी निशा छन्त्याल, देवीदत्त पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन विवेक सापकोटाले गर्नुभएको थियो ।