कालिका मन्दिरमा पुस पहिलो साता १ लाख बढि संकलन

बागलुङ, ७ पुस
प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा पौष महिनाको पहिलो साता जम्मा रु १ लाख १७ हजार ५ सय ४२ रुपैयां संकलन भएको छ ।
संकलित रकमको बिवरण अनुसार १ गते ७ हजार ६ सय ९५ रुपैयां, २ गते ४२ हजार ५२ रुपैयां, ३ गते ७ हजार ५० रुपैयां, ४ गते ७ हजार १ सय ८० रुपैयां, ५ गते २८ हजार ७ सय ८५ रुपैयां, ६ गते ११ हजार ३ सय ३० रुपैयां तथा ७ गते १३ हजार ४ सय ५० रुपैयां जम्मा भएको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।