नवीन शिशिर
बागलुङ, १० साउन/ जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७२/०७३ मा साढे २० लाख बढी राजश्व संकलन गरेको छ ।
ट्राफिक नियम विपरित सवारी संचालन गर्ने ५ हजार ४ सय ९४ सवारीलाई कार्वाही गर्दा एक वर्षमा २० लाख ६७ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार दलबहादुर बस्यालले जानकारी दिनुभयो ।
एक वर्षको अवधिमा ४ सय ११ ट्राकबाट १ लाख ५४ हजार, ५ सय ३९ बसबाट १ लाख ६६ हजार आठ सय, एक हजार ७ सय २४ जीप तथा कार कार्वाहीमा पर्दा ६ लाख ६९ लाख सात सय रुपैयाँ राजश्व संकलन भएको थियो ।
त्यस्तै, एक हजार ६ सय ७० मोटर साईकलबाट ७ लाख ४ सय , एक हजार एक सय ५० ट्याक्टरबाट ३ लाख ७२ हजार रुपैयाँ संकलन भएको हवल्दार बस्यालले जानकारी दिनुभयो ।
कार्वाहीमा पर्ने सवारी साधानबाट मासिक रुपमा संकलन भएको राजश्व विवतरण अनुसार गत आर्थिक वर्षको भदौमा ७ सय २४ सवारीबाट २ लाख ४६ हजार ४ सय, असोजमा ४ सय ६० बाट एक लाख ४५ हजार सात सय, कात्र्तिकमा ७९ सवारीबाट ३० हजार चार सय रुपैयाँ संकलन भएको थियो ।
मंसिर महिनामा २ सय ३६ सवारी कार्वाहीबाट ७५ हजार पाँच सय, पुस महिनामा ३ सय ८९ सवारीबाट एक लाख २९ हजार ९ सय, मंसिरमा चार सय ३७ बाट एक लाख ४३ हजार, फागुनमा ४ सय ६४ बाट ४८ हजार ५ सय, चैत्रमा ७ सय तीन सवारी कार्वाहीमा दुई लाख ६१ हजार दुई सय, बैशाखमा ५ सय ३० बाट २ लाख पाँच हजार, जेठमा ४ सय ६९ बाट २ लाख ७४ हजार तीन सय र असारमा ३ सय ११ बाट एक लाख ८२ हजार रुपैयाँ संकलन भएको थियो ।
सवारी चलाउँदा लाइसेन्स नबोक्ने, ओभर लोड गर्ने, क्षमता बढी यात्रु राख्ने, गलत ठाउँमा सवारी रोक्ने, विल बुक लाईसेन्स नलिने, मादक पदार्थ सेवा गरी सवारी चालउने जस्ता सवारी नियम विपरित काम गर्ने सवारी चालकहरु कार्वाहीमा परेका थिए ।
ट्राफिक प्रहरीले विगतमा नियम तोडनेलाई न्युनमत दुई सय देखि एक हजार सम्म जरिवाना तिराउने थियो । बैशाख महिना यता न्युनतम पाँच सय देखि अधिकतम एक हजार ५ सय रुपैयाँसम्म जरिवाना लिने गरेको छ ।