kathekhola

काठेखोला गाउँपालिका
आ.व.२०७७/०७८ को नीति तथा कार्यक्रम
सातौ गाउँसभा
गाउँसभा सदस्यहरु
१.विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मानव सभ्यता र मानव जातीमाथि नै अकल्पनिय संकट आइपरेको छ । यो माहामारीका विरुद्ध गाँउपालिका आफनो सम्पुर्ण क्षमता, स्रोत र साधनका साथ जुटिरहेको यस कठिन घडिमा आफनो सातौ अधिवेशन , आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछौ । प्रस्तुत नीति तथा कार्यक्रम कोभिड १९ बाट प्रभावित गाँउपालिका वासीको जीवन रक्षा र हाम्रो अर्थतन्त्रमा पारेका असरलाइै चलायमान गराउने मुल लक्ष्य लिएको छ ।.काठेखोला गाउँपालिकाको सातौ गाउँ सभामा उपस्थित गाउँसभा सदस्य ज्यूहरुमा हार्दिक अभिवादन संग संगै स्वागत गर्दछु । हामीलाई यो स्थान सम्म ल्याइ पुराउन आफ्नो प्राण आहुति गर्नु हुने ज्ञात अज्ञात महान शहिदहरु प्रति उच्च सम्मान ब्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै यहि मिति २०७७ असार ६ गते काठेखोला गाउँपालिका वडा नं.४ तंग्राम, फापरखेतमा भिषण बर्षाको कारण पहिरोमा पुरिएर ३८ बर्षिय महिला बिमला पुनको मृत्यु भएको छ, मृतक पुन प्रति भावपुर्ण श्रदाञ्जली ब्यक्त गर्दछु । साथै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
२.समुन्नत नेपालको नविनतम अवधारणा सहित समृद्ध नेपाल, सुखी नेपालीको नारालाई आत्मसाथ गर्दै सिंगो देश समृद्धि र रुपान्तरणको महान अभियानमा रहदा हामी पनि अभ्यासरत छौ । जनताबाट निर्वाचित हामी जनप्रतिनिधिहरु जनताको सेवा र विकासलाई प्राथमिकताको पहिलो सुचिमा राखी जनताको दुख पीर र अप्ठ्यारोमा साथ दिदै आफ्नो गाउँपालिकाको विकास र समृद्धिको अभियानमा जुटिरहेको बेला हामी कोभीड १९ बाट प्रभावित भएका छौ । कोभिड १९ बाट आफ्नो ज्यान गुमाउने दिदिवहिनी तथा दाजुभाईहरु प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समवेदना व्यतm गर्दछु । स्वदेश तथा विदेशमा संक्रमीत हुने दिदीवहिनी तथा दाजुभाईहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
गाउँसभा सदस्यहरु
३.अव म चालु आ.व. को केहि समिक्षा गर्न चाहन्छु । हामी जनताबाट अनुमोदित भएको पनि ३ वर्ष पुगिसकेको छ । यो विचमा हामीले यस पालिकामा ३ वटा बजेट प्रस्तुत गरि सकेका छौ र पनि हामीले निर्वाचनका वेलामा आम नागरिकहरुका विचमा गरेका वाचा पुरा गर्न सकेका छौ कि छ्रैनौ समिक्षा गर्ने वेला आएको छ । नयाँ ब्यवस्था, नयाँ संमरचना, सिमित श्रोत र असिमित जनआकांक्षाहरुको बिचमा सेवा र शुसासन प्रवाह गर्दै तिब्र विकासको कार्यलाई अगाडि बढाउनु निकै चुनौतिको बिषय रहेको छ । विबिध बाधा, ब्यवधान र चुनौतिहरुको बिचमा जनताको साथ, न्यानो माया, बिकास प्रतिको मोह, परिवर्तन प्रतिको लहर र रुपान्तरण प्रतिको अतृप्त चाहना र जनताहरुकै साथ सहयोगका कारण हामीहरु लक्षको नजिक छौ भन्दा त्यति अन्युक्ति नहोला । धेरैले सिकाई बर्षको रुपमा लिइएको यो करिव ३ बर्षको कार्यकाललाई हामी भने समृद्धि र रुपान्तरणको ईतिहास रच्ने आधार बर्षको रुपमा लिएका छौ । धेरैले देखिने खालका मुर्त योजनाको खोजि गरिरहदा हामी भने तिनै योजनाहरुमा जनता र समाजको परिवर्तन र रुपान्तरण खोजिरहेका छौ । हामी हाम्रो सेवामा सरल र सहजता खोजिरहेका छौ । स्थानिय सरकार र जनता बिचको सामिप्यता खोजिरहेका छौ । आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका खुल्ला बाटो खोजिरहेका छौ । अनि जनताको ओठमा मुस्कान र गाउँको विकासमा पुर्णता खोजिरहेका छौ ।
