काठेखोला गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’सँग खबरवे अनलाईनले गाउँपालिकको विविध पक्ष समेटेर गरेका कुराकानी ।
तेज बहादुर थापा
उपाध्यक्ष
काठेखोला गाउँपालिका, बागलुङ
१) खबरवे विशेष सम्वादमा यहाँलाई हार्दिक स्वागत छ ।
– धन्यवाद ।
२) नेता र जनप्रतिनिधि हुँदा कति अन्तर हुदोरहेछ ?
– समग्रममा नेता र जनप्रतिनिधिको भुमिका, दायित्व र काम उस्तास्तै देखिएता पनि स्वभाविक रुपमा केही फरक अवस्य हुन्छ नै । नेताले सिंगो देश र आम नागरिकहरुको विकास, परिवर्तन र समृद्धिको अगुवाई गर्नुपर्दछ भने जनप्रतिनिधिहरुले निश्चित भुगोल, क्षेत्र र समुदायको प्रतिनिधित्व गरी त्यसको नेतृत्व प्रदान गर्नुपर्दछ । जहाँसम्म मेरो सवालको कुरा छ हिजो म पार्टी संगठनको केन्द्रिय तहको जिम्मेवारीमा थिए । संगठनको केन्द्रिय जिम्मेवारीमा रहेर काम गर्दा समग्र देशको विकास र आम नागरिकहरुको रुपान्तरण पहिलो जिम्मेवारी र कर्तव्य थियो । अहिले जनप्रतिनिधिको भुमिकामा रहँदा आफ्नो गाउँपालिका र यहाँका नागरिकहरुको समग्र विकास नै पहिलो प्राथमिकता हो ।
३) स्थानीय सरकार जनचाहना र बजेटको तारतम्य मिलेको छ ?
– राज्यको सिमित बजेट, गाउँपालिकाको न्युन आन्तरिक श्रोत र जनताको असिमति आवश्यकता हाम्रो गाउँपालिकाको वास्तविकता यथार्थता हो । जनताको असिमित जनचाहानाको बिचमा राज्यबाट प्राप्त हुने सिमित बजेट र न्युन आन्तरिक श्रोतले जनताको माग र आवश्यकता पुरा गर्न खोज्नु निकै चुनौति र कठिनाईको बिषय रहेछ । राज्यको सिमित बजेट र गाउँपालिकाको आन्तरिक श्रोतलाई व्यवस्थित गर्दै आम काठेखोलाबासी जनताको चाहाना, विकास प्रतिको मोह र परिवर्तन प्रतिको आकांक्षालाई पुरा गर्न अनि नागरिकहरुको सेवा प्रवाहमा सहजता प्रदान गर्न हामी निरन्तर प्रयासरत छौ । जनभावना, जनआकांक्षा र आवश्यकताको आधारमा नागरिकको जीवनस्तरमा व्यापक सुधार ल्याउन र विकास र समृद्धिको अपेक्षा पुरा गर्न दृढ संकल्पका साथ अगाडि बढिरहेका छाँै । भौगोलिक बिविधता, प्राकृतिक सुन्दरता, बहुजातिय, बहुधार्मिक र बहुसांस्कृतिक बिशेषतायुक्त काठेखोला गाउँपालिकालाई सद्भाव र सह–अस्तित्वमा आधारित एकताबद्ध, सभ्य र सुसंस्कृत समाज निर्माण गर्दै समृद्ध गाउँपालिकाको रुपमा विकास गर्न निरन्तर लागी परेका छौँ ।
४) काठेखोलाको आन्तरिक श्रोतहरु के के हुन ?
– काठेखोला गाउँपालिकाको आन्तरिक श्रोत अत्यन्तै न्युन छ । दुखका साथ भन्नुपर्दछ, सामान्यतयाः मालपोत भूमीकर, सम्पत्ति कर, घटनादर्ता, सिफारिस, फर्म एवम व्यवसायिक दर्ता तथा नविकरण, लगायतका प्रचलित दस्तुरहरु बाहेक अन्य श्रोतहरु हाम्रो गाउँपालिकाभित्र छैन । प्राकृतिक सम्पत्ति र श्रोतहरुको प्रचुर सम्भावनाहरु रहेता पनि तिनीहरुको उचित ब्यवस्थापन हुन नसक्दा गाउँपालिकाको आन्तरिक श्रोत वृद्धि हुन सकिरहेको छैन । यसलाई व्यवस्थापन गरी आन्तरिक आयश्रोतमा वृद्धि गर्नु हाम्रो पहिलो दायित्व हो । आवश्यक ऐन कानुनहरुको व्यवस्था, श्रोतहरुको पहिचान र अनुगमन तथा मुल्याङ्कन गर्दै आवश्यक प्रक्रिया अगाडी बढाइरहेका छौँ ।
५) राज्वस्व संकलन सन्तोषजनक देखिन्न, प्रदेश र संघिय बजेटको भरमा जनभावना सम्वोधन गर्न सकिन्छ ?
