पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ जना घाइते

रोल्पा- रोल्पा नगरपालिका-१० धबाङमा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ ।

अविरल वर्षका कारण आईतवार राती २ बजे घरमाथीबाट आएको पहिरोले पुरिएर स्थानीय पूर्णबहादुर थापाको घर पुरिंदा उनकी पत्नी ७० वर्षीय गौरी थापा र छोरी तर्फको नाति ५ वर्षीय हिमाल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

पहिरोमा परेर थापाका छोरी भिमकुमारी रोका र ज्वाई मनबहादुर रोका घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि डोकोमा बोकेर सदरमुकाम लिबाङ ल्याइएको छ ।

पूर्णबहादुर थापा भने गोठमा सुतेकाले सकुशल रहेको प्रहरीले जनाएको छ । रुकुम चुनबाङ घर भएका थापाका छोरी ज्वाई विबाह भएदेखि माइतीमै बस्दै आएका थिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रोल्पाको टोली र स्थानीय बासी उद्धार गरिरहेका छ । पहिरोले थप दुई घरमा क्षती पुर्‍याएको प्रहरीले बताएको छ ।

यस्तै जिल्लाकै सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नम्बरको बस फगाम खोलाले बगाएको छ भने सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको नैबाङखोला जलविद्युतको नहर बगाएको छ ।

यस्तै सुनछहरी गाउँपालिका–६ फगामका केहि स्थानीयको गोठ बगाउदाँ दर्जनौ पशु चौपाया बरेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here