विकटको बद्लियो परिचयः मध्यपहाडी लोकमार्ग आसपासमा बढ्दै बजारीकरण

निसीखोला गाउँपालिकाको भलकोट क्षेत्र । नवीन शिशिर विक

नवीन शिशिर विक
बागलुङ, ९ माघ । राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग पश्चिम बागलुङको लागि वरदान सावित भएको छ । लोकमार्गले जिल्लाकै दुर्गम मानिन निसी– भलकोट जिल्ला सदरमुकाम र पूर्वी रुकुमसँग सिधा सडक सञ्जालमा जोडिए पछि दुर्गमको परिचय नै बदलिएको हो ।

निसी गाउँपालिकको मुख्य सडक खण्ड नै मध्यपहाडी लोकमार्ग हो । निसी दुर्गमको परिचय बद्लै सुगम र सेवा सुविधाको विस्तार गर्दै गएको छ । लोकमार्गको कालोपत्रे सडक नै निसीका जनतालाई जिल्ला, प्रदेश र संघीय राजधानीसँग जोड्ने मध्यम बनेको छ । कुनै दिन जिल्ला सदरमुकामसम्म जान ३/४ दिनको पैदल यात्र गर्न बाध्य निसीवासी अहिले एकै दिनमा पुग्न सक्छन् । सडक बने पछि सञ्चार सेवा पनि विस्तार भएको छ ।

पश्चिम बागलुङलाई लोकमार्गले जोडे पछि लोकमार्ग आसपासमा सहरीकरण बदै गएको छ । लोकमार्ग आसपास क्षेत्रको जग्गाको मुल्यसमेत बढदै गएको निसीखोला गाउँपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर मल्लको भनाई छ । सडक सञ्जाल विस्तार हुनु अघि सित्तैमा गरी खाना पाईने जग्गाको भाउ अहिले आकासिएको छ । समथर खेतबारीमा पक्कीघर बन्न थालेका छन ।

लोकमार्गले यहाँको दश स्थानीय तह मध्य बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका जोडेको छ ।

बागलुङ बजारको उपल्लचौरदेखि सुरु भएको लोकमार्गले निसीको पातिहाल्नेसम्म पुग्दा काठेखोलाको अक्षते, बिहुँ रिजालचोक, घाँडाबाँधे, गलकोटको हटिया, बडिगाडको खर्वाङ, खौरा, खारा, न्वारा, भिमगिठे, हाँडिखोला, रिघाफेदी, ढोरपाटन नगरपालिकाको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको देविस्थान, ढुँवाखोर, झिवाखोला, जुग्जाखोला, कानाबगर, बडावनखोला, निसी, भल्कोट क्षेत्रमा बजारीकरण विस्तार भएको छ । लोकमार्ग विस्तार भए पछि जनतालाई सरकारी सेवा सुविधाको उपयोग, दैनिक उपयोग्य बस्तुको खरिद विक्री र गाउँको उत्पादनलाई बजारीकरणमा सजिलो भएको बडिगाड गाउँपालिका–३ का वडाध्यक्ष खडकबहादुर पुनले बताउनुभयो ।

पहुँच मार्गलाई ध्यानमा राखेर जिल्ला सदरमुकामदेखि निसीपाती हाल्नेसम्म युवाहरुले लोकमार्ग आसपासमा नयाँ –नयाँ रेष्टुराँ, होटल, माछा तथा बंगेर फर्म, गाईभैसी फर्म सञ्जाल गरेका छन । लोकमार्गलेको पहुँच विस्तार भए पछि बागलुङ र रुकुमको सिमा पातीहाल्ने सिमा विवाद चर्किएको छ । पाती हाल्ने क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदा दुवै जिल्लाले आफ्नो दावी गरेका हुन । सडक विस्तार हुनुपूर्व गाईभैँसी चरिचरणको लागि दुई जिल्लाका गोठालाबीच विवाद भए पछि सरकारी स्तरमा विवाद देखिएको लोकमार्ग विस्तार भए पछि हो ।

लोकमार्गले पुरै नचिरे पनि बुर्तिवाङ बजारलाई नेपाल सरकारले मध्यपहाडी लोकमार्ग पर्ने दश वटा नमुना शहरको रुपमा विकास गर्न थालेको छ । काठेखोला गाउँपालिका–५ बिहुँको घोडाबाँधे र रिजाल चोकको क्षेत्र होटल व्यवसायिले भरिएका छन । मध्यपहाडी लोकमार्ग बागलुङको जिरो किलो मिटर उपल्लाचौरमा बस्ती विस्तार भएको छ ।

लोकमार्ग पश्चिम बागलुङको लागि बारदन नै भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर मिलन श्रेष्ठले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तह पनि लोकमार्ग पहुँचबाट धेरै टाढा छैनन । लोकमार्गले नछोएको स्थानीय तहमा कालीगण्डकी करिडोर विस्तार भएको छ । ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले नजिकको स्थानबाट लोकमार्गसम्म पहुँच मार्ग विस्तार गरेका छन् ।

बागलुङ लोकमार्गले सबै भन्दा बढी दुरी चर्चेको जिल्ला हो । कुल १३० किलो मिटर सडक मध्य १०५ किलो मिटर कालोपत्रे गरिएको छ । बाँकी २५ किलो मिटर सडक कालोपत्रेको गर्न बाँकी छ ।

बागलुङ बजारको उपल्लाचौरदेखि काठेखोला गाउँपालिका–५ घोडाबाँधेसम्मको २० किलो मिटर, बूर्तिवाङ–पातीहाल्ने सडक खण्डको पाँच किलो मिटर सडकमा कालोपत्रेको गर्न बाँकी छन । जिल्ला प्रवेश नाका मालढुँगादेखि उपल्लचौरसम्मको पाँच किलो मिटर सडकको विषयका केही प्रक्रिया अघि बढेको छैन ।

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसि जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । माथिल्लो खण्डको पाँच किलो मिटर सडक कालोपत्रे गरेको छ । तल्लो खण्डमा कालोपत्रेको काम भएको छैन । लोकमार्ग अन्तर्गतको सडकमा १५ मध्य १४ वटा मोटरेवल पुल निर्माण भएको छ ।

पाँचथर चिया भन्ज्याङदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला पार गर्दै सुदुरपश्चिमको बैतडी झुलाघाटमा पुगेर टंगिन्छ । लोकमार्गले मध्यपहाडीका २४ वटा जिल्ला र २२५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here