नेपाल मगर विद्यार्थी संघ धवलागिरीको अध्यक्षमा कृष्ण चयन

बागलुङ, ७ साउन । नेपाल मगर विद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पसमा कृष्ण अठारे मगरको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ ।

शुक्रबार भएको नेपाल मगर विद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पसको २० औँ क्याम्पस अधिवेशनले कृष्ण अठारे मगरको नेतृत्वमा १९ सदस्य समिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा राजु पुन मगर, सचिनमा मोतिप्रसाद पुन मगर, सहसचिवमा गिता बुढाथोकी मगर र कोषाध्यक्षमा पूर्णिमा थापा मगर चयन भएका हुन् ।

सदस्यहरुमा रुद्र बहादुर घर्ति पुन मगर, सुस्मिता पुन मगर, नगेन्द्र थापा मगर, कमल पुन मगर, मनिषा थापा मगर, केशमाया अर्गेजा मगर, विशाल थापा मगर, निशान थापा मगर मनरुपा थापा मगर, पुष्पा पाइजा मगर, कल्पना थापा मगर, मनिषा घर्ति मगर, पिपला रेश्मी मगर र तिर्सना पुन मगर समितिमा चयन भएका हुन् ।

क्याम्पस अधिवेशनको उद्घाटनपछि बोल्दै नेपाल मगर संघका पुर्वकेन्द्रिय सदस्य तथा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले सबै क्षेत्रमा अब्बल रहन शिक्षा अनिवार्य रहेको बताउनुभयो । ‘अब हरेक क्षेत्रमा अब्बल रहन शिक्षा आवश्यक रहेको छ,’ बुढाले भन्नुभयो–‘हामीहरु राजनीतिक, निजामती वा समाजसेवामा रहन सबैलाई शिक्षा अनिवार्य हुनुपर्छ ।’

कार्यक्रममा जिल्ला प्रहरी प्रहरी कार्यालय बागलुुङका प्रहरी नायव उपरिक्षक इन्द्र बहादुुर राना मगरलार्ई मगर पोशाक सहित सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल मगर विद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष पर्वत श्रीस मगरको अध्यक्षता, सदस्य मोती प्रसाद पुन मगरको स्वागत र सचिव मिना थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here