
बागलुङ, ९ फागुन । बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ७ तितौरेमा रहेको तितौरे माध्यमिक विद्यालयको ४६ औं बािर्षकोत्सव तथा अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।
बार्षिकोत्सवको अवसरमा बोल्दै वडा अध्यक्ष खगराज पाण्डेले शिक्षा क्षेत्रबाट कोहि बन्चित हुन नहुने बताउनुभयो ।
कार्यक्रममा विश्वकर्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक युगेन्द्र प्रसाद खनाल, तितौरे माध्यमिक विद्यालयका अभिभाव लक्ष्मी बहादुर कार्की, केशव कार्की, धन बहादुर कार्की, बुद्धि बहादुर कार्की, डिल बहादुर कार्की, विद्यार्थी ममता शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक महेन्द्र शर्माले आर्थिक, प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत शिक्षक महेन्द्र कार्की र संचालन कुल बहादुर कार्कीले गरेको शिक्षक टिकाराम शर्माले जानकारी दिनुभयो ।