
बिक्रम सुनार
बागलुङ, ११ चैत्र
घरेलु साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बागलुङमा चालु आर्थिक वर्षको फागुन मसान्त सम्म ९९ वटा उद्योग दर्ता भएका छन ।
आर्थिक वर्ष २०७२÷०७३ मा उत्पादन मुलक उद्योेग २६, कृषि जन्य उद्योेग ५२, सेवा मुलक ८९, पर्यटन १२, बनजन्य ४० गरि जम्मा २ सय १९ उद्योग दर्ता भएका घरेलु साना उद्योग विकास समिति मुख्य शाखा बागलुङले जनाएको छ ।
दर्ता भएका उद्योगबाट गत वर्ष १२ लाख ८५ हजार ५ सय ७५ र वाणिज्य तर्फ २ सय ७४ वटा दर्ता भई १८ लाख ३ हजार ९ सय ७५ रुपैँया गरि जम्मा ३० लाख ८९ हजार ५ सय ५० रुपैया राजश्व संकलन गरेको घरेलु साना उद्योग विकास समिति बागलुङले जनाएको छ ।
घरेलु साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका निर्देशक विश्व प्रेम ढकालका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्त सम्म उद्योगहरु ९९ वटा र वाणिज्य तर्फ १ सय ८६ दर्ता भएका छन भने ४० लाख भन्दा बढि राजश्व संकलन भएको छ ।
आर्थिक बर्षमा नेपाल सरकारको निर्णय अनुसार २० लाख सम्म पुजी भएकालाई बर्षको २५ सय रुपैया र अरुलाई पुँजीको आधारमा एक अवधिको ३ बर्षमा तेब्वर जरिवाना सहित नविकरण गर्ने नियम रहेको छ ।
सोही नितिअनुसार सबै उद्योेग, व्यापार, व्यावसायहरुलाई जरिवाना लगाएर नविकरण गराउनाले राजस्व वृद्धि भएको र दर्ता र नविकरणमा पनी वृद्धि भएको कार्यालयका निर्देशक विश्व प्रेम ढकालले बताउनुभयो ।
