
बागलुङ, १३ साउन । बागलुङमा गतआर्थिक वर्ष २०८१/०८२ मा ८५ दशमलव ८६ प्रतिशत विकास बजेट खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङ र प्रदेश लेखा इकाई बागलुङका अनुसार गत आ.व.मा संघीय सरकार अन्तरगतका कार्यालयले ८२ दशमलब ६१ प्रतिशत र प्रदेश अन्तरगतका कार्यालयले ९० दशमलव ८१ प्रतिशत पूँजीगत खर्च भएको हो । आर्थिक वर्ष २०८०/८१मा भने संघियतर्फ ७९ दशमलव ७६ प्रतिशत र प्रदेश तर्फ ८२ दशमलव ४० प्रतिशत खर्च भएको थियो ।
पँुजीगत खर्च शीर्षकमा दुईवटै सरकारका निकायको कूल तीन अर्ब ३९ करोड ५३ लाख ७० हजार तीन सय ४० रुपियाँ बजेट विनियोजित भएकोमा दुई अर्ब ९१ करोड ५२ लाख ७५ हजार ५५ रुपियाँ ९४ पैशा अर्थत ८५ दशमलव ८६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका प्रमुख कोष नियन्त्रक किशोर कुमार श्रेष्ठले जानकारी दिनुभयो । संघतर्फ दुई अर्ब पाँच करोड पाँच लाख २७ हजार तीन सय ४० रुपियाँ विनियोजन बजेटमा एक अर्ब ६९ करोड ३९ लाख ४९ हजार एक सय ४१ रुपियाँ ०९ पैसा खर्च भएकोछभने प्रदेशतर्फ एक अर्ब ३४ करोड ४८ लाख ४३ हजार रुपियाँ विनियोजन बजेटमा एक अर्ब २२ करोड १३ लाख २५ हजार नौ सय १४ रुपियाँ ८५ पैशा खर्च भएको छ ।
चालुतर्फ कूल ९ अर्ब ८ करोड ८० लाख तीन हजार १६ रुपियाँ विनियोजित बजेटमा ९२ दशमलव ४५ प्रतिशत अर्थत ८ अर्ब ४० करोड १९ लाख ७१ हजार सात सय ९८ रुपियाँ ५ पैशा खर्च भएको प्रमुख कोष नियन्त्रक श्रेष्ठले बताउनुभयो । उहाँले संघतर्फ ९४ दशमलव १४ प्रतिशत र प्रदेशतर्फ ७५ दशमलब ९९ प्रतिशत चालु खर्च भएको बताउनुभयो ।
चालु खर्चमा संघतर्फ आठ अर्ब २४ करोड तीन लाख ९१ हजार १६ रुपियाँ विनियोजित बजेटमा सात अर्ब ७५ करोड ७८ लाख २७ हजार ६ सय ६३ रुपियाँ ७८ पैशा र प्रदेशतर्फ ८४ करोड ७६ लाख १२ हजार रुपियाँ विनियोजित बजेटमा ६४ करोड ४१ लाख ४४ हजार एक सय ३४ रुपियाँ ७२ पैशा बजेट खर्च भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
संघीय र प्रदेशको चालु बजेटमा तलबभत्ता, प्रशासनिक खर्चका साथै स्थानीय तहलाई दिइने अनुदान समेत समेटिएको छ । समग्रमा बागलुङमा भित्रिएको कूल १२ अर्ब ४८ करोड ३३ लाख ७३ हजार तीन सय ५६ रुपियाँ बजेटमध्ये ११ अर्ब ३१ करोड ७२ लाख ४६ हजार आठ सय ५४ रुपियाँ ४४ पैशा अर्थत ९० दशमलव ६५ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक श्रेष्ठले बताउनुभयो ।
