बागलुङ, २५ मंसिर
बागलुङको राङखानी स्थित समाज सुधार बालक्लवले देउसी भैलो मार्फत संकलन गरेको रकम मन्दिर निर्माणमा खर्च गर्ने भएको छ ।
देउसीभैलो मार्फत संकलन भएको एक लाख रुपैयाँ मध्ये पाही टापुमा शिव मन्दिर निर्माणको लागि जग्गा खरिदमा ६० हजार र बाँकी ४० हजार रुपैयाँ भौतिकपूर्वाधार निर्माणमा खर्च गरिने क्लवका अध्यक्ष भुवन थापाले जानकारी दिनुभयो ।
क्लवको अगुवाईमा तुलबहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय मन्दिर निर्माण समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष मनबहादुर थापा, सचिवमा नेत्रप्रसाद शर्मा, सहसचिवमा भुवन थापा र कोषाध्यक्षमा मनबहादुर क्षत्री रहनुभएको ।
मन्दिर निर्माणको लागि पाँच लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । मन्दिर निर्माणको लागि आर्थिक संकलनको लागि मनबहादुर क्षत्रीको अध्यक्षतामा आर्थिक संकलन उपसमिति गठन गरिएको छ । समितिको उपसंयोजकमा भुवन थापा रहनुभएको हाम्रा सहकर्मी धर्मगत शर्माले जानकारी दिनुभयो ।
