बागलुङ, १८ पुस । जिल्लाको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकालाई सेवा क्षेत्र बनाएर काम गरिरहेको बोहरागाउँ कृृषि सहकारीको चौँथो साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रमको अवसरमा प्रमख अतिथी निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले गाउँपालिका र कृृषि सहकारी विचको समन्वय गरि कृषकको भरोसा बनेमा सहकारीले विश्वास लिन सक्ने बताउनुभयो ।
कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जुनबिक्रम शाही, वडा नं ४ का वडा अध्यक्ष टिकानिधी पौडेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमा दिदीबहिनी सहकारीकी अध्यक्ष भोटु कमारी चन्द, संस्थाका संस्थापक अध्यक्ष नवराज आचर्य सस्थापक सचिव मिलन हमाल लगायतले शुभकामना मन्तवय व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा असल ऋणी राम बहादुर बि.क, नियमित बचत तर्फ बल बहादुर चन्द र बाल बचत तर्फ सर्मिला कंडेललाई सम्मान गरेको संस्थाका सचिव ईन्द्रलाल रेग्मीले बताउनुभयो । कार्यक्रम सस्थामा अध्यक्ष हुमलाल रेग्मीको अध्यक्षता सचिव ईन्द्रलाल रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।