
अर्जुन कार्की
बागलुङ, ७ मंसिर । ‘एक गाग्री पानी खोज्न खोला–खोला चार्हनु पथ्र्याे, अहिले आगनमै पानी आउँदा सुःख भएको भएको’ आफ्नै घरको आगनमा रहेको धारा खोल्दै नर्जाकी मनकुमारी छन्त्यालले भन्नुभयो–‘जनप्रतिनिधि आए पछि घरघरमा धारा बन्यो ।’
बागलुङको विकट क्षेत्र तमानखोला गाउँपालिका–६ नर्जाखानीकी मनकुमारी छन्त्याल मात्रा होईन बर्षाै पहिलोदेखि एक गाग्री खानेपानीको जोहो गर्न घण्टौ खर्च गर्नुपर्ने गृहणीलाई हाईसन्चो भएको छ । गाउँपालिकाले एक घर एक धारा निर्माण गरे पनि उनीहरुको दैनिकीमा फेरबदल भएको हो ।
‘गाउँमा एक घर एक धारा’ निर्माणपछि एक घण्टा लगाएर पानी ल्याउन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘पहिलो उठ्दा वित्तिकै खानेपानीको चिन्ता हुन्थ्यो, अहिले घरधन्दाको’ छन्त्यालले भन्नुभयो–‘घरमै धारा भए पनि पानी खोज्न खर्चिने समय घरधन्दामा लगाउने गरेकी छु ।’ बराहकोटबाट पानी ल्याएर एक घर एक धारा निर्माण गरेपछि समयको बचत भएको छन्त्यालले बताउनुभयो ।
धारा निर्माण हुँदा तरकारी खेतीको लागि पनि सहज भएको उहाँको भनाई छ । नर्जाखानी गाउँमा तमानखोला गाउँपालिकाले २ वर्ष अगाडी ३८ लाख रपियाँ खर्च गरेर एक घर एक धारा खानेपानी आयोजना सम्पन्न गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।
नर्जाखानी गाउँमा १ सय १४ वटा व्यक्तिगत र दुई वटा सार्वजनिक धारा निर्माण गरिएको छ । वडा नम्बर ६ को भित्रिबनमा गत वर्ष ७ लाख रुपियाँ र यस वर्ष १३ लाख रुपियाँ विनियोजित गरी ‘एक घर एक धारा अभियान संचालन गरेको अध्यक्ष बुढाले बताउनुभयो ।
तमानखोला गाउँपालिकामा प्रत्येक घरमा स्वच्छ खानेपानी पु¥याउने उद्देश्यले एक घर एक धारा अभियान संचालन भइरहेको उहाँको भनाई छ । स्वच्छ खानेपानी अभियानमा पालिका सहित, प्रदेश र संघिय सरकार र संघसंस्था सहयोगी बनेका छन् ।
समग्र गाउँपालिका भरीका ६० प्रतिशत घरमा धारा निर्माण गरिएको छ । । सबै भन्दा ठुलो बस्ती रहेको वडा नम्बर ५ को खुंखानी गाउँ र वडा नम्बर ३ को तमान गाउँमा २ सय भन्दा बढी धारा निर्माणको चरणमा छन् ।
अध्यक्ष बुढाले खुंखानी गाउँमा गाउँपालिकाको १३ लाख लागतमा गत वर्ष पाइपहरु खरिद गरिएको र यस वर्ष गाउँपालिकाले २० लाख र प्रदेश सरकारले २५ लाख रुपियाँ विनियोजन गरेकोले ५८ लाख रुपियाँ बजेतमा यस वर्षबाट एक घर एक धारा खानेपानी योजना संचालन गरिने र तमान गाउँमा प्रदेश सरकारबाट २५ लाख रुपियाँ विनियोजन भएकोले चालु आर्थिक वर्षमै काम सुरु गरिने बताउनुभयो ।
दुई योजना सम्पन्न भएमा गाउँपालिकामा ८० प्रतिशत घरमा एक घर एक धारा सम्पन्न हुने छन । अबको दुई वर्षमा गाउँपालिकाका सम्पूर्ण घरमा ‘एक घर, एक धारा निर्माण सम्पन्न गर्ने गाउँपालिकाको योजना छ ।