८४ वर्षीय क्यानेडियन नागरिकले गरे ‘बञ्जी’ (भिडियो)

बागलुङ, १३ कार्तिक । बञ्जी एक साहसिक खेल हो । साहसिक खेल खेल्न उमेरले छेक्दैन भन्ने प्रमाणित गरेका छन् ८४ बर्षिय क्यानेडियन नागरिक मिसेल जुत्रासले ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थान र पर्वत जिल्लाको कुश्मा नगरपालिकामा जोडिएको विश्वकै दोस्रो अग्लो बञ्जीमा बयोबृद्ध मिसेलले सफलता पूर्वक बञ्जी गरेका हुन । ८४ बर्षिय मिसेल केहि दिन अगाडी एड्भेन्चर हवको रुपमा परिचित ‘द क्लिफ’पुगेर बञ्जी, स्विङ, स्काइ साइक्लिङ, स्काइ ग्लाइडिङ लगायतका साहसिक खेलहरुको मज्जा लिएका छन् ।

जुत्रासले बञ्जी तथा अन्य खेलहरु खेलेको भिडियो द क्लिफले आफ्नो आधिकारिक फेसबुक पेज, टिकटकबाट सार्वजनिक गरेको छ । सार्वजनिक भएको भिडियोमा जुत्रास युवा जोसका साथ बन्जी प्रवेश गरेका थिए । बन्जी पुगेर कर्मचारीहरुसँग हाँसो ठठ्टा गरेका जुत्रासले बन्जी गर्नुपूर्व रोमाञ्चित हुँदै नृत्य समेत गरेको देख्न सकिन्छ ।

८४ वर्षीय मिसेलले बञ्जी गरी क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तरगर्तका रेकर्ड कायम गरेका छन् । यस अघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बञ्जी गरेकी थिइन् ।

बञ्जीपछि निकै उत्साहित रहेका क्यानडिएन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए । उनले पटक बञ्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङ लगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको ‘द क्लिफ’मा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।

‘द क्लिफ’मा बञ्जी गर्न र साहशिक खेलहरु खेल्नको लागि बाह्य तथा आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

(भिडियो)

भिडियो साभार द क्लिफबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here