पेनाल्टीमा गोल गर्न नसक्ने इंग्ल्याण्डका खेलाडीमाथि रंगभेदी व्यवहार

काठमाडौं, २८ असार । गएराति भएको युरो कप २०२० को फाइनलमा खेल हारेपछि अनलाइनमा इंग्ल्याण्डका खेलाडीविरुद्द रंगभेदी व्यवहार भएको छ । पेनाल्टी शुटआउटमा गोल गर्नबाट चुकेका खेलाडीमाथि सामाजिक सञ्जालमा रंगभेदी टिप्पणी भएको हो ।

टाइब्रेकरमा इंग्ल्याण्डका मार्कस रास्फोर्ड, जेडन सान्चो र बुकायो साकाले गोल गर्न सकेनन् । तीनै खेलाडी अश्वेत हुन् । ह्यारी केन र ह्यारी मागुइरीले मात्रै गोल गरे ।

पेनाल्टीमा चुक्ने अश्वेत खेलाडीमाथि अनलाइन अपमानजनक टिप्पणी भएपछि इंग्ल्याण्डको फुटबल असोसिएसनले वक्तव्य निकालेर रंगभेदी दुर्व्यवहारको निन्दा गरेको छ ।

दुर्व्यवहारमा संलग्नलाई कडा कारवाही गर्न तथा खेलाडीको सुरक्षाका लागि सम्पूर्ण प्रयास गर्ने उसले जनाएको छ ।

फुटबलमा बेलाबेलामा खेल हारेपछि खेलाडीविरूद्द रंगभेदी व्यवहार हुने गरेका छन् । पछिल्लाे पटक म्यानचेस्टर युनाइटेडका फरवार्डसमेत रहेका मार्कस रास्फोर्ड सामाजिक सञ्जलामा रङ्गभेदको शिकार बनेका थिए ।

यसअघि इङ्गलिस फुटबलअन्तर्गत प्रिमियर लिग, इङ्गलिस फुटबल लिग र ओम्यान सुपर लिगका क्लबले यस्तै भेदभावविरुद्ध सामाजिक सञ्जाल बहिस्कार समेत गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here