४.चालु आ.व. मा हामीले गाउँ सभा बाट रकम विनियोजन गरिरहदा आर्थिक विकासमा कुल बजेटको ११.५० प्रतिशत, सामाजिक विकासमा ११, पूर्वाधार विकासमा ३७.५०, वन वातावरण तथा विपद व्यवस्थापनमा २, संस्थागत विकास तथा शुसाशनमा १ , ८ वटै वार्डमा २१ प्रतिशत, लागत सहभागितामा १० प्रतिशत मर्मत संभारमा २ र अन्य भौतिक पूर्वाधारमा ४ प्रतिशत रकम विनियोजन गरेका थियौ । यस मध्य भौतिक पूर्वाधार तर्फ २०, सामाजिक विकास तर्फ ३१२, आर्थिक विकास तर्फ ३८, सामाजिक समावेशिकरण तर्फ २५, वातावरण तथा विपद व्यवस्थापन तर्फ १३, शुसाशन तथा संस्थागत विकास तर्फ २० र अन्य पुर्वाधार कार्यक्रम अन्तर्गत १३० गरि ४१५ योजना भएको जानाकारी गराउदछु । हामीले प्रस्तावित गरेका गाउँपालिकाका गौरव र पहिचानका योजनाहरु पनि संगसंगै अगाडि गएको समेत सभा समक्ष्य जानाकारी गराउदछु ।
५.यस अलवा संघिय सरकार र गण्डकि प्रदेश सरकारबाट समपुरक र विशेष अनुदानबाट आएका योजनाहरु पनि संचालीत अवस्था रहेका छन जस्तैः लेखानी कादेश जोडने झोलुंगे पुल , रेशको खानेपानी योजना , धम्जाको खानेपानी योजना, वडा नं ७ मा संचालन भएको मुख्य मन्त्रि वातावरण मैत्रि कृषि कार्यक्रम , अक्षेते सुल्डाडा हुदै लेखानी जोडने मोटरवाटो , राहाले धुम्ती डुडीया तंग्राम हुदै धम्जा जोडने मोटरवाटो । रेशको जिरेदि एक्लेखेत मोटरेवलपुल र लामावगर मोटरेवल पुलको काम तिव्र गतिमा अगाडि गएको छ । रेशको धनिखोरिया हुदै कादेश लेखानी विहु तंग्राम धम्जा भीमापोखरा हुदै वानपा जोडने रीङरोडको काम संचालित अवस्था रहेको छ । यसै गरि अछेते वजार देखि भीमापोखरा सडक खण्ड र जलजला जिरेदि हुदै रेश वौर सडक खण्डको काम पनि अगाडि बढेको छ । त्यसै गरि मदन भण्डारी पद मार्गको काम सम्पन्न गरिएको छ । वडानं ७ मा २ वटा र वडान २ मा १ वटा गरि ३ वटा सिचाई योजना संचालीत अवस्थामा रहेका छन । वडा नं ६ को एक घर, एक धारा खानेपानि योजना पनि संधिय सरकारको विशेष अनुदानमा संचालीत अवस्थामा रहेको जानाकारी गराउदछु । त्यसै गरि वडा नं ६ को वडा कार्यालय भवन निर्माणको काम थालनी गरिएको छ भने वाड नं ७ को वडा कार्यालयको तला थप गर्ने कार्य पनि संचालनमा रहेको जानाकारी गराउदछु ।
६. गाउपालिकाद्धारा शर्सतमा आएका योजनाहरु पनि पुर्ण संचालीत अवस्थामा रहेको छ । शिक्षा , स्वास्थ्य , कृषि, पशु र आर्युवेदिकका कार्यक्रमहरु पनि क्रमिक रुपमा अगाडि गएको अवगद गराउदछु । हामीले विगद वर्षको अनुभव र प्रभावकारीताको आधारमा यस वर्ष शिक्षाको कार्यक्रम अन्तर्गत सघन अनुगमन कार्यक्रमलाई निरन्तरता दिदै आधारभुत तहका विद्यालयको अनुगमन कार्य सम्पन्न गरिसकेका छौ । यसै गरि स्वास्थ्य कार्यक्रम अन्तर्गत आमा सुरक्षा कार्यक्रमलाई पनि निर्न्तरता दिइएको छ । यस वर्ष दुई वटा रेश र लेखानी स्वास्थ्य चौकिमा ल्याव सेवा सुचारु गरिएको छ र आगामि वर्ष यसको प्रभावकारीता मूल्यांकन गरि अन्य स्वास्थ्य चौकिमा पनि विस्तार गरिने लक्ष्य लिइएको छ । खोप केन्द्र संचालन भएका तर भवन नभएका स्थानमा भवन समेत निर्माण गरिनेछ । यस गाउँपालिका भित्रका स्वास्थ्य चौकि सवैमा वर्थिङ सेन्टर संचालनमा आइसकेको छ भने यसलाई थप प्रभावकारी रुपमा संचालन गर्नका लागि पक्की स्वास्थ्यचौकि भवन नभएका स्थानमा भवन वनाउनका लागि पहल गरिएको छ भने स्वास्थ्य चौकिको स्तरउन्नत्तिका लागि पनि यस वर्ष पहल गरिएको छ । हामी किसान परिवारबाट आएका जनप्रतिनीधि हामीले अगाल्दैं आएको परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्ने, पशु व्यवसायमा लागेका किसानहरुका पशु वस्तुमा नश्ल सुधार गर्न जरुरी रहेको छ । कृषि र पशुपालन क्षेत्रमा आएका आधुनिक प्रविधीहरुलाई अपनाउनु पर्दछ भन्ने हेतुले यस वर्ष पालीकाबाट केहि अनुदानका कार्यक्रम संचालन गरिरहेका छौ । वास्तविक किसानका विचमा हामी जान सकेका छौ कि छैनौ यसको वास्तविक घरातलमा पुग्न जरुरी छ । गण्डकी प्रदेशबाट यस पालिकाको वडा नं ७ मा संचालनमा आएको मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ परियोजना अव हामीले परिणाममुखि गराउनु पर्दछ । यसका साथ साथै प्रत्येक वार्डमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत १२÷१२ लाख रुपैयाँ पकेट क्षेत्र बिस्तार, मकै ब्लकका लागि कृषि ज्ञान केन्द्र पर्वत र सुन्तला जोन कार्यक्रम सन्तला जोन कार्यालय म्याग्दी बाट आएको छ यसलाई पनि पुर्ण रुपमा सदुपयोग हुने गरि परिचालन गर्नु पर्नेछ । खाली वितरणमुखि नवनाई परिणाममुखि वनाउनु हाम्रो दायित्व रहन्छ । यसरी हामीले अनुदानका कार्यक्रमहरु संचालन गर्दै गर्दा कतै हामी परनिर्भरता तर्फ उन्मुख त भएका छैनौ ? अव हामी गंभीर भएर सोच्ने बेला आएको छ । पुर्णरुपमा अनुदानको आशामा भन्दा पनि व्यवसाहिक बन्नका लागि किसानको सहभागिता अनिवार्य र महत्वपुर्ण हुने भएकोले हामीहरुले यसमा शुष्मढंगबाट अध्ययन गर्नु पर्नेछ ।
