अप्सरा जि.सी.
सहकारी एक अर्का बीचको सहकार्यात्मक अवधारणा हो । सहकारी देशको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा हो । “एकका लागि सबै र सबैका लागि एक” भन्ने भावना र व्यवहार मार्फत व्यक्ति परिवार समाज र समग्र राष्ट्रको आर्थिक एवम् सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी हो ।
नेपालमा सहकारीको स्थापना २०१३ चैत २० गते भएको हो । तत्कालिन कृषिमन्त्री बखानसिंह गुरुङको पहलमा स्थापना भएको हुनाले यस सहकारीलाई बखान सहकारी संस्थाको नाम दिइएको थियो । बखान सहकारी संस्थाको स्थापना दिवसलाई नै अहिले हामी सहकारी दिवसको रुपमा मनाउँदै अइएको छ । अहिले नेपालमा करिव ३५ हजार विभिन्न प्रकृतिका सहकारी संस्थाहरु रहेका छन् ।
सहकारीको ७ सिद्धान्तहरु छन् । (१. ऐच्छिक तथा खुल्ला सदस्यता, २. सद्रस्यहरुको प्रजातान्त्रिक नियन्त्रण, ३. सदस्यहरुको आर्थिक सहकागिता, ४. आत्मनिर्भरता, ५. शिक्षा तालिम तथा सूचना, ६. सहकारीहरुबीच सहयोग, ७ समुदायप्रति चासो) उक्त सिद्धान्तहरुलाई कार्यान्वयन गरि सहकारीले समाज उत्थानका लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।
नेपालले राष्ट्रिय विकासको महत्वपूर्ण अङ्गको रुपमा सहकारी रहेको भन्ने भनाईलाई पुष्टि गर्ने संवैधानिक आधारहरु रहेका छन् । विपन्न वर्गको जनतालाई आर्थिक र सामाजिक रुपमा रुपान्तरण गर्नको लागि सहकारी उपयुक्त माध्यम भएको छ । गरिव विपन्न र बेरोजगार युवाहरुलाई कर्जा प्रदान गरेर साना तथा घरेलु उद्योग स्थापना गर्न सहकारीले प्रोत्साहन गरेको छ । यसबाट युवाहरु प्रोत्साहित भएर नेपालमा नै उद्योग धन्दा, व्यवसाय गरेका छन् ।
जसले गर्दा हाम्रा नेपाली युवाहरुको पसिना विदेशमा बेचिने संख्या कम भएको छ । यसले गर्दा समाजको आर्थिक निर्माणमा ठूलो सहयोग पुगेको छ । सहकारीले आफ्नो क्षमताले भ्याएसम्म रोजगारीका अवसर सिर्जना गरेर बेरोजगारी समस्या समाधान गर्न समाजमा ठूलो भुमिका खेलेको छ ।
व्यस्त दैनिकी जीवनमा समयको बचत र पैसाको बचत गर्न सहकारलिे व्यक्तिहरुलाई सिकाएको छ । बैंकमा लाइन बसेर पैसा बचत तथा ऋण लिन झन्झटिलो हुने तर सहकारीले घरघरमै आएर सुविधा दिने भएकोले धेरैको सुख, दुःखको सारथी सहकारी भएको छ । मानिसहरुलाई बचत गर्न सिकाएर सहकारलिे व्यक्तिगत एवम् राष्ट्रिय पूँजी निर्माणमा योगदान गर्नुका साथै थोरै पैसाको लागि भौतारिनु पर्ने अवस्थाका अन्त्य गरेको छ । सहकारीले जनता माझ आफ्नो सेवा विस्तार गरेर, नागरिकलाई बचत गर्न उत्प्रेरित गरेर, सिप मुलक तालिम मार्फत समुदायको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ ।
नेपालमा गरिवी निवारक सम्बन्धी जतिपनि कार्यक्रमहरु भएको छन् । ति कार्यक्रमहरु लक्षित वर्गमा पुग्न नसकी रहेको बेला सहकारीहरुले त्यस्तो वर्गलाई समेट्दै पूँजी अभावका कारण निष्क्रिय रहेका जनशक्ति समेटेर आयमुलक एवम् व्यवसाय मुलक कार्यमा लाग्न प्रेरित गरी सहकारीले एउटा समृद्ध समाज निर्माणमा ठूलो भूमिका खेलेको छ ।
