बोक्से पहिरोले आजित बनेका जनता सांसदहरु माथि आक्रोसित (भिडियो)

बागलुङ, १३ साउन ।
लगातारको वर्षापछि खसेको पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षतविक्षत बनेको छ ।

बागलुङ नगरपालिका–३ स्थित बोक्सेगैरामा केहि दिन पहिले पहिरो गएर अवरुद्ध भएको सडक एकतर्फी संचालनमा आएको थियो । भौगोलिक हिसावले निकै जटिल तथा कमजोर भूबनोटका कारण समस्याग्रस्त बोक्से मंगलबार विहानैदेखि पुनः अवरुद्ध भएको छ । बोक्से गैराको पहिरो र हिलोमा गाडी फसेर हरेक मौसममा सास्ती खेप्नुपर्ने सवारी चालक र यात्रुको नियति भएको छ ।

बोक्सेमा सडक माथिबाट आएको पहिरो पन्छाएर सडक तल फाल्दा पनि घर नै पुरिने जोखिम छ । पहिरो पन्छाउदा घरको सुरक्षा सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ । मंगलबार काठेखोला गाउ“पालिकामा कार्यक्रमको लागि जान लागेको सांसदहरुको टोलीलाई बोक्सेका स्थानियहरुले त्यहा“को समस्याको समाधानको लागि पहल गरिदिन आग्रह गरेका छन् । बोक्सेको पहिरो र मध्यपहाडी लोकमार्गको कारण आफ्नो उठिबास लाग्न लागेको भन्दै मंगलबार स्थानियबासीले प्रतिनिधिसभा सांसद डा. सुर्य पाठक, मनकुमारी केसी, प्रदेशसभा सांसद इन्द्रलाल सापकोटालाई चाडो समाधान गरिदिन आग्रह गर्दैै आक्रोस पोखेका छन् ।
भिडियो

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here