जननिगरानीको बार्षिकोत्सवमा काठेखोला र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री सहयोग

बागलुङ, ६ असार । जननिगरानी साप्ताहिक पत्रिकाले आफ्नो चौथो बार्षिकोत्सवको अवसरमा काठेखोला गाउँपालिका र नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

गुहेली सञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित हुँदै आएको पत्रिकाले आईतबार चौथो बार्षिकोत्सवको अवसरमा कोरोना महामारीमा अग्रमोर्चामा खटिरहेका काठेखोला गाउँपालिकाका स्वास्थ्यकर्मी र नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । अहिले कोरोना महामारीमा जनतालाई बचाउनको लागि अग्रमोर्चामा खटिरहेका स्वास्थ्यकर्मी र सूचना प्रवाहको लागि अग्रमोर्चामा खटिरहेका पत्रकारहरुलाई केहि राहत होस् भन्ने हेतुले काठेखोला गाउँपालिका र पत्रकार महासंघलाई मास्क, सेनिटाइनर र सावुन सहयोग गरेको संस्थाका अध्यक्ष खिम बहादुर कार्कीले जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीले गाउँपालिका र महासंघलाई १५ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको बताउनुभयो । संस्थाका अध्यक्ष खिम बहादुर कार्की र पत्रिकाका सम्पादक नविन शिशिर विकले काठेखोला गाउँपालिकाको लागि ३० प्याकेट मास्क, ५ लिटर सेनिटाइजर र ५० पिस साबुन स्वास्थ्य शाखाका सोमराज पाण्डेलाई र १५ प्याकेट मास्क, १० पिस सेनिटाइजर र ३० पिस साबुन पत्रकार महासंघका सचिव विजय राना र सदस्य नारायण रिजाललाई हस्तान्तरण गर्नुभएको थियो ।

 

कोरोना महामारीको विचमा बार्षिकोत्सव मनाउने रकमले गाउँपालिकाको स्वास्थ्य शाखा र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री सहयोग गरेको पत्रिकाका सम्पादक नविन शिशिर वि.कले बताउनुभयो ।

काठेखोला गाउँपालिका–२ भीमापोखरामा मुख्य कार्यालय र बागलुङ नगरपालिका–२ मा शाखा कार्यालय रहेको गुहेली सञ्चार सहकारी संस्था लिमिटेडले २०७४ साल असार ७ गतेबाट ‘व्यवसायिक पत्रकारिता, लोकतन्त्रको आधार, विकास र समृद्धिको साझेदार’ भन्ने नाराका साथ साप्ताहिक रुपमा पत्रिका प्रकाशन आरम्भ गरेको थियो ।

सहकारीले जननिगरानी साप्ताहिक पत्रिका सहित खबरवे अनलाईन (www.khabarway.com) पनि संचालन गरेको छ । यस्तै सहकारीले काठेखोला गाउँपालिका–२ भीमापोखराबाट र बागलुङ नगरपालिका–२ जीपपार्कबाट आर्थिक कारोबार पनि गर्दै आइरहेको संस्थाका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here