
बागलुङ, २ मंसिर
रेश गाउँ विकास समिति बागलुङको २५औँ गाउँ परिषद आज सम्पन्न भएको छ ।
सर्वदलिय सर्वपक्षीय भेलाले आर्थिक वर्ष ०७४/०७५ को प्रस्तावित बजेट बाँडफाँड गर्दै गाउँ परिषद सम्पन्न भएको हो ।
भेलाले आर्थिक वर्ष ०७४/०७५ को कुल ३३ लाख ४० हजार रुपैयाँ बाँडफाँड गरेको छ । प्रस्तावित बजेत अनुसार चालु खर्च तर्फ ५ लाख ४५ हजार र पँुजीगत तर्फ २७ लाख रुपैयाँ रहेको गाविस सचिव चुडाबहादुर कार्कीले जानकारी दिनुभयो ।
पूजँीगत तर्फ समपुरक कोषमा एक लाख, भौतिपूर्वधार विकासमा १३ लाख, लक्षित वर्ग अन्तर्गत महिलालाई २ लाख ६० हजार बालबालिका लक्षित २ लाख ६० हजार, विपन्न र सामाजिक वहिस्कारमा परेका समुदायलाई ३ लाख ९० हजार, कृषी विकासको लागि ३ लाख र अन्य शिर्षकमा ५० हजार विनियोजन गरिएको छ ।
भेलामा आर्थिक वर्ष ०७२/०७३ को यथार्थ ७४ लाख ८९ हजार ४ सय, आर्थिक वर्ष ०७३/०७४ को ८० लाख २० हजार संशोधित बजेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विहुँ पसु सेवा कार्यालयका रामकृष्ण सुवेदी, रेश स्वास्थ्य चौकी प्रमुख रामचन्द्र लामा, नेपाली काग्रेस गाउँ सभापति प्रेमबहादुर कार्की, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष तोपबहादुर कार्की, माओवादी केन्द्रका संयोजक लिलाराम सूनार, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर कार्की, नेपाली काग्रेसका चित्रकहादुर कार्कि, गाविसका पूर्वअध्यक्ष हरिबहादुर कार्की, जिल्ला विकास समितिका पूर्वसदस्य कविराज थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम गाविस अध्यक्ष तथा सचिव चुडाबहादुर कार्कीको अध्यक्षता र रिता जिसीको सचालनमा सम्पन्न भएको हाम्रा सहकर्मी प्रजापति गौतमले जानकारी दिनुभएको छ ।