लकडाउनमा दूधले बजार नपाएपछि पनिर, नौनी र घ्यू उत्पादन गर्दै व्यवसायी

लमजुङ, २४ वैशाख ।
लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि लमजुङका एक व्यवसायीले पनिर, नौनी र घ्यू उत्पादन थालेका छन् ।

लामो समयसम्म राख्न सकिने गरी पनिर, नौनी, घ्यू उत्पादन थालेको सुन्दरबजार नगरपालिका पाउँदीका व्यवसायी ध्रुव पोख्रेलले बताए ।

लकडाउनले दानाचोकर खुवाउन नसक्दा र केही गाई थकाउँदा दूध घटेको पोख्रेलले बताए । सुन्दरबजार–७ पाउँदीमा रहेको गाई फार्ममा हाल प्रतिदिन १ सय ६० लिटर दूध उत्पादन हुन्छ ।

लकडाउन अघि ३ सय लिटर उत्पादन हुँदै आएको थियो । लकडाउनका कारण दुध बिक्री गर्न नसक्दा यसको व्यवस्थापन गर्न समस्या भएको कृषकहरुको भनाइ छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here