बागलुङमा ५३३ स्थायी शिक्षक दरबन्दी रिक्त

बागलुङ, २९ असोज । नियमित शिक्षक भर्ना प्रक्रिया रोकिदा बागलुङमा ५३३ जना स्थायी शिक्षक दरबन्दी रिक्त छ ।
जिल्लाका दश वटै स्थानीय तहका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको अनिवार्य अवकास, राजीनामा लगायतका कारणले शिक्षक दरबन्दी खाली भएको हो ।
अस्थायी र करार दरबन्दीलाई पनि रिक्त मानिन्छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बागलुङले जिल्ला भरका प्राविमा ४२९, निमाविमा ५९ र मावि तहमा ४५ जना विषयगत शिक्षकको दरबन्दी पूर्ति गर्न शिक्षा विभागसँग माग गरेको छ ।
शिक्षा विभागले गत भदौमा जिल्लाभर रिक्त दरबन्दी विवरण संकलन गरी पठाउने निर्देशन दिएको थियो । निर्देशन बमोजिम संकलित तथ्याङ्क अनुसार निमावि तहको अंग्रेजी विषयमा १५, नेपालीमा १५, गणितमा ६, विज्ञानमा १२, गणित÷विज्ञानमा तीन, सामाजिकमा आठ, मावि तहको अंग्रेजीमा ११, नेपालीमा पाँच, गणतिमा आठ, विज्ञानमा १३, सामाजिकमा तीन, एच्छिेक प्राथमक अर्थशास्त्रमा दुई, कार्यालय सञ्चालन लेखामा तीन जना शिक्षकको दरबन्दी सिफारिस गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत विदुर शर्मा चापागाईले जानकारी दिनुभयो ।
जिल्लाबाट प्रेषित विवरण र विद्यार्थी संख्याको अनुपातमा शिक्षा विभागले स्थायी शिक्षक भर्नाको लागि शिक्षा सेवा आयोगमा पठाउनेछ । आयोगले विज्ञापन सार्वजनिक गरेर दरबन्दी पुर्ति गर्ने शाखा अधिकृत चापागाईको भनाई छ ।
नियमित दरबन्दी पूर्ति नहुँदा एकै पटकमा धेरै संख्यामा शिक्षक भर्नाको माग गर्नुपरेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्याको भनाई छ । शैक्षिक क्षेत्रमा काम गर्न चाहनेको लागि सुनौलो अवसर भएको उहाँको भनाई छ ।
जिल्लाभर प्रावि तह (१–५) ३२१, आधारभुत (६–८) ८३, मावि तह (१–१०) ५०, मावि तह (१–१२) ६० वटा सामुदायिक विद्यालय छन् । यहाँ विशेष विद्यालय दुई, समाहित शिक्षा स्रोत कक्षा चार, खुला विद्यालय मावि एक, खुला विद्यालय (६–८) एक, धार्मिक विद्यालय चार, फिडर छात्रावास एक, एनेक्स कार्यक्रम एक, बालविकास केन्द्र सरकारी अनुदान पाउने ३९१, सामुदायिक सिकाई केन्द्रमा २६ रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here