७. गाउँपालिका भित्रका प्रतिभाहरुलाई पहिचान गर्न र पालिका भित्र रहेका संस्कृतिहरुलाई संरक्षण गर्ने उदेश्यले गत माघ १५ देखि १८ सम्म धम्जा देउरालीमा प्रथम अध्यक्ष कप भलिवल एवं सांगितीक प्रत्योगिता संचालन गरिएको थियो , सो मार्फत गाउँपालिका भित्रका खेलाडि पहिचान , लोक सांगितक क्षेत्रमा लागेका कलाकार पहिचान गरिएको छ यसै गरि यस वर्ष देखि राष्ट्रपति रनिङ शिल्ड प्रत्योगितामा गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयबाट खेलाडि छनौट गरि जिल्लामा पठाउने काम गरिएको छ ।
गाउँसभा सदस्यज्यूहरु
८. हामी निर्वाचित भएको पनि ३ वर्ष वितेको छ । यो विचमा हामी सवैको प्रयासले हामीले संचालन गरेका योजनाहरुले रुप धारण गर्न थालेका छन भने केहि योजनाहरुले प्रतिफल दिन थालि सकेका छन । अझै यसलाई व्यवस्थीत र प्रभावकारी वनाउन तर्फ हाम्रो ध्यान जान जरुरी रहेको छ । पूर्वाधार त्यसमा पनि ग्रामिण सडकका हिसावले हाम्रो गाउँपालिकालाई हेर्ने हो भने वार्ड नं. १, ३, र ४ को वडा कार्यालय जोडने सडक वाहेक अन्य वार्ड कार्यालय जोडने पक्की सडक करिव २÷३ वर्ष भित्रमा कालो पत्रे हुने अवस्थामा रहेका छन तर कोभिड १९ का कारण शुष्त गतिमा रहको छ । त्यस कारण यस वर्ष १,३ र ४ वार्डको कार्यालय सम्म जोडने सडकको म्एच् यसै वर्ष सक्ने हिसावले हामीले काम अगाडि वढाईएको छ । साथै गाउँपालिकाको कार्यालय जोड्ने गरि एकपाता, दोभिल्ला, सुल्डाँडा हुदै अक्षेत्ते जोड्ने सडकलाई यस अघि नै संघिय तथा प्रदेश सरकारबाट कार्यन्वयन हुने गरि अगाडि बढाईएकोमा उक्त सडक निर्माणका लागि आवस्यक पहल गरिनेछ ।
९.हामी जिल्ला सदरमुकाम देखि अत्यन्तै नजिक र यातयातका हिसावले कच्चि भए पनि पहुचमा रहेका छौ । वदलिदो परिवेश अनुसार हाम्रो गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई अव पनि हामी यहि सोच र परम्परावादी चिन्तनबाट संचालन गर्न थाल्यौ भने प्राय अधिकांश विद्यालय वन्द हुने अवस्थामा रहेका छन । त्यस कारण गाउँपालिकाले विनियोजन गर्ने बजेटबाट विशेष ध्यान दिनु पर्नेछ भने यहि आ.व.बाट विभिन्न दातृ निकायसंग समन्वय गरि गुणस्तरिय शिक्षाका लागि कार्यक्रम संचालनमा ल्याइने छ ।
१०.कोभिड १९ ले सृजना गरेको यस विषम परिस्थितीका बावजुद पनि प्रत्येक वर्ष हामीले विनियोजन गरेका योजनाको शुष्मढंगबाट स्वमूल्यांकन, आत्मसमिक्षा गर्न जरुरी छ । हाम्रो संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख राज्य निर्माणको जिम्मेवारी संघीय, प्रादेशिक र स्थानीय सवै नै सरकारको दायित्व हो भने संघीयताको सफल कायान्वयन गर्दै स्थानीय तहबाट नै आर्थिक तथा सामाजिक रुपान्तरणको जग बसाउनु पर्ने आवश्यकता पनि हो । स्थानिय स्तरबाटै हामीहरुले स्थानिय तहमा कुशल नेतृत्वको विकास गर्दै सफल राजनैतिक जीवनको सिढी उक्लन पनि यो कोशेढुगां हुने हेक्का राख्नु पर्ने हुन्छ । अर्कातिर लोकतन्त्र प्रति जनआस्था बढाउने , अहिलेको राजनैतिक पद्धतिको विकल्प सोच्नु नपर्ने गरि नेपाली जनताले विद्यामान संघीय लोकतान्त्रीक प्रणालीलाई वलियो वनाउने एवं सवैले यसमा नै आफ्नो समृद्धिको आधार देख्न सक्ने तुल्याउने जिम्मेवारी अव स्थानीय सरकार संचालक हामीहरुकै हातमा छ । सदाचार , पारदर्शिता र कुशलताको जगमा स्थानीय विकासको नेतृत्व गर्न सक्दा मात्र देश र हामी स्थानीय जनताको भविष्य सुनिश्चित हुने कुरा विदितै छ । त्यसैले स्थानीय सरकार संचालन गर्ने जिम्मेवारी पाएका हामीहरुका लागि यो अवसर परीक्षणको घडि पनि हो । त्यसैले हामीले संचालन गरेका योजना गलत दिशा तर्फ गएका त छैनन ? कतै कसैले अनियमितता त गरेका छैनन ? आदि इत्यादि प्रश्न गर्न जरुरी छ । दैनिक जसो मिडियाबाट आउने खवरले हामीलाई पनि अछुतो राखेको छैन । पारदर्शिताको नाममा अनेकौ वाहानावाजी गरेको केहि उदाहरण पनि रहेका छन । त्यसकारण अवको २ वर्ष पछि पुन जनता सामु जानु पर्दा र्निधक्क भएर जान र सम्मान पाउने हिसाव लाग्नका लागि सवै जनप्रतिनिधिी र कर्मचारी मित्रहरुलाई अनुरोध गर्दछु ।
