काठेखोलाको बजेट ५८ करोड ६९ लाख

बागलुङ, १० असार । बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिकका लागि ५८ करोड ६९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । मङ्गलबार १७ औँ गाउँसभामा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले ५८ करोड ६९ लाख ८३ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले सर्शत (चालु)तर्फ ३१ करोड १२ लाख, सशर्त (पुँजीगत)तर्फ एक करोड ४० लाख, चालु तर्फको खर्च सात करोड ३० लाख, पूर्वाधार विकासमा २ करोड १९ लाख, सामाजिक विकास तर्फ तीन करोड २१ रुपियना अनुमानित रकम विनियोजन गरेको छ ।

वडागत विनियोजनमा पालिकाभित्रका ८ वटा वडामा तिन करोड ७० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । पालिकाको दुई वटा गौरवको योजनाका लागि एक करोड, सङ्घ तथा प्रदेश समपुरकतर्फ तीन करोड रकम बजेट विनियोजन गरेको छ ।

यस्तै सङ्घीय सरकार समपुरक अनुदान ढोलकाटे चोक, तङ्ग्राम वडा कार्यालय भवन, सात्लेस हुँदै धम्जा देउराली सडक स्तरोन्तिका लागि १ करोड २१ लाख बजेट नियोजन गरेको छ । पालिकाले आर्थिक विकास कृर्षि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी र वित्तिय क्षेत्रका लागि १ करोड १५ लाख बजेट विनियोजन गरेको छ ।