
अनिष खाती
बागलुङ, ४ भदौ
नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङको साधारणसभा तथा दोस्रो अधिवेशन आजदेखि बागलुङ बजारमा सूरु भएको छ ।
अधिवेशनको उद्घाटन पछि बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष व्यवसायिक हितको नाउमा गुणस्तरमा महासंघले कुनै पनि व्यवसायि संघ सम्झौता गर्न नसक्ने बताउनुभएको थियो ।
व्यवसायिको मुल धर्म उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नु भएको बताउँदै उहाँले अन्र्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष कालीगण्ड उत्पादनमा महासंघले ध्यानकेन्द्रीत गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष मोहन विक, केन्द्रीय सदस्य केशव विक, निर्मलकुमार विश्वकर्मा, बरिष्ठ प्रहरी उपरिक्षक छविलाल बन्जाडे जोसी, उद्योग वाणिज्य संघ बागलुङका कार्यवहाक अध्यक्ष युवाराज राजभण्डारी, सुनचाँदी व्यवसायि संघ नवरपरासीका प्रतिनिधि भीम बराईली, गोरखा प्रतिनिधि गणेश विक, कास्की प्रतिनिधि मनबहादुर विश्वकर्मा, पर्वत प्रतिनिधि विकाश विक, म्याग्दी प्रतिनिधि टिकेन्द्र विक, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल पत्रकारमहासंघ बागलुङ शाखा अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पूर्वअध्यक्ष मनकाजी विश्वकर्मा, कालीगढ संघका अध्यक्ष धनकाजी विश्वकर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संघका अध्यक्ष सोदेश राजभण्डारीको अध्यक्षता, बाबुरा सुनारको संचालनमा र बरिष्ठ उपाध्यक्ष ओमबहादुर विश्वकर्माको धन्यवाद मनतव्य सहित सम्पन्न भएको थियो ।
अधिवेशनले आगमी चार वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष ओमबहादुर विश्वकर्मा, युवराज राजभण्डारी र महेन्द्र विकको चर्चा रहेको छ । अधिवेशनको बन्द सत्र ८ बजे पछि सुर हुने सचिव बाबुराम सुनारले जानकारी दिनुभयो ।