
बागलुङ, २५ भदौ
सहकारी उधमले सुन्दर बिश्व निर्माण गर्दछ भन्ने मुल नारासाथ स्थापना भएको प्रगति बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड बागलुङको दशौ साधारणसभा सभा तथा चौथो अधिबेशन सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै संसाद नरबहादुर थापाले सहकारीहरु आफ्नो को उदेश्य र भावना अनुसार संचालन हुने सकेमात्र देशको अर्थतन्त्रमा सहयोग पु्ग्ने बताउनुभएको थियो । सरकारले सहकारी लाई ब्यबस्थित गर्न खोजेको यसले सहकारी लाई राम्रो बनाउने थापाको भनाई थियो ।
३२ जना शेयर सदस्य सँग ३ लाख २० हजार शेयर पुजि बाट शुरू गरेको सहकारीले १० बर्षको दौरानमा ४ सय ६२ शेर सदस्य पु¥याउँदै हाल ३ करोड ६५ लाख ३ हजार ५ सय शेयर पुजि पुगिसकेको सहकारीका सचिव तोयानाथ गौतमले प्रस्तुत गरेको प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ ।
बागलुङ नगरपालिका सहित मालिका ,पाला ,भिमपोखरा ,धम्जा ,लेखानि ,रेश,सिगाना ,भकुण्डे ,तित्याङ, बिहुँ र तँग्राम लाई कार्यक्षेत्र बनाएको सहकारीले यो बर्ष एक अरब २ करोड ८ लाख १५ हजार ५ सय ७६ रूपैयाँ कारोबार गरेको गौतमले जानकारी दिनुभयो ।
सहकारीले सरकारसँग मिलेर युवा स्वरोजगार कार्यक्रममा समेत लगानी गरिरहेको जेस्ठ नागरिक लाई भत्ता , रेमिटेन्स सेवा समेत शुरू गरेको छ ।
साधारणसभामा एक बर्षभित्र राम्रो कारोबार गर्ने शेयर सदस्य ,कर्मचारीलाई सम्मान गरिएको थियो । यस बर्ष कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका ४जना छोरा छोरि लाई नगद सहित प्रमाणपत्र बाट सम्मान गरिएको थियो ।
कार्यक्रममा सहकारीका सल्लाहकार टिकाराम सापकोटा ,जिल्ला सहकारी सघका अध्यक्ष दिपक गौतम ,नेपाल पत्रका महासँघका केन्द्रीय सदस्य हरिनारायण गौतम ,पत्रकार राजेशचन्द राजभण्डारी, निर्वाचन अधिकृत डिल्लीराज गौतम , लगायका बक्ताहरूले सहकारीले गरेको प्रगतिले समाजमा आथिक बिकास गरेको धारणा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष महादेब सापकोटाको अध्यक्षता, उपाध्यक्ष कृण्णप्रसाद पौडेलको स्वागत र सचिब तोयानाथ गौतमको सँचालनमा सम्पन्न भएको थियो ।