११.यो विचमा हामीले काम गर्दै गर्दा विविध खालका कानुनी अड्चनहरु आइलागेका छन । बेलैमा संघिय सरकार र प्रदेश सरकारले कानुन निर्माण गरिदिएको भए त्यसका आधारमा हामी गाउँपालिकाले आफुलाई चाहिने ऐन कानुन निर्माण गर्न सकिन्थ्यो तर पनि हामीले गाउँपालिकाबाट दिने सेवा कहि कतै सेवाग्राहिलाई नअल्मलाइकन सेवा प्रदान गर्न सकेका छौ । गाउँपालिकाको आफनै आम्दानीको श्रोत कमजोर रहनु संघिय र प्रदेश सरकारको अनुदानमा संचालन गर्नु पर्ने बाध्यता हामीमा छ जसका कारण चाहेका योजना संचालन गर्न सकिरहेका छैनौ । आगामी दिनमा गाउँपालिकाको श्रोत पहिचान तर्फ ध्यान दिनु जरुरी रहन्छ संगै हामीले अगाडि सारेका योजनाहरु मार्फत आम नागरिकहरुलाई स्वरोजगार वनाई उत्पादनसंग जोडनु हाम्रो दायित्व रहनेछ ।
१२.कोभिड १९ को संक्रमण प्रारम्भ भए लगतै नेपाल सरकारले अवलम्वन गरेको रणनिति, कार्यशैली एव हामी सवैको एकता, धैर्यता र सहयोगले संक्रमणबाट वचाउन प्रयासरत छौ । हाल सम्म हाम्रो गाउँपालिकामा १५ वटा क्वारेन्टाइन सञ्चालनमा रहेको र उक्त क्वारेन्टाइनमा १८४ जना बसेका ब्यक्तिहरु मध्य १५६ जनाको स्वाव लिइ परिक्षणका लागि पठाईएकोमा १४ जनाको कोभिड १९ पोजिटिभ भएको र अन्य ब्यक्तिको नेगेटिभ रिपोर्ट हुन आएको र ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ भने ५१ जनाको स्वाव संकलन कार्य बाँकी रहेको अवगत गराउदछु । यहाँबाट स्वाव संकलन गरि पठाईए पनि नतिजा आउन निकै ढिला हुदा सम्बन्धित पक्ष तथा जनमानसमा दुविधा उत्पन्न भएको र यसको लागि गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गरिएको समेत जानाकारी गराउदछु । आगामी दिनमा थप फैलिन नदिन अझ बढि सतर्कता र एकता आवश्यक भएकोले स्वास्थ्यकर्मि, सरक्षाकर्मि, कर्मचारी, जनप्रतिनीधि, राजनैतिक दल, संचारजगत साथै आमनागरिक दृढताका साथ लाग्न म सवैमा आह्वान गर्दछु ।
१३. कोभीड १९ को रोकथाम, नियन्त्रण र उपचारको कार्यमा योगदान पुराउने संघ ,प्रदेश, स्थानिय तहका जनप्रतिनीधि, राजनैतिक दल, सहकारी तथा विभिन्न सामाजिक संघ संस्था ,निजी तथा व्यावसाहिक क्षेत्र,राष्ट्रसेवक शिक्षक कर्मचारी, संचारजगत ,स्वदेश तथा विदेशबाट सहयोग पुराउनुहुने सम्पुर्ण महानुभावहरु सवै प्रति हार्दिक धन्यवाद दिन चाहान्छु ।
गाउँसभा सदस्य ज्यूहरु
अव म आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रममा प्रवेश गर्न चाहान्छु ।
१४. कोभिड १९ बाट सिर्जित संकट व्यवस्थापनका लागि स्वास्थ्यकर्मि तथा जनशक्तिलाई सुरक्षा सामाग्रीको ब्यवस्थापन, अभाव हुन नदिने ,संक्रमणको सम्भावित जोखिममा रहेका नागरिकहरुका लागि क्वारेन्टाइनको व्यवस्थापन, रोकथाम र नियन्त्रणका लागि जनचेतना कार्यक्रम, यातायातका साधनको व्यवस्थापनमा कोरोना रोकथाम तथा ब्यवस्थापन कोषको परिचालन गरिनेछ । आर्थीक रुपले विपन्न श्रमिक तथा मजदुरलाई रोजगारी श्रृजना गर्ने खालका आयोजनाहरु छनौटमा प्राथमिकता दिई कार्यान्वयनमा ल्याइनुका साथै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समेत जोडेर संचालन गरिनेछ ।
