अन्तराष्ट्रिय मित्रता दिवस: मित्रको नालीबेली

टिका बहादुर कार्की,
२०७९ श्रावण १३ गते,
“Sharing the human spirit through friendship” भन्ने नाराका साथ ३० जुलाई २०२२ का दिन हामीले अन्तराष्ट्रिय मित्रता दिवस मनाईरहंदा पौराणिक कालदेखि हालसम्म खराब र असल मित्रका सन्दर्भमा संक्षिप्त चर्चा गर्दै मित्रवत स्थितिलाई थप बिश्वासिलो बनाउने वातावरण सृजना गर्ने उद्देश्यले केही सामाग्री प्रस्तुत गर्न खोजेको छु । लेखको मुल्याङ्कन गर्दै सूझाव दिन पाठक वर्गलाई अनुरोध गर्दछु ।

उत्तर अमेरिकी देश पाराग्वेमा सन १९५८ जुलाई ३० बाट सुरु भएको मित्रता दिवसलाई संयुक्त राष्ट्रसंघले सन २०११ जुलाई ३० देखि मान्यता दिएको पाईन्छ । साथीसंग भेटघाट, बिभिन्न भ्रमण, पार्टी, फोन सम्पर्क, पुराना स्मरण प्रस्तुती लगायतका क्रियाकलापद्वार व्यक्तिगत मित्रतालाई उजागर गर्ने प्रचलन रहेको छ । युवा अवस्थामा हुने माया प्रेमका कुरा छाडेर बाल्यकालदेखि जीवन पर्यन्त मनोरञ्जन, अध्ययन, कार्यगत, व्यवसायिक र सहयोगी मित्रलाई स्वच्छ मानवीय योगदान र व्यबहारमा आधारित मुल्याङ्कनबाट गोप्य वा खुल्ला रुपमा असल मित्रको परिचय दिईरहँदा खराब मित्रको व्यवहार र परिणाम पनि परापुर्व कालदेखि आजसम्म ईतिहासका पानामा लेखिंदै आएका छन् ।

सत्ययुग अर्थात महाभारत युद्धका समयमा कर्णले कौरब पक्षिय दुर्योधन प्रति ईमान्दार मित्रको भुमिका निर्वाह गर्दै रणभुमीमा प्राण त्यागे तर, दुर्योधनले कर्णलाई आफ्नै मामा सकुनिको सल्लाहमा एउटा योद्धाको रुपमा युद्धमा प्रयोग गरेका थिए । अर्को तर्फ पाण्डव पक्षले श्रीकृष्णको सल्लाहमा बिश्वास गरेर दुवै पक्ष बिचको ईमान्दारीताले महाभारत युद्ध जितेका थिए । द्वापर युगमा भगवान श्रीकृष्णका मित्र÷बालसखा अस्वत्थामाको योगदान खासै उल्लेखनीय रहेन । तर, श्रीकृष्णको आफ्नै चमत्कारबाट दुर्जनको नास गरी धर्मको रक्षार्थ बिजयी भैरहंदा सुन्दर, मृदुभाषी तथा सकारात्मक प्रभावका कारण हजारौ मित्र र भक्त बनेका थिए । त्यसैगरी ईसापुर्व ३७० देखि २८३ (आजभन्दा करिव २३०० बर्ष) पुर्व तक्षशिलाका आचार्य तथा दार्शनिक महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार चाणक्य, कौटिल्य आदी नामले चिनिने बिष्णु गुप्तले नन्द बंशको नास गरेर चन्द्र गुप्तलाई राजा बनाएका थिए । मदर टेरेसाको शब्दमा–“आफ्ना मित्रलाई सिद्ध हुन भनेर आश नराख बरु मित्रका कमी कमजोरी हटाएर सिद्ध र उत्तम बन्न सहयोग गर ।” गौतम बुद्धले आफ्नो निकटमा प्रस्तुत हुने जो कोहीलाई पनि मित्रवत ब्यवहार तथा सकारात्मक उपदेश दिईरहंदा उ आखिर बुद्धकै अनुयायी भएको उनकै जिवनी तथा दर्शनबाट पाईन्छ ।

वर्तमान समयको मित्रतालाई ईमान्दारीता भन्दा व्यक्तिगत महत्वकांक्षा र फाईदा बेफाईदाका हिसाबले मुल्याङ्कन गरिदा अधिकांश मानिस प्रताडित हुनु परिरहेको पाईन्छ । राष्ट्र–राष्ट्र बिचको मित्रता केवल आफ्नै सार्वभौम हित र व्यापारिक साम्राज्यका दृष्टिकोणले मात्र केन्द्रित भैरहँदा व्यापार नाफा घाटा, युद्ध तथा आफु अनुकुल सन्धी सम्झौता भैरहँदा संयुक्त राष्ट्रसंघ पनि हस्तक्षेप गर्न नसकेर निष्कृय भैरहेको पाईन्छ भने युद्धरत राष्ट्रका पक्ष र बिपक्षमा अन्य राष्ट्र उभिदा मित्रताको उपहास भैरहेको महशुस हुन्छ । व्यक्तिगत तथा सामुहिक लाभहानीको मुल्याङ्कन द्वन्द्वपछीको प्रक्षेपणलाई आधार मानेर गरिने पक्ष÷बिपक्ष अबधारणालाई त्यागेर हजारौ, लाखौं मानव र सम्पदाको क्षेति हुनबाट जोगाउन सहजकर्ता तथा सल्लाहकारको अहंम भुमिका रहन्छ ।

अन्तमा, अन्तर्राष्ट्रिय मित्रता दिवसलाई सफल पार्न व्यक्ति, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय तहका कुनै पनि द्वन्द्वलाई निरुत्साहित गर्दै ईमान्दार, बफादार तथा असल मित्र बन्ने प्रयास गरौं । प्रबिधिसंगै मानब सभ्यताको बिकासका लागी सबै मानवलाई उत्साहित गरौं, सेयर गरौं । अन्तर्राष्ट्रिय मित्रता दिवसको शुभकामना छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here