बोक्सेका तीन घर पहिरोको उच्च जोखिममा, बागलुङ–सिगाना सडक अवरुद्ध

बागलुङ, २ असार । बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्सेका तीन घर पहिरोको उच्च जोखिममा परेका छन् ।

केही दिनदेखिको अविरल वर्षापछि आएको पहिरोले बोक्सेका तीन घर पहिरोको उच्च जोखिममा परेको पत्रकार प्रदिप पन्तले जानकारी दिनुभयो । घर माथिको खेलसहित सहित आएको पहिरोले गणेश रेग्मी, नारायण केसी र ध्रुव गौतमको घर जोखिममा परेका हुन् ।

पहिरो निरन्तर बगेको कारण उनीहरु विस्थापित भएका छन् ।

यस्तै पहिरोको कारण बागलुङदेखि खहरे र सिगाना जाने सडक समेत अवरुद्ध भएको छ । बागलुङ नगरपालिका ३ सिम्लेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here