– हामीले ११ औं गाउँसभामार्फत निश्चित रकम राजश्व संकलनमा प्रक्षेपण गरेका थियौँ । हालसम्मको विवरण हेर्दा हामीले प्रक्षेपण गरेको लक्ष्य भन्दा बढी संकलन हुने देखिन्छ तर त्यो निकै कम हो । पक्कै पनि संघ तथा प्रदेशबाट प्राप्त हुने सिमित बजेटले आम जनताको भावनाहरु प्रतिनिधित्व हुने गरी काम गर्न गाह्रो हुन्छ नै । जनताका थुप्रै चाहना र समस्याका चाङहरु छन । जनताका ति सबै चाहानाहरुलाई पुरा गर्ने हामीले हाम्रो पहिलो कर्तव्य सम्झिरहेका छाँै । राज्यको सिमित बजेटबाट जनताको असिमित समस्याहरु पुरा गर्न खोज्नु निकै चुनौतिको बिषय हुदाहुदै पनि हामी जनताको आधारभुत समस्याहरुको पहिचान गरी आन्तरिक आयश्रोतहरु वृद्धि गर्दै सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विपद व्यवस्थापन, सुशासन जस्ता बिषयहरुलाई प्राथमिकता दिई त्यसतर्फ अधिकतम कार्यक्रमहरु सञ्चालनमा ल्याएका छौ ।
६) राज्वस्वको दर भन्दा पनि करको दायरा वृद्धि गर्नुपर्ने होइन र ?
– अवश्य पनि हामीले विगतको कुनै पनि राजश्वको दरमा बृद्धि गरेका छैनाँै । करको दायरालाई वृद्धि गरिरहेका छौँ । यसमा करको दायरालाई अझै बृद्धि गर्नुपर्ने देखिन्छ, हामी त्यसको सम्भावनाहरु खोजिरहेका छाँै । राज्यको सेवा सुविधा लिएका तर करको दायरामा नआएका त्यस्ता व्यवसाय, संघ संस्थाहरुलाई पहिचान गरी करको दायरामा ल्याउन पनि उत्तिकै प्रयत्न गरिएको छ ।
७) तपाई न्यायीक समितिको संयोजक । चालु आ.व.को मुद्धाको संख्या हेर्दा सुन्य देखिन्छ । गाउँपालिकामा कुनै विवादै छैन कि न्यायीक समितिको काम जनतालाई थाहा छैन ?
– न्यायीक समितिको काम जनतालाई थाहै नभएको भन्ने त होइन । यहाँले भनेजस्तै मुद्धाको संख्या शुन्य पनि होइन । हालसम्मको न्याय सम्पादनको अवस्था हेर्दा धेरै मुद्धाहरु मेलमिलापको माध्यमबाट दुवैपक्षको जीत हुने गरी सम्पादन गरिएको छ । न्याय सम्पादनलाई थप व्यवस्थित र कम झन्झटिलो बनाउन हामीले न्यायीक समितिमार्फत वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गरेर वडा कार्यालयमार्फत न्याय निरुपण गर्ने कार्य पनि गरिएको छ, जस्ले गर्दा पनि हाम्रो न्यायिक समितिमा मुद्धाहरु कम देखिन गएका हुन । साथै वडा स्तरीय मेलमिलाप केन्द्रहरुमा सम्पादन हुन नसकेका मुद्धाहरु न्यायीक समितिमार्फत निरुपण गरिएको छ । साथै गाउँपालिकाको न्याय सम्पादनलाई थप व्यवस्थित गर्न हामीले यहि चैत्र महिना भित्रमा मेलमिलापकर्ताहरु उत्पादन गर्ने उद्धेश्यले ४८ घन्टे मेलमिलापकर्ता उत्पादन तालिम समेत सञ्चालन गर्ने तयारीमा छौ ।
८) न्यायीक सम्पादनमा आवश्यक जनशक्ति र इजालसको व्यवस्थाको अवस्था के कस्तो छ ?
