असारे बिकास होईन, कृषि बिकास र बिपद व्यबस्थापन गरौं

टिका बहादुर कार्की
बर्षायाम लागे पछी बाढी, पहिरो, डुवान, कटान, सडक अबरुद्ध, मृत्यु्, घाईते तथा भौतिक क्षेतीको तथ्याङ्क प्रमुख समाचार बन्ने गर्छ । तर, कमै सुनिन्छ बिपद पुर्व तयारी, अभ्यास, सकुशल उद्धार तथा पुर्नःस्थापना लगायतका जनताले राहत महशुस गर्ने कार्यक्रमका कुरा । सरोकारवालाको ध्यानाकर्षणका लागि यसै बिषयमा संक्षिप्त चर्चा गरौं ।

असार महिनालाई मानो रोपेर मुरी उव्जाउने सपना बोकेर असिन्धारा झरीको वास्ता नगरी हिलोमा जोतिने बानी परेका कृषकहरु मरेको लास पनि छोपेर खेतीपातीमा लाग्ने बेला हो भन्छन् । बाँकी जे तयारी गर्नुपर्छ मनसुन पुर्व अनुकुल समयमा गर, बजेटको दुरुपयोग जसरी असारे बिकास नगर भन्ने आम अभिव्यक्ति पटक पटक गुन्जिरहेको कसैले सुनेकै छैन ।

असारमा खेतीपातीका लागी परिवारलाई सघाउन बर्षे बिदा लिएर घर आउने कृषकहरु धेरै छन् । कृषीलाई प्राथमिकतामा राखेर देश बिकास गर्ने हो भने असारमा कृषीलाई प्राथमिकता दिनुपर्छ, कृषकले आवश्यकता अनुसार मल, बिऊ, कृषी औजार, ढुवानी र बजारको सुबिधा पाउनुपर्छ । देशमा पटक पटक महाबिपत्ती आईलागेर अमुल्य धनजनको क्षेती हँुदा पनि विपद पुर्वतयारी तथा कार्यान्वयन प्रभावकारी हुन सकिरहेको छैन । कानुन बनेका छन् तर, औपचारिक प्रतिनिधिमुलक समितिमा सिमित संयन्त्रका पदाधिकारीको मौखिक आग्रह पुर्वाग्रहमा देश चलिरहँदा सम्म यस्तै नै चलिरहने छ । मनसुन अगावै स्थानीय श्रोत साधन सहित पुर्व तयारी, उद्दार अभ्यास, पुर्नःस्थापना तथा सुरक्षित स्थानको छनौट सुनिश्चित गरेर बिपदको जोखिममा रहेका नागरिकका लागी राहत महशुस हुने गरी बिबिध गतिबिधि संचालन सहित सुचना संयन्त्रलाई सक्रिय बनाई राख्नुपर्दछ ।

अन्तमा, बदनाम भैरहेको असारे बिकास बन्द गरेर कृषी तथा बिपद व्यबस्थापन तर्फ लागौं, कृषिको जिम्मा लिएकाले कृषि क्षेत्र र बिपद व्यबस्थापनको जिम्मा लिएका सरोकारवाला निकाय तथा व्यक्तिहरुले उपलव्ध सिमित श्रोत÷साधनको बितरण, उचित उपयोग तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बिपद जोखिम तथा क्षेती न्युनिकरणमा लाग्नुपर्ने समयको महत्वलाई आत्मसाथ गरी दिनुहुन हार्दिक अनुरोध छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here