बागलुङ, १६ असोज । बागलुङको ग्रामिण क्षेत्रमा स्थापना भएका सहकारी संस्थाले दशैलाई लक्षित गरी स्थानीय जातको बसीबोका खरिद–विक्री सुरु गरेका छन् ।
चाडपर्वमा हुने मासुका खपतलाई पूर्ति गर्न सहकारीले संस्थामा आबद्ध सेयर सदस्यले उत्पादन गरेका खसीबोका एकीकृत गरी बजारीकरण थालेका हुन ।
पशुवस्तुको मुल्य श्रृङखलामा आधारित साना किसानहरुको संस्थासवलीकरण परियोजना अन्तर्गत गठन सहकारीहरुले हरेक बर्ष दशै र तिहारलाई लक्षित गरी स्थानीय जातको खसीबोका खरिद विक्री गदै आएको परियोजनाको बजार सहजकर्ता रितादेवी शर्माले जानकारी दिनुभयो ।
यो बर्ष बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामको बसन्त सामाजिक उद्यमी महिला सहकारीले ६०५, बसन्त सामाजिक महिला उद्यमी सहकारीले छ सय, जैमिनी नगरपालिका–३ को रुद्रताल सहकारीले ७२५, भाग्यदय सहकारीले ४७५, पर्वतको फलेवास नगरपालिका–१० को हराभरा सामाजिक महिला उद्यमी सहकारीले ७५०, महाशिला गाउँपालिका–६ को सक्रिय सामाजिक महिला उद्यमी सहकारीले ७१० खसीबोका विक्री गर्ने लक्ष्य छन् ।
पर्वतको महाशिला गाउँपालिका–८ को पैयुकोट सामाजिक उद्यमी महिला सहकारीले ८८०, फलेवास नगरपालिका–८ को ठानामौला सामाजिक महिला उद्यमी सहकारीले ३९०, बरपाण्डेथुम सहकारी संस्था कास्कीले ३५५, मिजुरे सहकारी संस्था कास्कीले ८४५ वटा खसीबोका विक्री गर्ने योजना छ ।
‘सेयर सदस्यसँग खसीबोका संकलन गरेर बजार पढाउन थालेका छौँ’ बसन्त सामाजिक महिला उद्यमी सहकारी संस्थाका प्रबन्धक हेमा विकले भन्नुभयो–‘दशैको दुई दिनमा ३३५ वटा विक्री गरेका छौँ ।’ सहकारीले नै बजारको खोजी गर्ने हुँदा कृषकलाई बजारीकरणको चिन्ता छैन ।
कृषकले पालेका खसीबोका सहकारीको माध्यस्तमार्फत विक्री हुन थाले पछि बाख्रा पालक कृषक उत्साहीत छन् । ‘हामीलाई बजारको चिन्ता छैन’ कृषक तंग्रामकी मनकुमारी पुनले भन्नुभयो–‘जति भए पछि सहकारीले खरिद गरे बिक्री गरिदिन्छ ।’ हिमाली च्याङग्राको मुल्य आकासिय पछि स्थानीय उत्पादनको बजार माग बढी रहेको प्रबन्धक विकको भनाई छ । ‘उपभोक्ता खरिद गर्न गाउँमै आउँछन’ उहाँले भन्नुभयो–‘ दशैमा विक्री हुन बाँकी खसीबोका तिहारमा बेच्छौँ ।’
‘पहिलो बजार खोज्दै जानु पथ्र्यो, अहिले ग्राहक घरघरमा आउन थालेका छन’ विकले भन्नुभयो–‘हिमाली क्षेत्र र तराई भागबाट आउने खसी बोका कम हुँदा स्थानीय उत्पादनले बजार पाएको छ ।
सहकारीले आफना सदस्यसँग २५ किलोसम्मको ५१० मा खरिद गरी ५२० र २५ किलो माथिका खसीकोका प्रतिकेजी ५५० मा खरिद गरी ५६० रुपियाँमा बिक्रि गर्दै आएका छन् । गैरसरकारी संस्था विवाईसी बागलुङले स्थानीय व्यवस्थापनमा संञ्चालित हेफर इन्टरनेशनलको साना किसान सवलीकरण परियोजना अन्तर्गत गठिन तीन जिल्लाका सहकारीमा ६ हजार २७८ जना सेयर सदस्य आबद्ध छन् ।