१५. विषम परिस्थितीका बाबजुद पनि गाउँपालिका भित्र विभिन्न किसीमका पूर्वाधार विकास कार्यक्रम संचालनमा आएका छन । चा.लु. आ.व.मा योजना संचलान गर्दा ३५ प्रतिशत संरचनाको काम अनिवार्य गरिएकोमा यो काम अति नै प्रभावकारी भएकोले यसलाई थप प्रभावकारी र गुणस्तरिय वनाउदै संरचना वनाउने कार्यलाई ५० प्रतिशतमा पुराईनेछ र दैवि प्रकोपबाट वचाउन संरचनाको विमा कार्यक्रम अगाडि बढाइनेछ । काठेखोला गाउँपालिकाको सबै वार्डमा सडक सञ्जाल पुगिसकेको र मुख्य सडकहरु गाउँपालिका केन्द्र देखि वडा कार्यालय सम्मका सडकहरुलाई थप स्तरोन्नती गर्दै आ.व.२०७७/७८ बाट ग्रावेल, ढलान र कालो पत्रे जस्ता काम गर्नका लागि पहिलो प्राथमिकता दिईने छ भने नयाँ ट्रयाक खोल्नलाई निरुत्साहित गरिनेछ । काठेखोला गाउँपालिकाको एक्लेखेत र लामाबगरमा प्रदेश सरकार मार्फत मोटरेवल पुल निर्मााणको काम तिव्र गतिमा भएको र डुडिुया घाट तथा शिलीखेतमा मोटरेवल पुल निर्माणका लागि संघीय तथा प्रदेश सरकारमा पहल गरिनेछ । संघिय सरकार र प्रदेश सरकारबाट विशेष र समपुरक अनुदानबाट संचालन भएको योजना पनि कार्यान्वयन चरणमा गैसकेका तर कामको तिव्रता संवन्धमा खासै गति लिन नसकेकोले संवन्धित पक्ष संग समन्वय सहकार्य गर्न अनिवार्यता रहेको देखिन्छ । साथै मध्यपहाडि पुष्पलाल लोकमागको काम अति नै शुष्त गतिमा गएकोले सम्वन्धित पक्षको ध्यान आर्कषण गराउदछौ ।
१६. प्राविधिक परामर्श बिना मेशीनको माध्यमबाट सडक निर्माण गर्दा पर्यावरणीय रुपबाट वातावरणमा प्रतिकुल असर पर्ने भएकोले त्यस्तो कार्यलाई सकेसम्म निरुत्साहित गरि संरचना निर्माणका कामलाई प्राथमिकता राखी आगामी आ.व.देखि नै गाउँपालिकाले अबलम्बन गरेको मार्गदर्शन बमोजिम स्थानिय श्रोत, जनशक्ति, साधन र जनसहभागिता परिचालनमा बिशेष जोड दिई रोजगारि सृजना गर्ने योजना संचालनमा ल्याइनेछ ।
१७.जनता आवास कार्यक्रमलाई निरन्तरता दिदै आ.व. २०७७/०७८ मा गाउँपालिका भित्र रहेका २२९ खरका छाना विस्थापित गरिने छ । झोलुंगे पुल निर्माण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१८. कोभिड १९ का कारण बेरोजगार भएका नागरिकलाई र अन्य वेरोजगार युवाहरुलाई रोजगारिमा जोडनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम, पालीका भित्रका सडक सम्रचना निर्माण, पर्यटन प्रर्वद्धनका लागि पदमार्ग निर्माण जस्ता कार्यक्रम संचलन गरि रोजगारी सृजना गरिनेछ । अधिकांश योजनाहरुमा मेशिन प्रयोगलाई कम प्राथमिकता दिई मानव श्रमलाई बढि भन्दा बढि प्रयोगमा ल्याइने छ ।
१९. कोभिड १९ बाट बच्नका लागि आफु पनि बाचौ अरुलाई पनि वचाऔ, आफु पनि स्वस्थ रहौ अरुलाई स्वस्थ राखौ भन्नका खातिर शुद्ध खानेपानीको अति नै महत्व रहन्छ यसका लागि एक घर एक धाराको अवधारण अनुसार विगत आ.व. देखिनै खानेपानीका योजना संचालनमा आएका छन यस आ.व.देखि यो कार्यक्रम संचालनमा संघिय सरकार र प्रदेश सरकार दुवैमा विशेष पहल गरि संचालनमा ल्याइने छ भने मुहान संरक्षण, कुवा निर्माण, पोखरी निर्माणका कार्यक्रमलाई उच्च प्राथमिकता दिई आम नागरिकको सहज पहुचमा हुने गरि कार्यान्वयनमा ल्याइने छ । साथै हाल सञ्चालनमा रहेका खानेपानीको सुद्धता परिक्षण गर्ने कार्यलाई अगाडि बढाईनेछ ।
२०. शिक्षा विकासको मेरुदण्ड, समाज विकासको आधार स्तम्भ र नागरिकको मौलिक हक हो । यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउनका लागि गाउँपालिका हरदम पहल कदमी गरि राखेको छ । गत आ.व. को शिकाईलाई अंगीकार गर्दै सफल अभ्यासहरुलाई यस वर्ष अझै प्रविधी मैत्रि ढंगबाट प्रयोगमा ल्याइनेछ र कार्यक्रमलाई निरन्तरता दिइनेछ । लकडाउनको समयमा पनि अनौपचारिक माध्यमबाट शिक्षण सिकाईलाई अगाडि बढाईएको छ । सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्नका लागि विभिन्न किसिमका छात्रवृति कोषको स्थापना गरिनेछ । गाउँपालिकाको एक मात्र प्राविधीकधार संचालन भएको भीमसेन मा.वि.मा सीभिल इन्जीनेरीङ अध्ययनका लागि छात्रवृतिको व्यवस्था गरिनेछ र यसलाई अझै प्रभावकारी वनाउनका लागि शीक्षा नियमावलि तथा सार्वजनिक विद्यालय समायोजन एवं एकिकरण कार्यक्रम कार्यान्वयन कार्यविधी २०७७ कार्यान्वयनमा ल्याइनेछ । शिक्षक कर्मचारीको दरवन्दि मिलान तथा विद्यालयको समायोजन, एकिकरण, डाउनसाइजीङ जस्ता कामलाई तिव्रताका साथ अगाडि बढाइनेछ । सरुवा तथा संक्रमण रोग विरुद्ध विद्यालयहरुमा सरसफाई सावुन पानीले हात धुने व्यवस्था , माक्स वितरण , अभिभावक सचेतिकरण अभियान संचालन गरिने छ भने शिक्षकहरुलाई अनलाईन मार्फत शिक्षणका लागि अभिमुखिकरण तथा क्षमता विकास तालीम संचालन गरिनेछ । नमुना तथा आर्दश विद्यालय तर्फ उन्मुख विद्यालयहरुलाई प्रोत्साहन गर्ने कार्याक्रम ल्याइने छ ।
