शुन्य समयको पूर्वसन्ध्यामा राजनीतिक दलको प्रचार र्‍याली

बागलुङ, १ मंसिर । निर्वाचनको मौन अवधि सुरु हुनु पूर्व बागलुङका राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचार र्‍याली गरेका छन् । बागलुङ क्षेत्र नं. १ र प्रदेशसभा ‘क’का उमेद्वारहरु सहित नेता र कार्यकताहरुले घरदैलो र चुनावी प्रचार र्‍याली गरेका हुन् ।

विहिबार राती १२ बजेदेखि ४८ घण्टे मौन अवधि सुरु हुँदैछ । चुनावमा भाग लिएमा राजनीतिक दल तथा उम्मेदवारहरु बिहिबार विहानैदेखि सक्रिय भएका थिए । मौन अवधि सुरु भए पछि चुनाव प्रचार–प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाईँदैन ।

मौन अवधि सुरु हुनु अघि नेकपा (एमाले) बागलुङ क्षेत्र नम्बर १ चुनाव परचिालन समिति र सत्ता गठबन्धनको चुनाव परिचालन समितिले उम्मेदवार सहित बागलुङ बजारमा घरदैलो अभियान र प्रचार र्‍याली गरेका हुन् ।

स्वतन्त्र पार्टी तथा अन्य साना दल र स्वतन्त्र उम्मेदवार घर दैलो अभियानलाई प्राथमिकता दिए थिए ।

एमालेको चुनावी र्‍यालीमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.सूर्य पाठक र प्रदेशसभा ‘क’का उमेद्वार हिरा बहादुर केसीसहितका नेताहरु सहभागि थिए । घरदैलो गर्दै उनीहरुले युवाहरुको जाँगर प्रयोग गर्ने वातावरण बनाईदिन आग्रह गरे ।

यस्तै सत्ता गठबन्धनले प्रतिनिधिसभा सदस्यका उम्मेदवार चित्र बहादुर केसी र प्रदेशसभा ‘क’का उम्मेदवार दिपेन्द्र बहादुर थापा सहितका नेताहरुको उपस्थितीमा चुनावी र्‍याली गरेको हो । लोकतन्त्रको रक्षाको लागि आफुहरुलाई मतदान गर्न सत्ता गठबन्धनका उम्मेदवारहरुले आग्रह गरेका थिए ।

बागलुङ बजार क्षेत्र निर्वाचन क्षेत्र नं १ को सबै भन्दा बढी मतदाता रहेको क्षेत्र हो । ग्रामिण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा तरल मत बढी हुने निष्कर्षका साथ राजनीतिक दलहरुले निर्वाचनको मुखमा बजार क्षेत्रको तरल मत आफ्नो पक्षमा पार्न कसर गर्छन ।

मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रसारपसार गर्न नपाईन आचारसंहित अनुगमन अधिकृत धर्मभक्त बस्यालले बताउनुभयो । सामाजिक सञ्जाल, अनलाइन, छापा लगायतका अनय कुनै पनि माध्यमबाट राजनीतिक दल तथा उममेदवारको पक्ष वा विपक्षमा पसार गर्न पाइँदैन ।

निर्वाचन आचार संहिताको पालना गर्नु र गराउन सबै पक्षको दायित्व र कर्तव्य भएको हुँदा त्यसको सुक्ष्म अनुगमन तथा सुचना संकलन भैरहेको अनुगमन अधिकृत बस्यालको भनाई छ । निर्वाचनमा परिचालन भएका सुरक्षा निकाय, राष्ट्रिय अनुसन्धान, कर्मचारी तथा अन्य विभिन्न माध्यमबाट निर्वाचन आचार संहिता उल्लघनका सुचना संकलन तथा अनुगमन भैरहेको उहाँको भनाई छ ।

निवाृचनको अन्तिम समयमा बढी मत प्रभावित पार्ने अनेक चलखेल हुँदै आएका छन । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालका अनसार मतदान अधिकृतसहित कर्मचारी र निर्वाचन सामग्री मतदानस्थानमा पुग्नेछन । निर्वाचनका तयारी लगभग पुरा भईसकेको छ ।

जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । सबै मतदान केन्द्रमा गरी एक हजार आठ सय ५७ जना कर्मचारी र नौ सय ३० स्वयंसवक खटिने निर्वाचन कार्यालयले जनाएको छ । चुनाव आउन तीन दिन बाँकी रहँदा जिल्लाको सुरक्षा योजनादेखि अरु व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको छ । राजनीतिक दल र उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा छन ।

जिल्लामा कुल एक लाख ९२ हजार २२६ मतदाता छन् । निर्वाचन क्षेत्र नं. १ मा ९६ हजार ६६५ र क्षेत्र नं. २ मा ९५ हहजार ५६१ मतदाता छन् । सङ्घका दुई र प्रदेशका चार सिटका लागि ३१ उम्मेदवार चुनावी मैदानमा छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here