माधव नेपाललाई पार्टी एकताका लागि दबाब बढ्यो

काठमाडाैं, ७ साउन । एमाले नेता माधव नेपाललाई पार्टी एकताका लागि दबाब बढेको छ । नेपालले बुधबार आफू निकटका नेतासँग छलफल गरेका थिए । त्यसक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू मुकुन्द न्यौपाने र रघुजी पन्तले आफ्ना धारणा राखेका थिए ।

न्यौपानेबाहेक सबैले पार्टी एकता कायम राख्नुपर्ने, कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न दबाब दिनुपर्ने, नेताहरूमाथि हुने गालीगलौज र अनैतिक गतिविधि रोक्नुपर्ने तथा स्पष्टीकरणका नाममा एकता र १० बुँदे सहमति कार्यान्वयनमा अवरोध गर्न नहुने बताएका थिए। नेपालले पनि आफू सम्मानजनक एकताका पक्षमा रहेको बताएका थिए ।

नेपाल पक्षका नेता गोकर्ण बिष्टले एकतामा असर पर्ने कुनै पनि कार्य नगर्ने विषयमा छलफल भएको बताए। उनले अर्को पक्षबाट त्यस्तो गतिविधि भइरहेको तर्फ संकेत गर्दै त्यसले एकताविरोधी तत्वलाई बल पुग्ने बताए। ‘संविधानको धारा ७६ (५) प्रयोग गर्ने सन्दर्भमा सांसदले आफ्नो विवेक प्रयोग गरेका हुन् । जे सर्वोच्चले फैसला गरेको छ, त्यसबाट प्राप्त अधिकारलाई प्रयोग गरेको सन्दर्भमा २२ जना प्रतिनिधिसभा सदस्यमाथि जुन ढंगले स्पष्टीकरण सोध्ने काम गरिएको छ त्यसले एकताको वातावरणमा असर पार्न सक्छ’, पार्टीको सचिवसमेत रहेका बिष्टले भने। अर्का सदस्य रघुजी पन्तले कुनै पनि प्रकारको उत्तेजक कामकारबाहीले एकतामा असर पु¥याउने भएकाले त्यस्तो काम कतैबाट पनि हुनुहुँदैन भन्नेमा आफूहरू अडिग रहेको बताए। नागरिक दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here