२४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको निधन

काठमाडौँ, २४ भदौ । पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ११ हजार नौ सय ४४ जनामा परीक्षण गर्दा एक हजार दुई सय ७१ जनामा संक्रमण देखिएको हो ।

नेपालमा सक्रमणको दर १९.४ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २८ हजार ६ सय ७८ जना छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १६ छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । बिहीबार अपरान्हसम्म सात लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४ दशमलब ९ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म १० हजार नौ सय तीन जनाको संक्रमणबाट मृत्यु भएको छ । नेपालमा प्रति १० लाखमा ३६७.५ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै चार सय ५८ जना सघन उपचार कक्ष (आईसीयू), १३९ जना भेन्टिलेटर, २६ हजार आठ सय ८६ जना होम आइसोलेसन, एक हजार सात सय ९२ जना संस्थागत आइसोलेसन र दुई सय ६१ जना क्वारेन्टिनमा छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here