नवदुर्गाको चौथो दिन दुई लाख बढी रकम संकलन

बागलुङ, १८ असोज
प्रसिद्ध कालिका भगवती मन्दिरमा नवदुर्गाको चौथो दिन २ लाख बढी रकम संकलन भएको छ ।
गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाको अनुशार चौथोदिन मंगलबार २ लाख ६ हजार २१ रुपैया संकलन भएको छ । ्
संकलित रकमको बिवरण अनुसार भेटी ७६ हजार २ सय ३९ रुपैयां, परेवा २ सय ३ जोडी बिक्रिबाट ८१ हजार २ सय रुपैयां, बोका मुढ ५५ वटा बिक्रिबाट ३७ हजार ८ सय १० रुपैयां, कुखुरा मुढ एक सय २४ वटा बिक्रिबाट ५ हजार ५ सय ६० रुपैयां, रांगो मुढ ५ वटा विक्रीबाट २ हजार, चामल ७ पाथि बिक्रिबाट १ हजार ४ सय तथा आर्थिक सहयोग १६ जनाबाट १ हजार ८ सय १२ रुपैया जम्मा भएको छ ।