काँग्रेस अधिवेशनः बागलुङ क्षेत्र नम्बर १ को सभापतिमा शर्मा निर्वाचित

बागलुङ, ८ मंसिर । नेपाली काँग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा चण्डीप्रसाद शर्मा निर्वाचित भएका छन् ।

बुधबार विहान सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार शर्माले प्रतिस्पर्धी खड्ग बहादुर थापालाई ४ मतअन्तरले हराउँदै सभापति पदमा विजयी भएका हुन् ।

सभापतिमा निर्वाचित शर्माले ४५४ मत प्राप्त गरेभने उनका प्रतिस्पर्धी थापाले ४५० मत प्राप्त गरेका छन् ।

शर्मा रामचन्द्र पौडेल समुहका हुन् ।

शर्माको प्यानलबाटै सचिवमा जयराम भारी र गोबिन्द पौडेल (गोपाल), सह-सचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here