आज २५६४ औँ बुद्धजयन्ती

काठमाडौं, २५ बैशाख ।
वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६४ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५ सय २८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाएका थिए ।

वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । विगत बर्षहरुमा बुद्धजयन्तीमा विभिन्न कार्यक्रम हुने गरेपनि यो बर्ष लकडाउनका कारण औपचारिक कार्यक्रम राखिएका छैनन् ।

घरमै बसेर बुद्धजयन्ती मनाउन सरकारले आग्रह गरेको छ । बुद्धजयन्तीका अबसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here