नृत्य प्रतियोगितामा चिल्ड्रेन लाईफ प्रथम

बागलुङ, १५ पुष । विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगितामा चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुल प्रथम भएको छ ।

सातौं बागलुङ महोत्सवमा आयोजित विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगितामा चिल्ड्रेन लाईफ प्रथम, अमर आदर्श आवासिय माध्यमिक विद्यालय दोस्रो र फ्युचर ब्राइटर माध्यमिक विद्यालय र विद्यामन्दिर माध्यमिक विद्यालय तृतीय भएका छन् ।

प्रथम, द्धितिय र तृतीय हुने विद्यालयहरुले क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ प्राप्त गर्ने नृत्य संयोजक एन्जिल शाक्यले बताउनुभयो । उहाँले विजेता विद्यालयहरुलाई महोत्सवको समापन समारोहमा पुरस्कार वितरण गरिने जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here