समाजमा व्याप्त गरिवी, व्यापारिक एकाधिकार जस्तो आर्थिक एवम् सामाजिक विसंगतिहरुको अन्त्य गरेर निम्न आय भएका समुदायको जीवनस्तर माथि उठाई समाज उत्थानमा सहकारीले सहयोग पु¥याएको छ ।
सहकारी मार्फत गरिवी बेरोजगारी निवारण सम्भव छ र यसले गरिवी निवारण, बेरोजगारी निवारणमा अहम भूमिका खेलेको छ । एउटा गुलाबको ‘बोटले फुल मात्र नभएर काँडा पनि दिएर’ जस्तै सहकारलिे पनि समाजलाई विकास तिर मात्र होइन विकृता तिर पनि ढकेलिरहेको छ । सहकारीलाई केही व्यक्तिहरुले कम्पनी अनुरुप चलाउन खोजेका छन् ।
त्यस्ता कम्पनीले सर्वसाधारणको हितका लागि नभई आफ्ना फाइदाको लागि कार्य गर्दछन् । यस्ता सहकारीहरुले ऋण लगानीमा बढी व्याज लिन, ऋण लगानी गर्दा बढी बढी शुल्क काट्ने शेयर राख्दा पनि सरकारले तोके भन्दा बढी शुल्क लिने जस्ता कार्य गरेर जनतालाई झन मारमा पारेका छन् । त्यस्ता व्यावसायिक रुपमा चलेका सहकारीहरुलाई हटाउन सके मात्र सहकारीले गरिवी निवारण र व्यक्तको आर्थिक रुपान्तरणमा बाटो देखाउन सक्छ । आज मान्छे रोजगार नपाएर छट्पटाइरहेका छन् । रोजगार सिर्जना हुन नसक्नु पनि नेपालको ठूलो समस्या हो । सहकारीले रोजगारका साथ स्वरोजगार सिर्जना गर्दछ ।
अहिले सहकारमिा ४० लाख भन्दा बढी जनता आबद्ध भइसकेका छन् । ५० हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा सहकारी मार्फत उद्यमशीलता गर्नेको संख्या पनि बढ्दै गएको छ । सहकारी राष्ट्रिय अर्थतन्त्रको एउटा दरिलो खम्बा हो । जसले समाजको विकास समृद्धि र निर्माणमा महत्वपूर्ण भुमिका खेल्दछ ।
सहकारी समाज निर्माणको अभिन्न अङ्ग हो । मैले पनि साझा चौतारी सहकारी मार्फत रोजगार पाएकी छु । सहकारीको सिद्धान्तहरुमा आधारित रहेर हाम्रो सहकारीले पनि धेरै सेवा सुविधाहरु जनता माझ पु¥याएको छ । हाम्रो सहकारीले पनि ३६५ दिन नै जनताहरुलाई सेवा प्रदान गर्दै आएको छ । यो ३६५ दिन पनि हाम्रो सहकारीलाई सेवा दिन कम भइरहेको छ ।
गन्तव्यमा नपुग्दै साँझ परिहाल्ने हुँदा सहकारीलाई समय छोटो भएको छ । फलस्वरुप हामीले नेपाल मै पहिलो पटक प्रभातकालिन काउन्टर सेवा विहान ८ बजेदेखि गरिरहेका छौं । भने ३६५ दिने काउन्टर सेवा, आपतकालिन कर्जा सेवा २४ सैं घण्टा मोबाइल बैंकिङ्ग सेवा, मोबाइल कलेक्टर एप, इसेवा लगायत विभिन्न आधारभूत सेवाहरु प्रदान गरिदै आएको छ । स्थापनाको सुरुवातदेखि नै अत्याधुनिक सफट्वयरको माध्यमबाट आफ्ना सदस्यहरुलाई सेवा दिइरहेको साझा चौतारी बागलुङको पहिलो संस्था हो । आफ्ना सम्पूर्ण कार्यहरु सहकारी मार्फत गरि आफ्नो समयको बचत गर्नुहोस् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहकारीले समाज निर्माणमा ठूलो भूमिका खेल्दछ त्यसैले म एउटा सहकारीको कर्मचारी हुने अवसर पाएकोमा आफुलाई ठूलो गर्व गर्दछु । आउनुहोस् हामी सवै सहकारीसँग जोडिएर देशको आर्थिक एवम् सामाजिक उत्थानमा मदत गरौं । सहकारी राष्ट्रिय अर्थतन्त्रको एउटा यस्तो खम्बा हो । जसले समाजको विकास, समृद्धि र निर्माणमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।
जय सहकारी ।
(लेखक जि.सी. साझा चौतारी सहकारी संस्था लिमिटेडकी बजार व्यवस्थापक हुनुहुन्छ ।)