राष्ट्रपति शैक्षिक कार्यक्रम पाँच टुक्रा भयो

काठमाडौं, २२ असार । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ५ टुक्रा भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड ३२ लाख रुपियाँ विनियोजन गरिएको छ ।

सो कार्यक्रम कार्यान्वयन गर्न विद्यालयको भौतिक पूर्वाधार शीर्षकमा सबैभन्दा धेरै बजेट राखिएको छ । सो शीर्षकमा ७ अर्ब ६३ करोड रुपियाँ विनियोजन गरिएको छ । सरकारी शिक्षा सुधार गर्ने योजनासहित सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अघि बढाएको हो ।

चाल आवको बजेट कार्यान्वयनको अन्तिम चरणमा रहेको र आगामी आवमा थप योजना कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले तत्काल काम गर्ने गरी बजेट व्यवस्था गरिएको र सरकारले सो कार्यक्रमलाई ५ टुक्रा पारेको बताए । कार्यक्रमअन्तर्गत स्मार्ट बोर्ड व्यवस्थापन गर्न २० लाख रुपियाँ उल्लेख छ । यो नेपाल समाचारपत्र दैनिकमा छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here