बालश्रम उन्मुलन गर्न अभिभावकलाई रोजगारी र तालिम दिनुपर्छ

टिका बहादुर कार्की
बिश्वभर कानुनतः १८ बर्ष मुनिका व्यक्तिलाई बालबालिका मानिएको पाईन्छ । सरकारी तथा गैरसरकारी, निकाय र संस्थागत रुपमा रोजगारदाताले १८ बर्ष मुनिका बालबालिकालाई कर्मचारी, कामदार वा श्रमिकको रुपमा काम लगाउदैनन् । तर, बिशेष अवस्थाका नाबालाक, नावालिकालाई आय आर्जनमार्फत व्यक्तिगत र पारिवारिक खर्च जुटाउने बहानामा काममा लगाएर संरक्षकबाट श्रमशोषण, यौन दुराचार गर्ने गरिएको समाचार सुन्नमा आईरहेको पाईन्छ । बालश्रम मुक्त अभियान सामाजिक रुपमा सशक्तिकरण कार्ययोजना व्यबहारमा लागु भएको पाईदैन ।

संयुक्त राष्ट्रसंघबाट सन् २०२२ का लागि “Universal Social Protection to End Child-Labour” भन्ने नाराका साथ बालश्रम बिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईरहँदा बिश्वभर बालश्रमको अवस्था र यसको उन्मुलन संबन्धमा संक्षिप्त चर्चा गर्नैपर्ने हुन्छ । सन् २०२० सम्म प्रत्येक १० मध्य १ जना बालश्रमिक रहेको अवस्थामा कोभिड–१९ का कारण बेरोजगारी बढ्दै आय आर्जन घट्दै जाँदा सन् २०२२ को अन्तसम्म ८.९ मिलियन बालश्रम बढ्ने अनमान गरिएको छ । त्यसै गरी बिश्वभर राष्ट्रहरुबाट जिडिपि को औषतमा १.१% मात्र बालबालिकाको लागी सामाजिक सुरक्षामा लगानी गरेको पाईन्छ । नेपालको सन्दर्भमा युनिसेफको रिपोर्ट सन् २०१५ अनुसार नेपालको कुल जनसंख्यामधे ४० प्रतिशत १८ बर्ष मुनिका बालबालिका रहेका छन् ।

बालश्रम हाम्रो बाध्यता होईन यसलाई व्यबस्थित कार्ययोजना निर्माण, प्रभावकारी प्रणाली, व्यबहारिक र नीतिगत सुदृढीकरणद्वारा उन्मुलन गर्न सकिने बिषय हो । यसका लागी शिक्षा र अभिभावक तथा संरक्षकलाई आयआर्जनका कामको अवसर सृजना र तालिम प्रदान गरिदिनुपर्छ । बालबालिकालाई बालश्रमबाट मुक्त गर्न ठोस सामाजिक योजना सहितका क्षेत्रमा लगानी बढाउँदै जानुपर्छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पद बहाली गर्नु भएका पदाधिकारीहरुले सामान्य सर्बे गर्दै प्रदेश तथा संघीय सरकारबाट सहयोग लिएर पनि बालश्रम मुक्तिका लागी योजना निर्माण तथा कार्यान्वयन गर्दै जाने हो भने असंभव छैन । संघीय सरकारले आ.व. २०७९/८० को बजेटमा कक्षा ६ सम्म अध्ययनरत बिद्यार्थीका लागि दिवा खाजाको व्यबस्थाले बिद्यार्थीलाई बिद्यालय शिक्षाका लागी आकर्षण बढाए पनि अभिभावकको आयआर्जनमा सुधार हुन सकेन भने गरिवीका कारण बालबालिकाहरु बालश्रमिक हुन बाध्य भैरहने छन् । स्थानीय सरकार बार्षिक योजना निर्माणको चरणमा रहेकोले यस तर्फ गम्भिर हुँदै बालश्रम मुक्तीका लागी ठोस कार्य योजना, नीति तथा कार्यक्रम निर्माण गर्दै बालश्रम मुक्तिका लागी अनुरोध छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here