साहित्यकार गौतमको “भवमञ्जरी” कविता संग्रह विमोचन

बागलुङ, १९ पुस । बागलुङका साहित्यकार नारायणप्रसाद गौतमको कविता संग्रह “भावमञ्जरी”को विमोचन गरिएको छ ।

धौलागिरी कला तथा साहित्य मञ्च बागलुङको आयोजनामा शनिबार गौतमको कविता संग्रहको विमोचन गरिएको हो ।

विमोचन पछि बोल्दै साहित्यकार प्रेम छोडाले कविता संग्रहले समाजको यथार्थ बोलेको बताउनुभयो । उहाँले कविता संग्रहमा धर्म, संस्कृति र समुदायको वास्तविकता समेटिएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।

कृतिकार गौतमले हराउँदै गएको साहित्यप्रतिको रुची विकास हुनेगरी कविता संग्रह तयार पारेको बताए । उनले सामाजिक, सांकृतिक र धार्मिक पक्षहरुसँग सम्बन्धित विषयवस्तुका कविता संग्रहमा समाबेश रहेको बताए ।

कविता संग्रहको समिक्षा एवं समालोचक धौलागिरी कला तथा साहित्य मञ्चका सल्लाहकार रामप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापा अविरल, रेडक्रस सोसाइटि बागलुङ शाखाका पूर्वसभापति विश्वनाथ रेग्मी, मुलपानी माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि सुवेदी, पूर्व प्रधानाध्यापक मेघराज पाण्डे र प्राध्यापक प्रकाश सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मञ्चका अध्यक्ष सिर्जना कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य शिव सस्मित र संचालन सदस्य गोविन्द सुवेदीले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here