बागलुङमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

फाइल तस्विर

बागलुङ, २१ बैशाख । बागलुङ जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालको आइसियुमा उपचाररत ताराखोला गाउँपालिका–३ हिलकी कोरोना संक्रमित ३० बर्षिय एक महिलाको सोमबार राती मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र वि.क. पोखरेलले जानकारी दिनुभयो । डा. पोखरेलले सोमबार राती ११ बजेर ५० मिनेटमा मृत्यु भएको बताउनुभयो ।

बैशाख १८ गते धौलागिरी अस्पतालमा भर्ना भएकी उनको बैशाख १९ गते कोभिड पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ । ‘विरामी भएको १०, १२ दिनमा मात्र अस्पतालमा आउनुभएको थियो,’ मेसु डा. पोखरेलले भन्नुभयो–‘अत्यन्त सिकिस्त भएर अस्पतालमा आएको कारण उहाँलाई आइसियुमा राखेर उपचार गरिएको थियो ।’ अस्पतालमा भर्ना हुँदा नै अक्सिजन लेबल ४० कम रहेको डा. पोखरेलले बताउनुभयो । डा. पोखरेलले भन्नुभयो–‘अस्पतालमा भर्ना हुँदा नै अक्सिजन लेबल ४० कम थियो, त्यसैले उहाँलाई आइसियुमा राखेर उपचार गरिएको थियो, हरसम्भव प्रयास गर्दा पनि बचाउन सकिएन ।’

डा. पोखरेलले मृत्तक महिलाको फोक्सोमा जटिल प्रकारको कोभिड निमोनिया देखिएको बताउनुभयो । उहाँलाई अन्य समस्या देखिएको थिएन,’ डा. पोखरेलले भन्नुभयो–‘उहाँको अक्सिजन लेबल कम भएकोले हाइफोलो अक्सिजन दिँदा पनि निको भएन् ।’

मृत्तक महिलाको नेपाली सेनाले अन्तिम दाशसंस्कार गर्ने भएको छ । ‘जिल्ला प्रशासनलाई मृत्यु भएको खबर गरेका छौं,’ डा. पोखरेलले भन्नुभयो–‘नेपाली सेनाले अन्तिम दाशसंस्कार गर्नेछ ।’

मृत्तक ताराखोला गाउँपालिकाकी कार्यापालिका सदस्य रहेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले जानकारी दिनुभयो ।

बागलुङमा कोभिड–१९ को कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here