अब हाम्रालाई हैन, राम्रालाई रोज्नुपर्छ : झमक घिमिरे

धनकुटा,१३ वैशाख । साहित्यकार झमक घिमिरे साहित्यमा जति सक्रिय छिन् उत्तिकै सामाजिक र राजनीतिक मुद्दामा पनि चासो राख्छिन् । स्थानीय निर्वाचनको तयारी भइरहँदा स्थानीय तहमा कस्तो नेतृत्व आउला भनेर उनी उत्साही छिन् ।

घिमिरेलाई भेट्न पुगेका शुभेच्छुकका साथ उनले चुनाव सबैलाई चासोको विषय रहेको प्रतिक्रिया दिइन् । ‘चुनाव त हो, सबैलाई चासोको विषय पनि हो । चुनावबाट कस्ता जनप्रतिनिधि चुनिएर आउँछन् त्यतातिर उत्सुकता जागेको छ,’ घिमिरेले लेखेकी छन् ।

राजनीतिमा राम्रो चेत भएको व्यक्तिको रुपमा उनलाई बहिनी मीनाले चित्रित गरेकी छन् । विगतका निर्वाचनको स्मरण गर्दै उनले अब राम्रालाई हाम्रा भन्न पाइयोस् भन्ने सोच राखेको बताइन् । यस्ता विषयमा सामाजिक सञ्जालमा भावना पोखिरहने घिमिरे कहिलेकहीँ बहिनीहरुसँग टिकटकमा पनि रमाउँछिन् । रमाइला तस्बिर पनि पोस्ट गर्ने गर्छिन् ।

तर, यतिबेला घिमिरे दैनिकजसो भेट्न आउनेहरूसँग निर्वाचन र राजनीतिक प्रतिक्रिया दिने गर्छिन् । अब हाम्रा होइन, राम्रालाई रोजाइमा पार्नुपर्छ । हाम्रा होइन, राम्रा चाहिँ आउनु पर्छ जस्तो लाग्छ,’ उनले लेखेकी छन् ।

उनले मतदान गर्न आतुर रहेको पनि प्रतिक्रिया दिएकी छन् । तर उनलाई सहज रुपमा मतदानस्थलमा पुग्न सवारी साधनको खाँचो भने रहेको छ । बाबु कृष्णबहादुर र आमा आशाकुमारी दुवै अशक्त छन् । कृष्णबहादुर ह्वील चियरको सहारामा यताउता गर्छन् । आशाकुमारी खुट्टाको समस्याले राम्ररी हिँडडुल गर्न सक्दिनन् ।

घिमिरे स्वयं शारीरिक समस्यामा रहेकोले परिवारकै लागि धनकुटा ६ स्थित कभर्डहलमा रहेको मतदानस्थल पुर्‍याउन आवश्यक रहेको उनीहरु बताउँछन् । देशभर अपांगता भएकाहरूका लागि मतदान स्थलसम्म जान सहज वातावरण बनाउनु पर्ने उनको भनाइ छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here