ताराखोला गाउँपालिकाले ल्यायो ३२ करोड, साढे १५ लाखको बजेट

बागलुङ, १० असार ।
बागलुङको ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ३२ करोड १५ लाख रुपैयाँको बजेट विनियोजित गरेको छ ।

गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुनले बुधबार आगामि आवको लागि ३२ करोड १५ लाख ५४ हजार ९ सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेकी छिन् । उपाध्यक्ष पुनले चालु तर्फ ४ करोड ५३ लाख, सशर्त अनुदान तर्फ १८ करोड १४ लाख र पूँजिगत तर्फ १४ करोड १० लाख विनियोजित गरेकी छिन् ।

गाउँपालिकाले आर्थिक विकासमा ३ करोड ५ लाख ३५ हजार, कृषि तर्फ ८४ लाख ४० हजार, पशु तर्फ ४८ लाख ५० हजार, शिक्षा तर्फ १ करोड २४ लाख २० हजार र स्वास्थ्य तर्फ ४७ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजित गरेको छ ।

यस्तै वडा कार्यालयहरु र सभाहल निर्माणको लागि १ करोड ५ लाख, संस्कृति प्रबद्र्धन र लैगिंक समानताका लागि १५ लाख, सडकका लागि ४ करोड ६८ लाख, सिचाई तर्फ ४ लाख, सडक र उर्जा र संचारका लागि १३ लाख, वातावरण संरक्षणको लागि २४ लाख बजेट विनियोजित गरेको उपाध्यक्ष घर्तिले जानकारी दिइन ।

गाउँपालिकाले सुशासन र संस्थागत विकास तर्फ १ करोड ५० लाख, गरिवसँग गाउँपालिका कार्यक्रमका लागि २५ लाख रुपैयाँ र पर्यटन प्रबद्र्धनको लागि १ करोड ५५ लाख बजेट विनियोजित गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here