दशैंको पहिलो दिनमै १ लाख बढी भेटी संकलन

बागलुङ, १६ असोज
प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा घटस्थापनाको दिन १ लाख १२ हजार ५ सय ६३ रुपैया संकलन भएको छ ।
दर्शनार्थिहरुले मन्दिरमा चढाएको भेटी, सहयोग, परेवा तथा पशुुपंक्षिको मुढ बिक्रिबाट शनिवार उक्त रकम संकलन भएको गुठीले जनाएको छ ।
संकलित बिवरण अनुसार भेटी ५४ हजार ८ सय, बोका बुढ १४ वटा बिक्रिबाट ९ हजार २ सय ६० रुपैयां, कुखुरा मुढ २३ वटा बिक्रिबाट १ हजार ३५ रुपैयां, परेवा बिक्री १ सय १२ जोडी बिक्रिबाट ४४ हजार ८ सय, सहयोग १६ जनाबाट २ हजार ६ सय ८८ रुपैयां जम्मा भएको कालिका भगवति गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।
यसअघि असोज महिनाको १ गते देखि १४ गतेसम्म जम्मा ६४ हजार ३ सय ३५ संकलन भएको थियो । यो रकमसंगै १५ गतेसम्म जम्मा १ लाख ७६ हजार ९ सय १८ रुपैया जम्मा भएको अध्यक्ष खड्काले बताउनुभयो ।