बागलुङमा थप दुई जनालाई कोरोना पुष्टि

बागलुङ, ७ असोज ।
बागलुङमा थप दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आज बागलुङ नगरपालिकाका एक जना पुरुष र बडिगाड गाउँपालिकाका एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्सन याम बरालले जानकारी दिनुभयो ।

फोकलपर्सन बरालले भारतदेखि आइ बागलुङ नगरपालिका–१ रामरेखा क्वारेन्टाइनमा बसेका बानपा–१३ का ६२ बर्षिय पुरुष र भारतदेखि आइ बडिगाड गाउँपालिकाको खर्बाङमा रहेको क्वारेन्टाइनमा बसेकी बडिगाड गाउँपालिका–१ की २६ बर्षिय महिलालाई कोरोना पुष्टि भएको बताउनुभयो ।

उहाँले संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here