– काठेखोला गाउँपालिकाको न्यायीक सम्पादन गर्न राज्यकै नीति अनुसार उपाध्यक्षको संयोजकत्वमा न्यायीक समिति गठन भएको छ । हामीले एक जना कर्मचारीलाई उजुरी प्रशासकको रुपमा व्यवस्था गरेका छौँ । प्रत्येक वडामा दुई÷दुई जनाको दरले मेलमिलापकर्ता हुनुहुन्छ त्यसलाई अझै बृद्धि गर्न मेलमिलापकर्ता उत्पादन तालिम सञ्चालन गर्दैछौँ । त्यस बाहेक अन्य जनशक्तिहरु छैनन । संघिय सरकारमार्फत प्रत्येक गाउँपालिकामा एकजना कानुन अधिकृत पठाउने प्रावधान रहेता पनि हालसम्म प्राप्त हुन सकेको छैन । जनशक्ति अभावमा न्याय सम्पादन गर्न केहि कठिनाई भएको छ । यसका लागि हामीले सम्वन्धि निकायमा आवश्यक पहल गरिरहेका छौ भने न्यायीक इजालस कक्ष निर्माणको काम भइरहेको छ ।
९) तपाई बजार अनुगमन समितिको संयोजक पनि गाउँपालिका भित्र म्याद गुज्रेको सामाग्री बिक्री भैरहेको बारे कति जानाकार हुनुहुन्छ ?
– गाउँपालिका भित्र म्याद गुज्रेको सामाग्री विक्री भईरहेको आधिकारीक रुपमा जानाकारी त प्राप्त भएको छैन । तर हामी त्यसमा सजक छौँ । नागरिकहरुको जीवन सुरक्षित बनाउने दायित्व स्थानीय सरकारको हो । हामीले बजार अनुगमन समिति गठन गरी समय समयमा व्यवसायीहरुलाई सजग पनि बनाईरहेका छौँ । गाउँपालिका भित्रका हरेक पसल तथा व्यवसायहरुलाई पटक पटक अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
१०) पालिकाको प्रशासनिक भवन निर्माणको प्रक्रिया कहाँ पुग्यो ?
– सबैको चासो र चिन्ताको विषय रहेको गाउँपालिकाको प्रशासकीय भवनको जग्गा व्यवस्थापन गर्न जग्गा व्यवस्थापन समिति एवम गाउँ कार्यपालिकाको पहलमा जग्गादाता, राजनैतिक दल र सरोकारवालाहरु विच बिभिन्न चरणमा छलफल गरी टुंगो लगाउने कार्य झण्डै झण्डै अन्तिम तयारीमा पुगेको छ । गाउँपालिकाको प्रशासकीय भवनसहित गाउँपालिका स्तरीय अस्पताल, प्रहरी चौकी लगायतका भवनहरु एक साथ टुंगाउने गरी तयारी भइरहेको छ । हामीले निः सःशुल्क, सशुल्क र सरकारी दरभाउमा जग्गा दिन चाहने जग्गादाताहरुलाई आवेदन माग गरेका थियाँ ।ै जस मध्ये सात ठाउँको निवेदन प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी ज्युको अध्यक्षतामा, जिल्ला मालपोत कार्यालय, नापी कार्यालयका प्रमुखहरु रहेको समितिले अनुगमन एवम निरीक्षण प्रतिवेदन प्राप्त भए पछि तत्कालै बिशेष गाउँसभामार्फत अनुमोदन गर्ने गरी तयारी गरिरहेका छाँै ।
११) अन्तमा हामीले नसोधेका तर यहाँलाई भन्न मन लागेको केही छ की ?
– अन्तमा यहाँको लोकप्रिय पत्रिकामार्फत हाम्रो गाउँपालिकाको समग्र गतिविधिको बारेमा आम नागरिकहरुलाई जानाकारीसहित आफ्नो राय राख्ने अवसर प्रदान गर्नुभएको यहाँ र यहाँको जननिगरानी साप्ताहिक पत्रिका परिवार प्रति हार्दिक आभार प्रकट गर्दछु । साथै पत्रिकाको निरन्तरता र सफलताको कामना गर्दै जननिगरानी साप्ताहिकले जनतालाई सुसुचित पार्न सधै महत्वपुर्ण भूमिका खेल्नेछ भन्ने कामना समेत व्यक्त गर्दछु । धन्यबाद ।