२१. कोभिड १९ को प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका भित्रका स्वास्थ्यचौकिको महत्वपुर्ण भुमिका रहेकोछ । स्वास्थ्य क्षेत्रको प्रभावकारीता र यसको गुणस्तर वृद्धिका लागि आवस्यकताको पहिचान गरि ल्याव, वर्थिङ सेन्टर संचालन र पूर्वाधारका कार्यक्रम संचालन गरिनेछ । नवजात शिशु र गर्भवति महिलाहरुको स्वास्थ्यलाई बिशेष ध्यानमा राखी आमा सुरक्षा कार्यक्रम अन्तरगत सञ्चालन गरिएको पोषणयुक्त खाद्य सामाग्री बितरण र महिला स्वयमसेविका मोबाइल कार्यक्रम निकै प्रभावकारी रहेकोले उक्त कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइने छ । प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, एबम बाल तथा शिशु स्वास्थ्य लगायत सेवाको बारेमा जनचेतना अभिबृद्धि गर्ने खालका रचनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । मानव जीवनमा प्रत्यक्ष प्रभाव र अनुभुत हुने स्वास्थ्य तथा सरसफाईका कार्यक्रमहरु सञ्चालनमा बिशेष जोड दिईनेछ ।
२२. कृषि तथा पशुपालन काठेखोला गाउँपालिकाको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको छ । यस गाउँपालिकाको कुल जनसंख्यामध्ये ७१.३ प्रतिशत जनसंख्याको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ । गाउँपालिकाको कुल जमिनको ४१.८८ प्रतिशत कृषिले ओगटेको छ । अव कृषि तथा पशुपालन व्यवसायमा जोडनु जरुरी छ । परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण गर्ने , पशु व्यवसायमा नस्ल सुधार, माटो परिक्षण, कृषि प्रोफाइलको तयारी जस्ता कार्यक्रमहरु संचालन गरि बेरोजगार तथा रोजगारी गुमाएकाहरुलाई कार्यक्रम मार्फत जोडने नीति लिइनेछ । त्यसै गरि सामुदायिक वन मार्फत दिगो वन व्यवस्थापन, जिविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रममा जोड दिइनेछ ।
२३. कृषि, पशुपालन र अन्य आयआर्जनका कार्यक्रम संचालन गर्नेहरुका लागि उत्पादित वस्तुको बिक्रीमा अनुदानको व्यवस्था गरि कृषकहरुलाई उत्साहित गरिने छ । मापदन्ड पुरा गरेका ब्यवसायिक कृषकहरुलाई संघ र प्रदेश सरकारसंग दोहोरो नहुने गरि एक द्धार प्रणाली मार्फत कार्यविधी निर्माण गरि संचालनमा ल्याइने छ ।
२४. गाउँपालिका भित्रका ब्यक्तिको नाममा दर्ता कायम भएका खेति योग्य बाँझो जमिनको लगत संकलन गरि त्यस्ता जग्गामा खेति गर्न इच्छुक बैदेशिक रोजगारबाट आएका बेरोजगार किसानहरुलाई व्यवस्थापन गरि प्रोत्साहन अनुदान तथा विउ विजन र मलमा अनुदानको व्यवस्था गरि प्रविधी र तालीम मार्फत कृषिलाई व्यवसाहिकरण तर्फ उन्मुख गराई वजारको व्यवस्थापनमा सहकारी वा कृषक समुह मार्फत सहजिकरण गरिनेछ साथै कृषि क्षेत्रमा लगानीको जोखिम न्युनिकरण गर्न कृषिवालीको विमा र पशुपंक्षि विमा गरिनेछ ।
२५. राष्ट्रिय सहकारी बैक , बैक , सहकारी र अन्य वित्तिय संघ संस्थाहरुलाई कृषि, पशुपालन, साना उद्योग, पर्यटन व्यवसाय र वनमा आधारित उद्योग ब्यवसाय संचालन आदि जस्ता कार्यमा सर्वशुलव व्याजदरमा कर्जा प्रवाह गर्नका लागि प्रोत्साहित गरिने छ भने रोजगारी सृजना हुने उत्पादनमा सहजता थप्ने कार्यमा गाउँपालिकाले सहलगानीका क्षेत्रमा साझेदारको रुपमा लिनेछ ।
२६.काठेखोला गाउंपालिकाको पर्यटन मूलतः कृषि , प्राकृतिक , सांस्कृतिक र धार्मिक, अवयवहरुमा आधारित रहने देखिन्छ । सबै प्रकारका पर्यटनलाई वातावरणमैत्री बनाई पर्यापर्यटनको रुपमा
विकास गरिने छ । स्थानीय समुदायमा आधारित पर्यटनलाई बढावा दिई पर्यटनलाई जीविकोपार्जनसंग एकिकृत गरिनेछ । ग्रामिण पर्यटनको रुपमा विकास गर्न होमस्टेहरुलाई प्रर्वद्धन तथा धार्मीक पर्यटनलाई बढवा दिईने छ । होमस्टे ब्यवसायलाई अझै थप ब्यवस्थित गरिनेछ । होमस्टेहरुमा पर्यटकहरुको आगमनलाई ध्यानमा राखी पर्यटन प्रवद्र्धनका नयाँ नयाँ कार्यक्रमहरु सञ्चालनमा ल्याइने छ । गण्डकी प्रदेशको पर्यटन गन्तव्यको रुपमा शिवधुरी, रामकोट र झुलेनी लगायतका स्थानहरु सुचिकृत भएकोमा थप कार्यक्रम संचालनका लागि सरोकारवाला विच समन्वय गरिनेछ । साथै सम्भावना बोकेका बेलढुंगा, थाप्लेको धुरी, गाजाको धुरी र घोडाबाँधे लगायतका पर्यटकीय स्थानहरुको प्रर्वधनमा बिशेष जोड दिइनेछ ।

२७.घरेलु तथा साना उद्योगहरुलाई प्रर्वद्धन गरि स्थानिय उत्पादनलाई बिशेष जोड दिईने छ । हरेक ब्यक्तिलाई उद्यमशिलतासंग जोड्ने नीति लिई कार्यान्वयनमा जोड दिईने छ । गाउँपालिकाको आन्तरिक राजस्व संकलन र बृद्धि गर्न रचनात्मक ढंगबाट पहल गरिने छ । स्थानिय कच्चा पदार्थमा आधारित उद्योगहरु सञ्चालनमा जोड दिईनेछ ।
२८.गाउँपालिका भित्र रहेका विभिन्न मेला, पर्व, महोत्सव, खेलकुद, स्थानिय कला र संस्कृति एवं परम्परालाई जोगाउन गाउँपालिका स्तरिय “कला, संस्कृति तथा खेलकुद विकास समिति ” लाई सक्रिय वनाई विगत वर्षमा संचालन भएका कार्यक्रमलाई निरन्तरता दिइने छ ।
२९. समाजमा रहेका कुरुती, कुप्रथा, लैंगिक हिंसा मानव वेचविखन तथा ओसारपसार विरुद्ध सचेतनामुलक कार्यक्रम तथा अभियान संचालन गरिनेछ । महिलाको आर्थिक तथा सामाजिक सशत्तीकरण, लैंगीक मुलप्रवाहिकरण र लैगींक समानता कायम गर्ने नीति लिइनेछ । लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न निरोधान्मक, प्रवद्र्धनात्मक र उपचारात्मक कार्यक्रममा जोड दिइनेछ ।
३०. हिंसा पीडित तथा अन्तरजातिय विवाहको कारण घर छोडन बाध्य व्यक्तिको उद्धार, संरक्षण, पारिवारिक पुर्नएकीकरण र पुर्नस्थपना गर्न स्थानिय वार्डमा रहेका सामाजिक संजाल र गैरसरकारी संस्थाहरुसंग समन्वय गरि कार्यक्रम संचालनका लागि उत्प्रेरित गरिनेछ ।
३१. फरक क्षमता भएका व्यक्ति प्रतिको हेर्ने दृष्टिकोणमा सकरात्मक परिर्वतन ल्याइ फरक क्षमता भएका व्यक्तिको संरक्षण तथा सशक्तीकरणका लागि सामुदायमा आधारीत पुनस्र्थापना कार्यक्रमलाई निरन्तरता दिइ क्षमता अनुसार स्वरोजगारमुलक कार्यक्रमहरु संचालनमा ल्याइनेछ ।
३२. सामाजिक बिभेद तथा भेदभाव विरुद्ध शुन्य सहनशिलताको नीति लिइनेछ । छुवाछुत तथा भेदभाव लगाएतका सवै प्रकारका सामाजिक कुरिती र कुसंस्कारको अन्त्य गर्न हाम्रा चुला सबैका लागि खुला भन्ने नीति लिइनेछ । गाउँपालिकालाई वाल विवाहमुक्त तथा वालमैत्रि स्थानिय तह वनाउन सवै सरोकारवाला निकायसंग समन्वय र सहकार्यमा सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
३३. गाउँपालिका भित्र रहेका किशोर किशोरीहरुलार्ई कुलतबाट टाडै राखी दुर्वसनिलाई न्युनिकरण गर्न र यसबाट वचाउन सुरक्षा निकायको संम्लग्नतामा कार्यक्रम संचालनमा ल्याइने छ ।
३४.यस काठेखोलाको समग्र जलाधार क्षेत्रलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि सरोकारवाला निकायसंग समन्वय गरि स्थानिय जनताहरुमा प्राकृतिक प्रकोप र आईलाग्ने बिपत्तिमा सचेत, सजक र सोचनिय बनाउन, उद्धार गर्ने भावनाको विकास गराई यस बिषय प्रति संवेदनशील बनाई जलवायु परिर्वतन ,अनुकुलन र न्यूनिकरणका कार्यक्षेत्रमा लाग्न जलाधार संरक्षण तथा विपद ब्यवस्थापन कार्यक्रम संचालन गरिनेछ । प्राकृतिक बिपदबाट हुने क्षति तथा अफठ्यारोलाई तत्काल सहजता प्रदान गर्न जहाँ बिपद त्यहाँ राहत को नीति लिई बिपद ब्यवस्थापन कोष स्थापना गरि कार्यन्वयन गरिनेछ । कार्यबिधिमा उल्लेख भए अनुसार .तत्काल राहत उपलब्ध गराईनेछ । नीतिगत रुपमा अष्पष्टतालाई पुर्णता गरि लागु गरिनेछ ।
३५.गाउँपालिकाको सम्पुर्ण जानकारी दिने गरी वेभसाईटलाई थप व्यवस्थित गर्दै गाउँपालिकामा रहेका सम्पुर्ण अभिलेखहरुलाई डिजिटाइज गरिने छ । विकासको प्रतिफल साविकको गा.वि.स.सिमारेखालाई हेरेर भन्दा प्रत्येक घरधुरी र जनसंख्याले पाउने गरि योजना तर्जुमा गरिने छ । योजना तर्जुमा गर्दा जनसंख्या, भौगोलिक बिकटता, राज्वस्व, पुर्वाधार विकास, लागत मुल्य, दुर्गमता, सुगमता जस्ता कुराहरुलाई आधार मानिने छ ।
३६ गाउँपालिकाको हरेक गतिबिधिहरुलाई आम जनताको बिचमा पुराउने अभिप्रायले धौलागिरि एफ.एम रेडियो संग सहकार्य गरि काठेखोला सन्देश प्रशारणमा ल्याईएको छ भने जननिगरानी साप्ताहिक संग सहकार्य गरि बिगत बर्षदेखि नै सञ्चालनमा ल्याईएको काठेखोला गतिबिधि प्रकाशनलाई अझ प्रभावकारी रुपमा प्रकाशन तथा प्रशारण गरिनेछ । साथै गाउँपालिका अन्तरगत प्रवाह हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन र आम जनताको गुनासो संवोधन गर्न हेलो गाउँपालिका कार्यक्रम सञ्चालन गरिनेछ ।
३७. यस गाउँपालिकाको न्यायिक समितिमा यस बर्ष १२ वटा उजुरी परेकोमा १० वटा उजुरीहरुलाई मेलमिलापको माध्यमबाट मिलापत्र गरिएको र बाँकी दुई वटा उजुरीहरु मिलापत्र हुन बाँकी रहेको अवगत गराउदैे न्याय सम्पादनलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न आवस्यक ब्यवस्थापन सहित न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुको क्षमता अभिबृधिमा बिशेष ध्यान पुराईनेछ ।
३८.बिभिन्न गैर सरकारी संघ संस्थाहरुलाई यस गाउँपालिकाको समन्वयमा अझ पारदर्शी भई काम गर्न अभिप्रेरित गरिनेछ भने जनमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाइने छ । अनुगमन कार्यलाई थप प्रभावकारी बनाई परिपुरक भूमिकामा परिचालन गर्ने नीति लिइनेछ ।
३९.गाउँपालिकाको सम्पुर्ण सेवा प्रवाहका कामहरुलाई अनलाईन मार्फत सञ्चालन गर्न कर्मचारीहरुमा सुचना प्रविधि अन्तरगतका क्षमता अभिबृद्धि गर्दै मातहतका कार्यालयहरुमा प्रयोगमा आईसकेका सुचना प्रविधि सम्बन्धी उपकरणहरुको अनुगमन गरि पुर्ण रुपमा सञ्चालनमा ल्याइनेछ ।
४०.बिगत बर्ष देखि नै प्रयोगमा आएको सम्पति तथा मालपोत करको सफ्टवयर अनिवार्य रुपमा हस्तलिखित रसिदहरु बिस्थापित गरि हरेक वडामा लागु गरिनेछ । साथै गाउँपालिका र मातहतमा रहेका सबै संस्थाहरुको अचल सम्पत्तिहरुको अभिलेखहरु अध्यावधि गरिनेछ ।
४१.गाउँपालिका क्षेत्र भित्र रहेका संभावित खानी जस्तै तामाखानी, फलामखानी एवं अन्य खानीको संभाब्यता अध्ययनका लागि विशेषज्ञ टोलिलाई परिचालन गरिनेछ भने पालिका भित्र रहेका सार्वजनिक जग्गा, गुठि जग्गा, सामुदायिक वन, सार्वजनिक संघ संस्थाको लगत तयार गरि कार्यान्वयनमा ल्याइने छप ।
४२.आ.व. २०७७/७८ भित्र गाउँपालिकको प्रशासनिक भवन, अस्पताल र चिस्यान केन्द्र निर्माण कार्यलाई शुरुवात गरिनेछ भने काठेखोला गाउँपालिका भित्र प्रवेश गर्ने पर्यटक तथा आगन्तुकहरुको स्वागातार्थ प्रवेशद्धार निर्माण कार्यलाई अगाडि वनाइनेछ ।
४३.अन्तमा यस काठेखोला गाउँपालिकाको जनताका हरेक समस्या र दुखमा सहकार्य गर्दै यस गाउँपालिकाको दिगो विकास र साझा विकासमा सधै क्रियाशिल रहदै सिर्जनात्मक एवं रचनात्मक ढंगले काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु । सो कार्यमा राजनैतिक दल, जनप्रतिनिधी, शिक्षक, कर्मचारी, संचारकर्मिहरु र आम नागरिकहरुलाई गाउँपालिकाको विकास योजना २०७७/०७८ को सफल कार्यान्वयनको लागि सवैको सक्रिय सहयोग एवं भूमिकाको अपेक्षा गर्दै कोभिड १९ विरुद्धको अभियानमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवामा खटिने राष्ट्रसेवक कर्मचारी लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति विशेष धन्यवाद ज्ञापन गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फेरि पनि यहाँहरु सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।

धन्यवाद ।

अमर बहादुर थापा
अध्यक्ष १० आषाढ २०७७ काठेखोला गाउँपालिका, बागलुङ

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here